Showing posts with label मनोवाद. Show all posts
Showing posts with label मनोवाद. Show all posts

-रवि भट्ट, विगतका क्षण सम्झदा आगतमा दु:खद पिडाले कोपरिरहन्छ । निलमसँग छुट्टिएर दुई ध्रुव भएर विताएको ४/४ वर्षका तिक्तताका स्मृतिले आजकल पनि झस्काईरहन्छ । त्यसबखत भर्खर १५ बसन्तमा कदम राखेकी निलम थापा, सिन्धुपाल्चोक जिल्ला, जलविरे गाविसबाट जनयिताको देहवसान पछि कान्छी आमाको प्रताडना सहन नसकी काठमाण्डौ आएकी थिईन् । जन्मदिने आफ्नो वुवाले समेत उनीमाथी जगन्नयिन्ता दायित्व ननिभाएको कारणले जलविरेबाट विस्थापित जीवन विताउनु परेको कटु यथार्थता, म समक्ष पोख्दै रोएकी थिईन । उनका आर्तनादबाट म द्रविभूत हुन पुगें ।

उनलाई सहानुभूतिका शव्दहरु व्यक्त गर्दै सुख-दु:खमा साथ दिने प्रतिवद्धता व्यक्त गर्दै हामी एउटै होटलमा काम गर्दै आयौं । मैले मनमनै सोंच्ने गर्थे, त्यति राम्री किशोरी यदि उनको आमाको देहवसान नभईदिएको भए आज उनी एक रेष्टुरेन्टमा वेट्रेस काम गर्नु पर्ने थिएन । उनको आमा बुबाले एक इज्जतदार कुलीन परिवारमा आँगन पोलेर अन्माएर पठाईदिने थिए होलान् । नौमति बाजा संगसंगै विछोडका क्षणलाई विरहमा अलाप्दै जाने थिईन होली । उनी प्रत्येक रक्स्याहा र मतालहरुको अश्लील र यौन पिपासुहरुको यौनतृष्णा मेटाईदिए वापत उनको कुमारीत्वको अस्मिताको मूल्य दिने जस्ता अपाच्य दुष्वचन र दुव्र्यवहार सुन्नु पर्ने थिएन । होटलमा काम गर्दाका क्षणमा सुन्न र भोग्नु परेका यस्ता क्षणलाई सकिनसकी शमन गरेर बाँच्नु पर्दाको वाध्यता देख्दा उनी पारिवारिक मानसिक यातनाले कति पिडित रहिछन भन्ने वास्तविकता मैले सहजै अड्कल काटेको थिएं ।

पारिवारीक तथा मानसिक आक्रमणले आक्रान्तित अपरिपक्व उमेरकी निलम गम्भीर मुद्रामा नै रहेको बढि पाउँथें । बनावटी हाँसो लिएर ग्राहकका सामु उपस्थित हुनु उनको बाध्यता थियो । उनको चढदै गएको पुष्पित र पल्लवित बैंशले उनमा निखार ल्याउँदै गरेको मैले स्पष्टता पाईरहेको थिऐं । वैंशले परिष्कृत गराएको उनको लालित्यवान कौमार्यताले मलाई उकुसमुकुस बनाएर चिमोट्ने र निमोठने गरिरहयो । उनको मध्यम कद विस्फारित लोचन र म प्रति प्रस्तुत हुने मृदुमुस्कान सहितको भद्र चन्चलताले म उनीसंग नजानिदो किसिमले आकर्षित हुन थालिसकेको थिएं । मेरो मनमा उकुसमुकुस भएर मडारिरहेको मनको कुटुरो उनी समक्ष राख्ने जमर्को गरें र आफ्नो मनको उद्वेगलाई पस्किदिएं । मेरो वैवाहिक प्रस्तावले उनमा भुचाल पैदा भएको सहजै अनुमान गरिरहेको थिएं । मेरो प्रस्तावले उनी अवोध वालिका झैं बेसरी रोएकी थिईन त्यसक्षण ।

