Showing posts with label कबिता. Show all posts
Showing posts with label कबिता. Show all posts

- गोपाल झापाली
तिम्रो छाती
सगरमाथालाई जित्ने उचाई लिईरहेको बेला,
मेरो छातीमा
दशगजाका जंघेपिल्लर चिच्याईरहेका छन् ।
तिम्रो त्यो कलिलो ओठमा
भोगको परागशेचन भईरहेको बेला,
‘मेरो माटो’ बोल्ने ओठहरुमा
सलहको ताँती लागि रहेको छ
अब तिमी आँफै भन,
म तिम्रो मादक कटिको गीत गाएर बसौं कि मेरो छाती तर्फ हेरौं ?

एउटा मिराजको भ्रममा बाँचेको त्यहि मृग न हो मेरो मन पनि,
जो आफ्नो सुगन्ध तिम्रो पोल्टामा खोजी रहन्छ ।
अर्थात, त्यहि मिराजबाट प्यास मेट्ने आशक्ति मृग बन्छ ।
तर, गण्डकी र कोशीहरु तिर्खाले प्याक–प्याक भएको बेला,
म बाट तिमी कसरी प्यास मेट्न सक्छेउ ?
अब तिमी आँफै भन,
म तिम्रो त्यहि कुवामा जलक्रिडा गरेर बसौं कि
ती कोशीका मुखहरुमा पञ्चामृत लगाउँ ?

तिमी विवेकको रजश्वला भएको बेला
समयको दोभानमा पखालिँदी हौं,
अनि आफूलाई कञ्चन भएको भ्रमको बर्को बेर्दी हौ ।
कसैले देख्यो कि भनेर आफैं समिर्दी हौ पनि ।
तर मेरा आस्थाका जनै, धोती र कन्दनीहरु
लिलामी चढ्न लागेको बेला
म किन लोभिन्थेँ र तिम्रो सिमलु छाती र मादक पुठ्ठाहरुमा ।
अव तिमी आँफै भन,
तिम्रो ईन्द्रणी यौवन आफैं सम्हाल्छौ की
म अर्कै क्षितिजमा बन्धक बनौं ?
Read more >>

यो शहरमा

Posted by eKabita | 10:51 AM | | 0 comments »

– प्रतिमा के.सी.
यस्तै यस्तै अनौठो हुन्छ यो शहरमा
ढुंगा पनि पग्लिइ रुन्छ यो शहरमा

गगनचुम्बी महलले एकै रातमा
खाली खाली आकाश छुन्छ यो शहरमा

नियम कानून माथि नै बन्धकी छन
असहायले ब्यथा उन्छ यो शहरमा

रगत आँशु र इमानको पसिनाले
फगत बेइमान धुन्छ यो शहरमा

कसैले हिरामोती सजाउछ गलामा
कोही टालोमा टालो तुन्छ यो शहरमा

मान्छेको भाउ घटेर त होला मान्छेले
चर्को भाउको सुन चुन्छ यो शहरमा

बेचिए राम कृष्ण खालि छ यो मन्दिर
हृदयको कुरा को सुन्छ यो शहरमा

सत्य साँचो मानबता लिलाम भयो कि
साधक षड्यन्त्र बुन्छ यो शहरमा

२७ डिसेम्बर २०११
रेडिंग, बेलायत
Read more >>

मेरो देश

Posted by eKabita | 10:10 AM | | 0 comments »


-चिना थापा सिन्धुली

प्राकृतिक सुन्दरताले भरिएको प्यारो मेरो देश
छन् धेरै संस्कृति र थरीथरीका भेष ।
प्रणभन्दा प्यारो छ यो देश नेपाल
छन् यहाँ थुप्रै डाँडाकाँडा र अग्ला हिमाल


चिनाएको छ हामीलाई यो देशले विश्वभिर
विकास गर्नु छ यो देशको कडा परिश्रम गरी
यही नै हो हाम्रो कर्तव्य पालना गर्नुपर्ने
यो देशको उन्नतिको लागि आजैदेखि अगि सर्ने


रोक्नुपर्छ हामीले विकृति र खराव काम
विश्वभरि चम्काउनु छ यो देशको नाम
जलस्रोतको धनी हो यो देश हाम्रो
सबै भन्छन् विश्वभरी मेरो देश राम्रो ।


छन् थुप्रै जाति र धर्म हाम्रो देशमा
सुहाएको छ हामीलाई राष्ट्रिय भूषा र भेषमा
क्लकल गरी बग्ने यहाँ छन् थुप्रै खोलानाला
झुलेका छन् यो देशमा लहलह धानका बाला

सबैलाई मोहित बनाउँछ मेरो प्यारो देशले
थुप्रै संस्कृति र थरीथरीको भेषले
Read more >>


