Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts


जिन्दगी एक यात्रा हो कहाँबाट शुरु भइ कहाँ पुगेर अन्त हुन्छ कसैलाई थाहा हुन्न जति घुम्ति पार गर्यो उतिनै कठिनाई झेल्नुपर्छ, कति बेला कुन ठाउँमा यात्रा बिहिन हुने हो कस्लाई के थाहा र ? सायद यस्तै होला दैवको लीला ।

“उफ ! कस्तो थकाई लागेको, पानी पिउन पर्यो “- लौ ! पानी पनि सकिएको रहेछ आधारात भैसक्यो यतिबेला पानी लिन कहाँ जाने, भैगो भोलिको दिन कुर्नु पर्ला निन्द्रा पनि लागेको छ । अहो ! कस्तो भिर होला यो भिर काटेर कसरि पारि पुग्ने होला ! खै अन्त बाटो पनि छैन यहाँबाट खसियो भने त सिदै नदिमा पुगिन्छ। शहर पुग्नुपर्ने बाटोमा कोहि साथी पनि भेटिएन घनघोर जगंलको बाटो कसरी काट्ने हो ? जे परे पर्ला नडरा जान्छु अब आधाँ बाटो काटि सके ।

कति सुनसान छ यो जंगल, चरा चुरुङगिको चीरविराहाट, कोईलीको कुहुँ-कुहुँले मलाई साथ दिए जस्तो छ, मान्छेको आवात जावत त्यस्तै हो क्यारे । हँ ! त्यो परबाट आउँने को होला । हातमा केहि लिई आए जस्तो छ जो भए पनि कुनै मान्छे त भेटियो ।
अहो, वैनी हतार हतारमा कता जान लागेकी ? ए साईला दाई पो शहर जान लागेकी क्या हो ।

“साईला दाई, दिउसै रक्सि खाएर टिल्ल, जिन्दगीलाई रक्सि र जुवामा उडाउन हुदैन, दाई” । ल ल जान्नि हुनु पर्दैन, आफ्नो बाटो लाग । बिचार गरेर जानुनी बाटोमा टायर बाल्ने ढुङगा मुडा बर्षाउने गरेका छन् । किन दाई के भयो र ? के हुनु र उहि त हो नि देशको ढुकुटि रित्तायाउनेहरु जनताको रासन पानी तोल मोल गर्यो । जनताहरुको माग चर्किदै जान्छ । नेताहरुको मुख बन्दको बन्दै उहि त हो काग कराउदै जान्छ, पिना सुक्दै जान्छ, अनि त जनताहरु आक्रोशको ज्वाला निकाल्न सुरु गर्छन । त्यसैले नानी देखिनस बम बारुदको बिचमा हुम्मिनु भन्दा र बिच सडकमा टाएर बाल्नुभन्दा यो बोतलको पानिसँग दु:ख साट्नु ठिक लाग्छ ।

के गर्नु वैनि बाटोको बटुवा बाटोमानै निदाईन्छ । “लौ दाई, हजुरलाई जति संझाए पनि लाग्दैन ढिला भैसक्यो”- म लाग्छु ल दाईले भनेको ठिकै रहेछ । हाम्रो देशको गति बाटोजाम गरेर के पाउने हुन अब कसरी पुग्ने शहर ? कति सपना बोकेर हिडेका थिएँ । मृत शरिर जमिनमा ढलेको छ, जहाँत्यहि लासको पसारो छ तर पनि लाशको छाति माथि टेकी तोडफोड गर्न छोडेका छैनन् ।

ओई तलाई मर्न मन छ, यो भिडमा उभिएकी ? नाई नाई मलाई मर्नु छैन मलाई केहि नगर्नुस नाई ......... सबिता के निदमा पनि नाई नाइ भनेकी उठ क्या । कस्ले के गर्यो तलाई ? निदरिले परेलिलाई छोड्यो, अन्जान जस्तो गरि नयन उठ्यो, कता कता डरले मन अत्तालियो, घाँटी सुकेको थियो, पसिनाले निथ्रुक भिजेको थियो । कस्तो सपना देखेको होला अनि मेरो नजर सितातिर जुध्यो । सिता, तेरो हातमा चुरोट- मैले त सोचेकी थिए, तँ मेरो असल साथी जस्ले चुरोट, रक्सि छुदैन तर तँ मैले सोच भन्दा फरक रहेछस् ।