म शसंकित भएं र आशंकाको वादल मडारिन थाल्यो मेरो मनमा । यदि यो कुरा रेष्टुरेष्टको मालिकले थाहा पाएमा मैले सोंचेको सुखद प्रणय र विवाह बन्धनमा बाँधिने दिवा स्वप्न स्खलित र विखण्डित भै कामबाट समेत निकालिनु पर्ने जस्ता कल्पनाले अतिग्रस्त बनायो । रोदनको साम्यता पश्चात उनैले भनेकी थिईन ‘मेरो कारणबाट तपाई किन समाजबाट उपेक्षित हुन चाहनुहुन्छ हामी होटलमा काम गर्ने केटी त मदिराको मातले उन्मुक्त भएका जँड्याहाको बैंशको उन्माद विसाउने चौतारी हौं । क्षणिक उत्तेजनाको फोहर फाल्ने कन्टेनर हौं । संकीर्ण सोंच भएको जमातमा मैले त उपेक्षा सहन सक्ने क्षमता बटुलिसकेकी छु । तपाई किन यो समाजले कलंकितको उपमाले विभूषित गरिएकी केटीसंग विवाह गर्न चाहनहुन्छ ? आफ्नो घरबाट त अपहेलित र तिरस्कृत भएर बाँच्नु परेको मेरो नारकीय कहालिलाग्दो खाटा बसिसकेको घाउ तपाईको घरमा गएर एक होटलमा काम गरेकी केटीसंग विवाह गरेको वास्तविकता थाहा पाईसकेपछि त्यो तिरस्कार र अपमान म शमन गर्न सक्दिन विन्ति छ मेरो कारणबाट कलंकित भएको तपाईलाई देख्न चाहन्न ।’ मैले उनलाई शान्त्वना तथा ढाडस दिने क्रममा भनें ‘तिमी मेरो लागि निष्कलंकित तथा सदावहार बग्ने गंगा जस्तै छ्यौ । पारिवारिक प्रतिरोधको बाबजुद पनि म तिम्रो साथ छोडन सक्दिन ।’

समय अनवरत सुलुलु चिप्लँदै अनवरतता दिँदै गयो । हामीले मन्दिरमा गई भगवानलाई साक्षी राखी श्रीमान श्रीमतीमा परिणत भएको स्वघोषणा गर्यौ । उनको सिउँदो सजाउँदा उनको निर्दोष लोभलाग्दा आँखा आँशुमय भएको थियो । निलम त्यसक्षण मलाई गम्लङ्ग अँगालो मारेर बेसरी रोएकी थिईन र भनेकी थिईन ‘म जीवनमा धेरै रोएं, नुनमय आँशु धेरै पिएं, आजबाट मलाई कहिल्यै पनि रुवाउने छैन भनेर कसम खानुहोस ल’ भनेर बचनबद्धता गराएकी थिईन । जव मैले निलमलाई आफ्नो घरमा लिएर गएं र एकै रेष्टुरेष्टमा काम गर्ने केटीसंग विहे गरेको जानकारी गराएं तत्पश्चात घरमा गृह कलह प्रारम्भ हुन थाल्यो । मैले सम्झाउने हरेक प्रयास गरें तर बुवा आमाको असहमतिका कारण म निर्लज्जताकासाथ घर छोडनु पर्ने भयो । बुबा आमाको भनाई अनुसार कि त मैले घर छोडनुपर्ने, कि त निलम । संगसंगै मर्ने संगसंगै बाँच्ने कसम खाएर बैवाहिक बन्धनमा बाँधिएको प्रतिज्ञालाई मैले भुसुक्क बिर्सिएर निलमलाई परित्याग गरेंर धोखादिन चाहिन र पुन म काठमाण्डौ नै फर्किए । हामी काठमाण्डौ फर्किएर रेष्टुरेष्टमै काम गर्न थाल्यौं ।