समयको खाली सिउदोमा
रङ्ग भर्ने कोशीस नगर
सिमारेखा लामोछ
अन्धकार सङ्गै
बादल फाट्न सक्छ
डाढा पाखा हिजोजस्तो छैन
पूर्णबिराम र
प्रश्नबाचकहरु सँगै
जीबन धमिलिन सक्छ
पानीको फोकासरी
प्याट्ट फुट्न सक्छ
जीबनको सपना
पुरा नहुन सक्छ
अलौकिक मनमस्तिमा
गतिशिल् बेगमा
सर्बशक्तिवान हुन ब्यर्थछ
स्वार्थपूर्ण मित्रता
लामो हुन सक्तैन
जिन्दगीका जोड र घटाऊहरुमा।

उषा गिरी
हाल: चारपाने झापा
Read more >>

॥१॥
सपनी भै टुटे आज ती तिम्रा-मेरा साथहरु
अध्यारो भै ढले आज ती पूर्णीमाका रातहरु

हात मागेउसाथ मागेरआखिरीमा बचन तोड्यौ
कति कठोर हुदा रैछन निष्ठुरी बातहरु

अन्तै नाता जोड्न रैछ अर्केको हात थाप्नु रैछ
नमागेकै भए हुन्थ्यो ती छुटाई लाने हातहरु

आधा मुटु टुक्राएर आधा जीवन बाच्दैछु
साथ छोडेउ टाढा भएउ हानी गएउ लातहरु

विना मेरो साथ पनि सुखी हुनु सधै तिमी
मलाई दिएउ ठिकैछ उनलाई नदेउ घातहरु

॥२॥

अग्रगामी विचारको बाटो सम्झीएर
फर्की आउ आफ्नै ठाँउ माटो सम्झीएर

न छ विकास न त निकास अझै भ्रष्टाचार
हेपिरा छन् गरीवलाई लाटो सम्झीएर

पटक-पटक धरहराको स्वाभिमान ढल्दा
कति रोए पुरानो त्यो खाटो सम्झीएर

आज पनि नेपाल आमा रोइरैछीन् त्यसैगरी
निरङ्कुश प्रतिगामी फाटो सम्झीएर

एक मार्छन् सय हुन्छन् सय मार्छन हजार
उदाइ रहन्छन् रगतको टाटो सम्झीएर

॥३॥
विधिले घात गर् यो र रोए
नियतीले खुशी हर् यो र रोए

बतासको त्यो एकै झोंकामा
सिउँदोको फुल झर् यो र रोए

डुवाएर आज माझधारसा एक्लै
डुंगा र माझी तर् यो र रोए

न बाँच्न सके न त मर्न नै
मुटुमा शूल पर् यो र रोए

त्यस्तो बज्रपात अरु सव के हुन्थ्यो
मर्नेको देवता मर् यौ र रोए

रजनी राई
गोगने-९ भोजपुर
एम.एड. प्रथम वर्ष सुकुना
Read more >>

इश्मा पोखरेल

म मृत्यु चाहन्छु

मृत्यु चाहन्छु म

यो अशिक्षित र अज्ञानी

पुरातन सोच र कुप्रथामा बाँधिएको

मेरो सोच विरुद्धको समाज देखि

वाक्क दिक्क भैसके म

त्यसैले पनि

म मृत्यु चाहन्छु

मृत्यु चाहन्छु म ।


भविष्यको नमिठो कल्पना गर्दा

हिजोका भोगाइहरु सम्झदा

सधै सधै मुखियाले मसंग

आलीसान त्यो महलवाट

अनि मेरो आफ्नो झुपडीमा आएर

मेरो गरीवीको फाइदा माग्छ

साँवा व्याज र स्याजको हिसाव माग्छ

म उसलाइ के दिउँ के छ र मसंग

सावाँको व्याज वा

व्याजको स्याज

त्यसैले

म मृत्यु चाहन्छु

मृत्यु चाहन्छु म ।

धनाढ्य मानिसको समाजमा

गरीवी र भोकै वाँचेको म

हजारौ चोटहरु सहेर

वालवच्चा पाल्नु पनि त मुस्किल छ

अछुत दलित अनि भाग्य फुटेको

यस्तै तिखा वाणहरु सहेर

म यो समाजमा कति वाचिरहँ

बरु म मृत्यु चाहन्छु

मृत्यु चाहन्छु म ।


चाहन त म समाजमा मात्रै होइन

देशमै ठुलो परिवर्तन चाहन्छु

म जस्ता असहाय व्यक्तिहरुको

खुसी हाँसो र उत्साह चाहन्छु

कुप्रथा अन्याय र अत्याचारको

जरैदेखि अन्त्य चाहन्छु

तैपनि म

एक्लै सडकमा उत्रिन सक्दिन

वौलाहा जसरि कराउन पनि सक्दिन

मेरा वालवच्चाहरु लाइ जम्मा गरेर

आफू शोषित हुनुको कारण भन्न सक्दिन

त्यसैले हे यमराज

म मृत्यु चाहन्छु

मृत्यु चाहन्छु म ॥
Read more >>

- रुपेश राई

कहाँबाट सुरू हुन्छ
गाउँ अनि कहाँनेर टुङ्गिन्छ सहर?
बाँदरबाट मान्छे हुनुको कुरा जस्तो।
मलाई विश्वासै हुँदैन
मेरै कुरा।

