इश्मा पोखरेल

म मृत्यु चाहन्छु

मृत्यु चाहन्छु म

यो अशिक्षित र अज्ञानी

पुरातन सोच र कुप्रथामा बाँधिएको

मेरो सोच विरुद्धको समाज देखि

वाक्क दिक्क भैसके म

त्यसैले पनि

म मृत्यु चाहन्छु

मृत्यु चाहन्छु म ।


भविष्यको नमिठो कल्पना गर्दा

हिजोका भोगाइहरु सम्झदा

सधै सधै मुखियाले मसंग

आलीसान त्यो महलवाट

अनि मेरो आफ्नो झुपडीमा आएर

मेरो गरीवीको फाइदा माग्छ

साँवा व्याज र स्याजको हिसाव माग्छ

म उसलाइ के दिउँ के छ र मसंग

सावाँको व्याज वा

व्याजको स्याज

त्यसैले

म मृत्यु चाहन्छु

मृत्यु चाहन्छु म ।

धनाढ्य मानिसको समाजमा

गरीवी र भोकै वाँचेको म

हजारौ चोटहरु सहेर

वालवच्चा पाल्नु पनि त मुस्किल छ

अछुत दलित अनि भाग्य फुटेको

यस्तै तिखा वाणहरु सहेर

म यो समाजमा कति वाचिरहँ

बरु म मृत्यु चाहन्छु

मृत्यु चाहन्छु म ।


चाहन त म समाजमा मात्रै होइन

देशमै ठुलो परिवर्तन चाहन्छु

म जस्ता असहाय व्यक्तिहरुको

खुसी हाँसो र उत्साह चाहन्छु

कुप्रथा अन्याय र अत्याचारको

जरैदेखि अन्त्य चाहन्छु

तैपनि म

एक्लै सडकमा उत्रिन सक्दिन

वौलाहा जसरि कराउन पनि सक्दिन

मेरा वालवच्चाहरु लाइ जम्मा गरेर

आफू शोषित हुनुको कारण भन्न सक्दिन

त्यसैले हे यमराज

म मृत्यु चाहन्छु

मृत्यु चाहन्छु म ॥

0 comments