निलम गर्भवती भएको कुरा एकदिन मलाई लाजमान्दै बताईन । ममा एक बाबु बन्ने गर्वले निलमलाई आफ्नो बाहुपासमा बाँधी अनवरत चुम्वनकासाथ मायाँका न्यौछावरहरु बर्षाइरहें । दिनानुदिन महिनाहरु जति पार हुदै गइरहेको थियो, म मा भय र उत्सुकता पनि निलमको पेटभित्र बढदै गएको नवजातसंगै बढदै गईरहेको थियो । कामगर्ने सिलसिलामा दिनहु बढदै गएको उनको पेटले कामगर्न उनलाई अप्ठ्यारो पार्दै गईरहेको थियो । मैले निलमलाई यथाशक्य आरामको जरुरत छ काम छोडिदेऊ भनि आग्रह गरें । उनले असहमति प्रकट गर्दै अरु एक महिना काम गर्ने र संकलित टिप्स र तलवले दुई चार महिना बसेर खानलाई अरु सुविधा हुने जिकिर गरिन । म आँफूपनि न्यून तलव पाउने कारिन्दा भएको कारणले चुपचाप मौनता साँधेर सहमति जनाएं । टिप्सको प्रलोभनमा उनी ग्राहकसंग नजिकिएर बातचित गर्ने तथा ग्राहकरुले उनलाई जिस्काउँदा तथा उनको कपाल र पिठ्यु सहलाउँदा पनि विरोध नगरिकन बस्ने कृयाकलापले मलाई ईष्र्या जागृत हुन थाल्यो । एकाएक उनमा आएको आकस्मिक परिवर्तित स्वभावले म भित्रभित्रै आन्दोलित हुन थालें । गर्भाबस्थामा मैले उनलाई बढी मायाँ दिनुको अलवा उनको भावनालाई नबुझी खनिईरहें । त्यो त उनको वाध्यता र कला थियो ग्राहकसंग बक्सिस प्राप्तिको लागि गरिएको एक अभिनय थियो ।

पुरुष र पति हुनुको अभिमानले मेरा उदारबादी सोचहरु निस्तेज र क्षीण हुदै जान थाल्यो । म गालिमा मात्र सिमित रहिन । उनको गालामा अक्कल झुक्कल थप्पड हान्न पनि पोख्त हुँदै गएको थिएं । ममताले हातका औंलाहरु दौडने लोभलाग्दो बावियो जस्तो लामो कपाललाई जगल्टाका संज्ञा दिँदै भुतल्न सक्ने ‘बहादुर’ पनि बन्दै गएको थिएं । उनको पेट दिनानुदिन जति बढदै जाँदै थियो हाम्रो वैमनस्यताको विष लहरो पनि बढदै र झाङ्गिदै गईरहेको थियो । मेरो ज्यादतिले निलमको सहनसिलताको सिमा नाघेपछि रुदै भनेकी थिईन- तपाईलाई भन्दा खेरी मैले सर्वस्व त्यागी तपाई प्रति समर्पित भएं, विवाह गर्न राजि भएं, अहिले दोजीया भएको अवस्थामा तपाईको मायाँ र सहयोग पाउनु कता हो कता अझ मलाई पिट्ने र नानाथरी लान्छना लगाई तुच्छ व्यवहार गर्नुहुन्छ । आफ्नो घरको अंश खान पाउने जन्मशिद्ध अधिकारलाई त लिन नसक्ने लाछिले कस्तो मायाँ दिएर यो पेटभित्रको बच्चालाई र मलाई पाल्न सक्नुहुन्छ ? मलाई स्वतन्त्र भएर काम गर्न दिनुहोस । म तपाईको दासी होईन । यिनै अन्तिम वाक्यले मलाई नराम्रो झट्का पुर्यायो । फलस्वरुप सुमधुरता र निकटता हुँदै जानुपर्नेमा उनी र ममा कटुता र दुरताको दरार गहिरिंदै गयो । हामी एउटै घरको छतमुनि बस्न नसक्ने अवस्थामा पुग्यौं । परिणामतः हामीहरुको मौखिक डिभोस्र भयो र म निलमलाई काठमाण्डौंमा नै छोडी आफ्नो घरतर्फ हानिएं गर्हौ कदम लिएर ।

