॥१॥
सपनी भै टुटे आज ती तिम्रा-मेरा साथहरु
अध्यारो भै ढले आज ती पूर्णीमाका रातहरु

हात मागेउसाथ मागेरआखिरीमा बचन तोड्यौ
कति कठोर हुदा रैछन निष्ठुरी बातहरु

अन्तै नाता जोड्न रैछ अर्केको हात थाप्नु रैछ
नमागेकै भए हुन्थ्यो ती छुटाई लाने हातहरु

आधा मुटु टुक्राएर आधा जीवन बाच्दैछु
साथ छोडेउ टाढा भएउ हानी गएउ लातहरु

विना मेरो साथ पनि सुखी हुनु सधै तिमी
मलाई दिएउ ठिकैछ उनलाई नदेउ घातहरु

॥२॥

अग्रगामी विचारको बाटो सम्झीएर
फर्की आउ आफ्नै ठाँउ माटो सम्झीएर

न छ विकास न त निकास अझै भ्रष्टाचार
हेपिरा छन् गरीवलाई लाटो सम्झीएर

पटक-पटक धरहराको स्वाभिमान ढल्दा
कति रोए पुरानो त्यो खाटो सम्झीएर

आज पनि नेपाल आमा रोइरैछीन् त्यसैगरी
निरङ्कुश प्रतिगामी फाटो सम्झीएर

एक मार्छन् सय हुन्छन् सय मार्छन हजार
उदाइ रहन्छन् रगतको टाटो सम्झीएर

॥३॥
विधिले घात गर् यो र रोए
नियतीले खुशी हर् यो र रोए

बतासको त्यो एकै झोंकामा
सिउँदोको फुल झर् यो र रोए

डुवाएर आज माझधारसा एक्लै
डुंगा र माझी तर् यो र रोए

न बाँच्न सके न त मर्न नै
मुटुमा शूल पर् यो र रोए

त्यस्तो बज्रपात अरु सव के हुन्थ्यो
मर्नेको देवता मर् यौ र रोए

रजनी राई
गोगने-९ भोजपुर
एम.एड. प्रथम वर्ष सुकुना

0 comments