मेरो देश

Posted by eKabita | 10:10 AM | | 0 comments »


-चिना थापा सिन्धुली

प्राकृतिक सुन्दरताले भरिएको प्यारो मेरो देश
छन् धेरै संस्कृति र थरीथरीका भेष ।
प्रणभन्दा प्यारो छ यो देश नेपाल
छन् यहाँ थुप्रै डाँडाकाँडा र अग्ला हिमाल


चिनाएको छ हामीलाई यो देशले विश्वभिर
विकास गर्नु छ यो देशको कडा परिश्रम गरी
यही नै हो हाम्रो कर्तव्य पालना गर्नुपर्ने
यो देशको उन्नतिको लागि आजैदेखि अगि सर्ने


रोक्नुपर्छ हामीले विकृति र खराव काम
विश्वभरि चम्काउनु छ यो देशको नाम
जलस्रोतको धनी हो यो देश हाम्रो
सबै भन्छन् विश्वभरी मेरो देश राम्रो ।


छन् थुप्रै जाति र धर्म हाम्रो देशमा
सुहाएको छ हामीलाई राष्ट्रिय भूषा र भेषमा
क्लकल गरी बग्ने यहाँ छन् थुप्रै खोलानाला
झुलेका छन् यो देशमा लहलह धानका बाला

सबैलाई मोहित बनाउँछ मेरो प्यारो देशले
थुप्रै संस्कृति र थरीथरीको भेषले

0 comments