चार वर्ष पश्चात मलाई निलमको भन्दा पनि हाम्रो प्रेमको प्रतिफल स्वरुप जन्मिएको बच्चा के भयो होला, छोरा भयो कि छोरी भयो होला, कस्ले न्वारान गरे होलान ? यावत कुराहरुले झक्झक्याईरह्यो । अवोध जन्मजातको सम्झनाले गर्दा निलमको सहनशिलताप्रति तारिफ गर्दै सहानुभूति जागृत हुन थाल्यो । होटलमा काम गर्ने केटी न ठहरिईस स्वभावलाई परिवर्तन गर्न कहाँ चाहन्छेस र यि तुच्छ शव्द त्यसवेला कसरी चिप्लिए, ग्लानिबोध हुन थाल्यो । आवेशमा मैले गरेको गल्तिले मलाई भत्भति पोल्न थाल्यो र आत्मनिर्णय गरें । बुबाको देहवसान भैसकेको र आमाले मेरो रोजाईलाई अस्विकार गर्न सक्नुहुन्न भन्ने सोंचेर म निलमलाई लिन काठमाण्डौ नै आएं । निलमले त्यो होटल पहिल्यै नै छोडिसकेको र उनी सरेको स्थान तथा घरको ठेगाना लिएर म सोध्दै, खोज्दै पुगें । कम्पित मेरा कदम सकिनसकि घिसार्दै मनमा अनेकौ तर्कना खेलाउँदै म अघि बढदै गएं । ओहो मैले त निलम र हामी द्धयवीचको निशानीको संरक्षण र दायित्व निभाउनु पर्छ नै । नत्र त्यो अवोध वालिकाको श्रापित पीडा अनन्तसम्म भोग्नुपर्छ । विगतका क्षणमा आलिङ्गनमा बाँधिएर प्रेमप्रलाप विनियम गरेको सम्झँदा मेरो चक्षु श्रावित हुन थाल्यो ।

नयाँ वानेश्वरको व्यवस्थित रुपमा खोलिएको हार लाएर थापिएका तरकारी पसलका पंक्तिबद्ध लाममा मेरो आँखाहरु चहार्न थाल्यो । अनायास मेरो र निलमको आँखा एक हुन पुग्यो त्यहाँ । मेरो चेहरामा गाम्भिर्य भावमुद्रा सिर्जित भएको महसुस भएको थियो भने उनमा एक दृढ आत्मविश्वास । मेरो आँखा एक्कासि छोरी खोज्नलाई हतारिन थाल्यो र सोध्न पुगिहालें ‘छोरी खोई त निलम’ म उत्तरको प्रतिक्षामा व्यग्र भएर बसें, उनीले मेरो प्रश्नको वेवास्ता गर्दै ग्राहकहरुलाई तरकारी जोखेर दिने र पैसा लिने सिलसिलामा व्यस्त रहिन ममा पुनः प्रश्न गर्ने साहस झन विलय हुन पुग्यो । अलि पर वच्चाहरुको वालक्रिडामा निमग्न खेलिरहेको हुलमा आँखा हानियो । म बाल्यकालको बालगीतमा रमाईरहेका बालबालिकाहरुको थुप्रोतर्फ्र गएं । यिनै बालगीत त मैले बाल्यकालको क्षणमा कति मुखबाट ओकलें होला । आफ्नो शैसवकालको वाल्यस्मृतिले मलाई झन रोउँ रोउँ बनाई रहेको थियो ।

सबै साथी संगीहरुको हस्तवन्धनको विच घेरामा बन्धित नयाँ चेहरामा अतिकति अपनत्व पाएं । शुक्ल पूर्णिमाको जुनजस्ती वाटुलो मोहडा निलमको जस्तै सुन्दर गोरोवर्ण गुच्चाजस्ता गोलागोला आँखा पुतलीजस्तै फर्याकफुरुक गर्दै बालसुलभता र बालचन्चलता प्रस्तुत गर्दै बालक्रिडाको आनन्ददायी कृयाकलापमा खेलिरहेकी नै मेरी छोरी हो भन्ने अड्कल काटेर बोलाएं । उनी निर्भयताका साथ मेरो सामु ठिङ्ग उभिईन । मैले प्रश्न राखें ‘तिम्रो नाम के हो नानुमायाँ ।’ तिम्रो नाम कसले राखिदिएको नि किन मायाँ नै राखेको नि मम्मीले, हाम्रो बुबा हुनुहुन्न रे अनि बुबाको मायाँ पनि मम्मीले नै दिने गर्नु भएकोले मेरो नाम मायाँ राखेको नि ।’ छोरीको गम्भीर उत्तरले म झनझन गलित हुन थालेको महशुस भईरहेको थियो । आफ्नो पैताला मुनिको भू-तल भासिंदै गएको भान भईरहेको थियो म आफूलाई सम्हादै छोरीलाई शिरदेखि पाउसम्म नियाली रहें । काठमाण्डौंको चिसो ठिही ठाउँठाउँमा कुँयेत्रो लागेर फाटेका महिला जामा खालि खुट्टा घाँटी र हातका पाखुरामा जमेर स्पष्ट देखिएको मयलको काँठ देख्दा म आफूलाई धिक्कारीरहें । निलम र छोरीलाई निरिह वेसहारा वनाएर कारुणिक मानसिक तथा आर्थिक दारिद्रयतामा बाँच्न बाध्य बनाउने पापी मै हुँ । भनेर भित्रभित्रै भक्कानिएर रोईरहें । अपराधवोधले मेरो ओठ थरथराई रहेको थियो ।