घरमाथिको रमिते डाडामा
गएर, भक्कु लोभारूँ जस्तो लाग्यो
आफ्नै अनुहार। गतिछाडा स्वभावले।

जहिले पनि हारेर
नियास्रो अनुहार बोकी
ग्यिल्टी विचारहरू तैंछाड र मैछाड
गर्दै प्रतिसोधको भावना घुटुक्क-घुटुक्क
निलिदिन्छ लोकल र इम्पोर्टेड
रेस्तुरामा।

गाउँ र सहरको कोकटेल
वासना। देशी अतिथिलयमा मेमोरेन्डम
चडाउँदै जवानीको हस्ताक्षर गरिदिन्छ
विदाउट प्रोटेक्सन अनप्रोफेसनल पोलिटिसीयनहरू।

यो समाजले के दियो र?

गाउँलाई सुटुक्क कान फुक्छ
सहरसम्मको निम्तोले। हजुरहरू
अप्ठ्यारो पनि नमानेको वालछेल कुरा गर्न।

छोरी पाउनु पनि अब
दुर्भाग्य हुन्छ! गान्धी च्यापेर
अहिंसाको गर्भ पतन गराउने
मेरा प्रिय समाज सेवक।
राजनीतिज्ञ, विद्वानहरू!

छाडा व्यवहार
तेर्साएर ‘ल तिमी नसर्ताउ’ ले मसारेर
हर्कत उथुलपुथुल बनाउछ
उसको भित्री मान्छे।
समाजले के पायो र?

बलातकृत आँसु बाहेक!
जति-जति रस चड्दै जान्छ गाउँमा
उति-उति राल झर्दै जान्छ सहरमा।

कानून बन्छ खातामा,
न्याय हुन्छ हातमा।
लागु हुन्छ गाउँमा,
फेसला हुन्छ सहरमा।

एकक्षण झोंक चल्छ नहुँदाको
बिर्सँदै जान्छु थाकेपछि
भूल्दै जान्छु नपाएपछि
म यस्तै हुँ नेपाली विश्वले जानेको।
कुनै कुराको टुङ्गो छैन!
कुनै कुराको आधार छैन!
खिचडी स्वभाव मेरो।
Read more >>

हराउने गर्छु आफ्नै संसारमा
नजिकिन चाहन्छु तिमीसँग
यो दुष्प्रयास सफल होला कि नहोला ?
केवल तिम्रो सामिप्यता पाउन

हरेक विम्बहरुसँग तर्सिन, झस्किन थालेको छु
‘अनिदो रात’ सँगै
निस्सार पौठेजोरी खेलिरहेको छु
सगर पाउने आशमा
यी पाइलाका वेगहरु लम्की रहेछन्
केवल तिम्रो सामिप्यता पाउन

कसरी भनुँ ? त्यो यथार्थ
आफैँ तर्सिन खोज्छु
सायद सक्दिन होला
व्यक्त गर्न यी प्रेममय वादहरु
अनायासै मुटु भारी हुने गर्छ
तड्पन हुन्छ प्रत्येक पल
केवल तिम्रो सामिप्यता पाउन

प्रिया, थाहा छैन मलाई
यो जवानीको प्रतिफल हो कि ?
या अतृप्त मुटुको वेग
भावनाका कान्लाहरुमा
पानी विनाको माछाजस्तै
छट्पटाई रहेछु
केवल तिम्रो सामिप्यता पाउन

कल्पिरहन्छु ती दिनहरुलाई
हामी एकअर्कामा समाहित भएका थियौ
समयका क्यानभासहरुमा
तर फुटेन यो मनको वाद
परैबाट एकटकले नियाँली रहे तिमीलाई
आज विष्फोटित भएर बसिरहेको छु
केवल तिम्रो सामिप्यता पाउन

समयको विम्बचित्रमा
अनायासै तिमीसँग जम्काभेट भयो
तर केही गर्नै सकिन
बस् नियाली रहेँ तिमीलाई
तिमी प्रेमका हातहरु हल्लाउँदै
मलाई विदा माग्यौ
तिमी गएदेखि आज
नितान्त एक्लो भएको छु
अनायासै लेख्दैछु कापीका पानाहरुमा
यी निस्सार कविताहरु
केवल तिम्रो सामिप्यता पाउन

अनलाइन खसखस
Read more >>

लेख्दै छु है अन्तिम पत्र ,यो पत्र चै पढीदिनु
म मर्ने बेला बिन्ति, मेरो आगन टेकिदिनु !!

