Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

नव बर्ष

Posted by eKabita | 10:53 AM | | 0 comments »

– आचार्य प्रभा
फेरि आयो नव बर्ष उत्साह नै लिएर
दुई हजार् एघारलाई अन्तिम् बिदा दिएर ।

जहाँ बसौं जे नै सोँचौं बद्लीरन्छ समय
जसरी नि बाँच्नै पर्छ सुखी आसुँ पिएर ।

दुई हजार् एघार साल जे जसरी बिते नी
बार्‍ह सालमा बाँच्नु पर्छ मन्को घाउ सिएर ।

सबै मिली हाँसी खुशी बाँचौँ अब मिलेर
सुकी जाओस् मन्को पीडा नास होस् खिएर ।

अतितको रिसराग तिलान्जली चढाई
जीवनलाई सार्थक् बनाउँ सद्भावले जिएर ।

( रचना -डिसेम्बर ३० /२०११ )
Read more >>

रितिरिवाज

Posted by eKabita | 10:00 AM | | 0 comments »

-प्रमिला बुढाथोकी

समाजको रितिरिवाज तोडेर आएँ
आमा बाबा साथीभाइ छोडेर आएँ ।

एउटै मान्छेमा सारा संसार देखेर होला
पिरतीको फूलवारीलाइ गोडेर आएँ ।

दशै तिहार चाडपर्व सम्झिदैनन् होला
माइतीको चित्त दुखाइ मुख मोडेर आएँ ।

जातभात महिला पुरुष समानै ठानी
विभेदको कुसंस्कारलाइ तोडेर आएँ ।
Read more >>

- रेशम बोहोरा

थपघट हुँदो रै'छ भाउ जिन्दगीमा
दुख्न बिसो हुन्न रै'छ घाउ जिन्दगीमा

उधारो'मै बित्ने रै'छ अभावको यात्रा
सधै भरि पोस्नु पर्ने साउ जिन्दगीमा

जित्नेहरु जितिरा'छन् खाल सधैभरी
किन लाग्दैन हार्नेलाई दाउ जिन्दगीमा

हुनेलाई सधैभरी दुवै हातमा लड्डु
नहुनेले मोल्नुपर्ने पाउ जिन्दगीमा

यस्तै रै'छ संसारभरी चली आ'को रित
जंघार तर्न ख्याऊनै पर्ने नाऊ जिन्दगीमा

निलकण्ठ-६ धादिंग,हाल:बहराईन
Read more >>