के थाहा विचरीलाई यस्ता प्रश्न गर्ने र सामान्य वादविवादको कारणले उस्को मम्मीलाई गर्भावस्थामा एक्लै छाडिजाने एक स्वार्थी वावु हो भनेर । अन्यमनस्क भावले उनले मलाई नियालेर सोधेकी थिईन ‘तपाई कहुको अँकल हो’ मेरो सामर्थ्य रहेन । धैर्यताको बाँध टुट्यो र अनायास साउनको वर्षे झरी झैं मेरो आँखाबाट आँशुहरु बर्सिरह्यो । म निरुत्तर तथा किँकर्तव्यविमुढ भएर उभिईरहें । हामी बाबु छोरीको विचमा निलम आईपुगिन र चार/चार वर्षसम्म विताएको संघर्षमय व्यथाको तिक्तता सबै पोख्न थालिन । आज तपाई यहि होटलमा काम गर्ने केटीलाई नै भेटन आएर खाटा बसिसकेको घाउ कोट्याउन आउनु भयो होईन, के त्यति अक्ष्यम्य अपराध गरेकी थिएं र यति ठूलो सजायको भागी बनाउनु भयो, यतिका वर्ष तपाईको सहयोग र मायाँ विना मैले कसरी के खाएं होला, छोरीलाई के ख्वाएर लगाउन दिएं होला, कहिल्यै सम्झना आयो तपाईलाई ?

कति कठोर हुन सक्दो रहेछ होईन पुरुष हृदय तपाईको आँखा अगाडी पवित्र हुन नसकेकी होटलकी केटी यतिका वर्षसम्म हामी एउटै भूगोलको दूई पाटो भएर अलग जिवन व्यतित गरी वस्दा तपाईको ईष्र्यालु र शंकालु संकीर्ण सोचाईमा कति परपूरुषले वर्वाद पारे होलान कतिले लुछे र थिचे होलान, तपाई कल्पना गर्न सक्नुहुन्छ म आफु पवित्र छु पतिव्रता छु र एक पत्निले निर्वाह गर्नुपर्ने सत्यताको सिमारेखा उलँघन नगरी तपाई विनाको एक्लो जिवन पनि तपाईले कोर्नु भएको सिउँदोको गोरेटोमा तपाईकै नाम जपी सिन्दुर लगाएर बाँचिरहेकी छु भन्ने कटु यथार्थतालाई पत्याउन सक्नुहुन्छ, मलाई अपनाउन सक्नुहुन्छ ? यदी छोरीको मात्र मायाले भेटन आउनु भएको भए विन्ति छ अवदेखि कष्ट नगर्नुस् । यो छोरी र म माथि दायित्व निभाउन नसक्ने व्यक्ति पिता र पति हुन सक्दैन । विजदान गरेर एक निरीह नारीलाई गर्भिणी बनाई लत्याएर जानेलाई म पिता र पति मान्न तयार छैन । उनी आफ्ना चार वर्षसम्म भोगेका भयावह सर्वकालरात्रिका निरस र पट्यार लाग्दा भोगाई मुख र आँखाबाट संगसंगै पोखिरहिन । मैले गरेको गल्तीलाई माफ देउ अव आइन्दा यस्तो हुने छैन । तिमी मसंग अव यति नै बेला घर जानुपर्छ हो निलम तिमी अव यति नै बेला म संग घर जानु पर्छ । अपरिपक्व विचलित मेरो शंकालु मनले विगतका २६ वर्ष अघिका घटनाले मलाई आजपनि झस्काईरहन्छ । आज पनि झस्काईरहन्छ ।