गए पछि सास मेरो, अरु सितैई रोईदिनु
ओडी राको सल झिकि, मेरो मुख छोपिदिनु !!
घारो माथि राख्दा मलाई, पहिलो पत्र खोलीदिनु
खोलि व्याग सबै पत्र मेरो ,छाति माथि राखिदिनु !!

लादा मलाई घाटमा तिमि, मलामि बनि गईदिनु
चिता माथि राखि मलाई, तिमिलेनै जलाईदिनु !!

जल्नु भन्दा पहिला शरीर, मुटु मेरो निकालदिनु
त्यही मुटु चिरि तिमि, तिम्रो माया हेरिदिनु !!

हेरि सके पछि माया, बिन्ति अब नरोईदिनु
चिरिएको मुटु मेरो, चितै माथि फर्काईदिनु !!
Read more >>


-ईन्दु बश्याल ‘प्रकृति’

आमाको आँशु, गरिवको बेहाल, शहीदको त्यो यात्रा

के गर्ने छाड्ने त्यही वेला चल्थ्यो कुकुरको यहाँ जात्रा ।

ती सारा आज लेखिनु पर्छ सत्य कथा व्यथा

अनी मात्रै हुन्छ सार्थक संविधानसभा ।

लौ, आज त मिर्मीरे विहानी भैसकेछ ,

पुर्वमा रवि उदाउनै थालेछ,

सगरमाथामा कुन बहादुरले फेरि झण्डा गाडेछ,

माछापुच्छ्र्रे«ले ओँठ खोलीसकेछ,

क्रान्तिकारिको गीत गुञ्जिसकेछ,

ए । अव त नसुत, व्युझ न आँखा खोल अनी संसार हेर त

संविधान वन्ने दीन आईसकेछ ………।।।।

आज त हामी……

हाम्रो ईतिहाँस कार्न जानु छ ,

गगनचुम्वि नारा घन्काउनु छ ,

शहीदको मन्दिरमा पुजा गर्नु छ ,

बुद्धको बाटोमा फूल रोप्नु छ ,

युगले मागेको नेतृत्व खोज्नु छ ,

अनी पापीष्ट रावण संग बदला लिनु छ ,

अव त …

वास्तविक संविधान बन्नु पर्छ,

कानुनको कानुन बन्नुपर्छ…

हजारौं शहीदको सपना साकार हुनुपर्छ ,

किनारको वालक स्कूल पुग्नु पर्छ…

पसिना र परिश्रमको हिसाव हुनुपर्छ…

सत्यतावादको ताल्चा खोल्नु पर्छ…

जुँला, हुम्ला पनि काठ्माण्डौ बन्नु पर्छ..,

भ्रष्टाचारि शासकलाई कडा सजाय दिनुपर्छ ,

पझेरो, प्लेन चढ्ने पनी पैदल हिड्ुपर्छ…

महल र झुपडी समान हुनुपर्छ…

नेता र जनता समान हुनुपर्छ…

मानवीय स्वतन्त्रता सवले पाउनु पर्छ…

अनी मात्रै सार्थक संविद्यान बन्छ,

त्यो मात्रै सच्चा गणतन्त्र हुन्छ …।।

तर, प्रतीगामी जाल बुन्न सक्छन्,

कालो ग्रहण भै प्रकाश छेक्न सक्छन् ,

निर्दोषी जनतालाई गोली ठोक्न सक्छन् ,

अन्तिम चोटी आगै बाल्न सक्छन् ।

त्यसैले,

तिन्लाई परास्त गर्नु छ , ध्वस्त पार्नु छ ,

तिमी कलम त म मसि बन्नु छ ,

तिमी बन्दुक त म बारुद वन्नु छ ,

तिमी राम त म सिता बन्नु छ ,

तिमी लेनीन त म भुटटो बन्नु छ ।

अनि तिमी बुद्ध त म मोनालिसा वन्नु छ , ।

अत. आउ हामी एकजुट हौ,

संगै सहयात्रा गरौं,

संघर्षका शिखरहरु चढौं,

त्यँहा मात्र सार्थक संविधान बन्छ ,

विश्वको ईतिहाँसमै सच्चा गणतन्त्र हुन्छ ,

२१ औं युगको नयाँ नेपाल हुन्छ ,

यो भुमी बल्ल पवीत्र हुन्छ ,

अनी मात्रै हाम्रो महान विजय हुन्छ ,।।।।।।
Read more >>