यो लेख कुवेतनेपाल डट कम बाट लिएको हो ।
Read more >>


बिमल कुमार, यस्तै ३६,३७ बर्षको बिबाहित पुरुष हो, ऊ काठमाडौँको एक प्रतिष्ठित कम्पनीमा जागिर खाईरहेको छ । उसको कम्पनीमा पनि ऊ निकै इमान्दार अनि मेहनेती अनि अलि गम्भीर स्वभाबको मान्छे भनेर चिनिएको छ । सधै अफिसमा कामको चपेटा अनि हाकिमको थोर बहुत गालि र अफिस कै साथीहरूले काममा डाहा गरेको देखेर ऊ निराश हुन्छ कहिले कही । एकतिर कामको टेन्सन त्यसमाथि सँगै काम गर्ने साथीहरूले इर्श्याले गर्दा झन नराम्रो अनुभव गर्छ बिमल कुमारले । उसको श्रीमती घरमा नै बस्छे। यस्तै ऊभन्दा २ बर्ष कान्छी होलिन श्रीमानभन्दा, तरुनी उमेरमा निकै राम्री थिइन, तर घरमा नै बसेर होला अहिले अलि निकै मोटी भएकी छिन र शरीरको त्यति ख्याल गर्दीनन् । एउटा छोरालाई हेरविचार अनि स्कूल पठाउने अनि घरको सबै कामहरू तिनी सम्हाल्छिन ।

बिमल कुमार आज अलि थाकेको महसुस गर्दै ५ बजे तिर घर फर्कियो, घरमा श्रीमती छोरा साँझको तरकारी किन्न तलतिरको अलि टाढा पसलमा गएका रहेछन । ऊ खुइय्य गर्दै कोठामा पसेर सोफामा बस्न पुग्छ, थाकेकोले होला केही बेर सोफामा शरीर छोडी दिन्छ ।

बिमल कुमारको अनुहारमा चमक छ आज, ऊ त्यो पल्लो घरको भाडामा बस्ने भिम नारायणको छोरी रुपासँग न्युरोडतिर हिड्दैछ, रुपा ११ क्लासमा पढ्दै छिन, तिनी गोरी अनि निकै राम्री छिन साथै पढाईमा पनि ठिक ठिकै छे । रुपा निकै चुलबुले अनि कुनै पनि केटाहरूलाई आकर्षित गर्न सक्ने खालकी केटी हुन्, तिनको बोल्ने हाउभाउ अनि आँखाको नजर त्यस्तै छ, जो कोही पनि एक पटक रुपासँग बोल्न हिड्न पाएमा तरंगित हुने गर्छ, मतलब रुपामा यौन आकर्षण छ ।

बिमल कुमार र रुपा न्युरोडकै एक रेस्टुराँमा पस्छन, रुपाले मिनी स्कर्ट त्यस माथि अलि पातलो खालको सेतो शर्ट लगाएकी छे, कलेज ड्रेसमा नै छे । घरीघरी बोल्ने हास्ने क्रममा तिनको पुष्ठ नितम्बको आकृति शर्टमा देखिने गर्छ, यो बेला बिमल कुमार केही अप्ठ्यारो महसुस गरे जस्तो गरी लुकेर हेर्ने गर्छ । रुपाको मिनी स्कर्ट पनि अलि छोटो भएकोले न्युरोड बाटोमा आउँदादेखि नै बिमल कुमारले अलि अलि तिघ्रा हेर्दै थियो तर धित मरेको थिएन ।

बिमल दाइ “मलाई के खुवाउने आज?” त्यसै त बिद्यार्थी जीवन, सधै पैसाको खाचो, रुपा आज खुशी छे त्यही माथि अफिस गर्ने बिमल दाइले रेस्टुराँमा खुवाउन लगे पछि । “अनि के खान्छौ तिमी जे जे मन पर्छ अर्डर गर न” बिमल कुमार रुपालाई आस्वस्त पर्दै भन्छ । ऊ निकै रोमान्चित भएको छ रुपालाई आफ्नो नजिक पाएकोमा, साएद उसको युवा उमेरमा यस्तो अनुभव लिन पाएन होला त्यसैले । हुन पनि त्यो बेला बिमल कुमार पढाई बाहेक अरु कुरा सोच्ने गरेन, भनौ उसको साथी सँगी त्यस्ता थिएनन र वातावरण नै बनेन । अर्को कुरा घरमा बुवाको अनुशासित भएर हिडडुल गर्नु भन्ने निकै कडा नियमले गर्दा त्यो सम्भब नै भएन बिमल कुमारको लागि ।

रुपाले बफ म:म अनि एउटा कोक अर्डर गरी र बिमलले थुक्पा साथै कोक नै अर्डर गरे,”अनि रुपा तिम्रो पढाई के कस्तो हुदै छ?” कुराकानीलाई अगाडी बढाउने क्रममा बिमलले सोध्यो, “के हुनु दाइ, यस्तै हो कलेज गयो आयो खोइ किन हो, त्यति पढाईमा मनै जादैन” । हुन पनि त्यो १७ बर्षको टिन एज, काठमाडौँ जस्तो रमझम भएको सहरमा राम्रो कपडा लगाऊ, मिठो खाउ, मोज गरौ भावना हुनु स्वाभाविक थियो रुपालाई । फेरी तिनको घरको स्थिति पनि खासै राम्रो छैन बडो मुस्किलले रुपाको पढाई खर्च धान्दै छ तिनको बुवाले । ” हेर ! रुपा हामी मानिसले पढ्नु पर्छ, भोलि केही सुख पाउनलाई दुख त हुन्छ नै शुरुमा, आतिनु हुदैन है” भन्दै सम्झाउन खोज्छ । “आ बिमल दाइ पनि, म कहा आतिएको छु र …के गर्नु आफुलाई यहा साथीहरूसँग हिड्न पनि अप्ठ्यारो हुन्छ, साथीहरू हरेक महिना नयाँ लुगा लगाउछन, आफु भने यस्तै हो, भनेको लुगा लगाउन पाए त म राम्ररी पढी हाल्छु नि” । एकै पटकमा त्यो लामो कुरा गरी रुपाले, त्यतिकै कोक ल्याई दिए साहुजीले, बिमल कुमारले ल कोक पिउ है भन्दै, एक चुस्की लगाए उनी आफैले पनि ।

रेस्टुराँमा टेबल अनि कुर्सी साँघुरो थियो, रुपाले त्यहा कुर्सीमा गोडा अलिकति फाटेर बसेकी थिइन, अचानक बिमलले रुपाको घुडा माथिको चिल्लो तिघ्रा नियाल्न पुग्यो, उसलाई रोमान्चित बनायो । फेरी हेर्ने मनशाय त थियो तर लुकी लुकी हेर्नु एक त दाइको नाताले अप्ठ्यारो थियो, तापनि छोरा मान्छे न हो त्यसै पुरुष बर्गमा नै पर्यो बिमल कुमार, संसारमा यौनमा कोही पनि प्राणी अछुतो छैनन् । यही बीचमा म:म र थुक्पा पनि ल्याई दिए साहुजीले, अझै पुगेन भने फेरी पनि मगाउ है भन्दै बिमल कुमारले खान शुरु गरे ।

थुक्पा खादै पनि बिमल कुमार घरिघरि रुपाको बक्षस्थल नियाल्दै थियो, हुन पनि रुपाको नितम्ब निकै ठाडो ठाडो थियो । र यो उमेरमा अहिलेका टिन एजका केटीहरू पनि केटाहरू आफुतिर आकर्षित होस् भनेर अलि खुला शर्ट या टाइट टि शर्ट लगाएर हिडेको सबैलाई सर्बविदित नै छ । यसमा रुपा पनि के कम, राम्री देखिनु अनि केटाहरूले ‘हाइ सेक्सी’ भनेको मन पर्न थालेको थियो तिनलाई, बाहिर रिसाए जस्तो गरे पनि भित्र मनमनमा खुशी भएको आभाष पाइन्छ नै । बिमल कुमार पनि के कम, रुपासँग कुनै नजिकको नाता सम्बन्ध थिएन, यदि रुपाले चाहेमा उनीहरू बीच यौन सम्बन्ध हुन पनि कुनै बाधा हुँदैनथ्यो । तर ऊ बिबाहित अनि ५ बर्षे छोराको बाउ थियो, तर पनि आज किन किन ऊ रुपालाई पाएर खुब रमाई रहेको छ । मानौ भर्खर उमेरकी रुपालाई पाएर अर्कै संसारमा बिमल कुमार रोमान्चित भैरहेकोछ, लाग्छ भर्खर मायाप्रीति गाँस्दै छ रुपासँग ।

अनि दुई जनाले म:म अनि थुक्पा खाइसके अनि बिमल कुमारले भन्यो “रुपा आज बिस्वज्योति हलमा रोमान्टिक हिरो शाहरूख खानको “दिल तो पागल हाइ” चलिरहेको छ, हेर्न जाने हो?” रुपाले यसो टाउको कन्याएर भनिन ” बिमल दाइ म सँग पैसा नै छैन अनि” । ” रुपा तिमी चिन्ता नगर, म तिरिहाल्छु नि” भन्दै बिमलले आफ्नो पैसा कमाएको पुरुषत्व देखायो, ल ल दाइले भने पछि म त तयार छु रुपा फुरुंग भइन । दुई जना न्युरोड रेस्टुराँबाट निक्लेर बिमल कुमारको मोटर साइकलमा विस्वज्योति सिनेमा हल आइ पुगे । अनि बाल्कोनीको टिकेट काटेर भित्र पसे। फिलिम शुरु हुन लागेको थियो, रुपा बिमल कुमारको पछि पछि हिड्दै थिइन, अनि दुवै जना सिटमा बसे ।

फिलिम शुरु भयो, शाहरूख खान देखे पछि त्यसै त रुपा, उसको फ्यान झन खुशी भइन । हल भित्र अध्यारो थियो घरीघरी पर्दामा फिलिमको लाईटले अलि अलि उज्यालो देखिन्थ्यो हलमा, यस्तैमा रुपा बिमल कुमारसँग कुम जुधाएर बसिन् । आखिर मानिसको मन न हो, माया भन्ने कुरा धेर थोर हुन्छ नै समिपमा भए पछि । बिमल कुमार पनि रुपाको कुममा हात फैलाएर राख्यो, मतलब उसले पनि माया दर्शायो रुपामाथि, रुपा अलि तरंगित भइन, साएद पुरुषत्वको स्पर्श नै यस्तै हो ।

बिस्तारै फिलिम हेर्ने क्रममा बिमल कुमारले रुपाको हात समाते, अनि हातमा छोटो किस गरे, रुपा चुपचाप बसिन् साएद रुपालाई पनि मिठो अनुभूति भयो होला । अब बिमल कुमारको आँट आयो रुपाले केही नकारात्मक कुरा नगर्ने रहेछ भनेर अनि उसले बिस्तारै रुपालाई त्यही बसेको सिटमा नै अंगालोमा बाध्यो अनि उसले भन्यो ” आइ लभ यु रुपा, आइ लभ यु सो मच” ।

“के रे कसलाई आइ लभ यु हरे…..पागल भयौ कि क्या हो?” भन्दै बिमल कुमारलाई झकझक्याइन उसकी श्रीमतीले। बिमल कुमार यसो सम्हालिए आफै, त्यही सोफामा कुशन सिरानीलाई अँगालो मारेर सपनामा अर्धनिद्रामा बर्बाराएका रहेछन।

“धत् ! क्या मिठो सपना भताभुंग भयो,” हाँस्दै बिमल कुमार अफिसको पोसाक फुकाल्न थाले ।

बुद्ध चेम्जोंग
राजारानी १ धनकुटा

स्रोत : मझेरी डट कम
Read more >>