आ.... सबिता पनि कस्तो कुरा गर्छे । तसँग फाल्तु कुरामा बक्वास गर्नुभन्दा नबोलेकै राम्रो । तँ जुन सच्चाईको बाटो खोज्दै हिड्छेस्नि, सधैपछि पर्छेस्, “धर्म गरे कर्म जान्छ, पाप गरे फलिफाप हुन्छ”, हेर त साथीहरु कति मजाले जिन्दगी जिएका छन आखिर पैसा कमाउन त हो, दिनमा दुईचारजना पटाईयो भने त दश विश दिनार कमाईन्छ । जस्को साथमा पैसा छ, उसंग घर, गाडी र इज्जत हुन्छ । तैलेजति ईमान्दारको रोटि खोज्छेसनि उतिनै बदनामको आँशु मिल्छ अनि तेरो जिन्दगी गहिरो तालमा डुब्छ, पातमा परेको सितको थोपा जस्तो हुन्छ, बुझिस् ।

तेरो घिनौना कुरा सुन्नु छैन्, मलाई । दुई चार पैसाले तेरो ईज्जत किन्लिस तर ईमान्दारिता होईन । तँ मा हुनुपर्ने जुन स्वाभिमान छैन, जुन एक नारिमा हनुपर्ने हो । “तँ यहाँबाट गहिहाल ।“ हे दैब ! कस्तो लिला रच्यौ तिमीले हेर आज हाम्रा दिदि बैनि आफ्नो जिउको खेति दिनारमा गर्दैछन् । बास बस्ने घर पनि वेश्यालय बनेको छ । म पनि कस्तो अभागि यो मरुभुमिमा कैले कहाँ कैले कता कर्मसँग ठोकिदै हिडे । थकाईका आँखा बन्द गर्छु सपनामा पनि दु:खले पच्छाउछ, परेली उठ्छ, वेश्यालयभित्र बिचित्र देख्नुपर्छ । मान्छे भएर पनि मान्छेको ईज्जत छैन्, यहाँ । आफ्नो जिउलाई दुई चार भलादमी भनाउँदाका ओच्छ्यान बनाएका छन् । आँखा बन्द गर्छु, अंधेरि रात काट्न । फेरी बिहानी पखले छुन्छ अनि म अघोषित वेश्यालयभित्र आफूलाई पाउँछु ।

मेरो दिनचर्या यसरी नै बित्दै गए, दिन भरि सोह्र घन्टाको ड्युटि गर्नुपर्थ्यो, डियुटि सकिएपछि म फेरि उहि वेश्यालयभित्र दिनारमा जीउ ओच्छ्याउनेहरुको चर्तिकला हेर्न बाध्य हुन्थे । साथीहरु मेरो मुखमा दिनारको बिटो देखाउदै, लौ हेर पाँच दश मिनेटमा पाँच दश दिनार आउँछ । तँ सोह्र घन्टा उभिएर पनि यति धेरै पैसा कमाउन सक्दिनस् । भोलि मरेपछि माटोमा मिलाउने शरिर हो जिउडाल देखाएर के काम एक छिन ओच्छायो दस बिस दिनार आउँछ ।

उनीहरुको पेशानै जीउ दिनारमा बेच्ने काम थियो । मैले संझाउन खोज्दथे तर सुन्दैनन्थें, पचास साठि दिनार कमाउने लोभमा पाकिस्तानी, बंगाली, ईजिवशियन, कुवेती जस्ता उनीहरुको दिनार बन्थे । उनीहरुलाई यो पनि थाहा थियो नै, यस्तो क्रियाकलपबाट एच आई भि जस्तो प्राणघातक रोग लाग्न सक्छ, यौन रोग सर्न सक्छ तर पनि मजा दिने पैसा लिने व्यवसाय देखेर होला, उनीहरुले जिन्दगी चिन्न सकेनन् ।

सोह्र घन्टाको डियुटि सकिएपछि कोठामा आयो कुवेतीका साथमा चुरोटको धुँवा, हुस्किको बोतल अनि अर्धनङघ्न शरिर एक अर्कामा लिप्त हुदै मदहोसमा हुन्थे । देखेर पनि नदेखेको जस्तो गरि बस्नुपर्थ्यो, थकाई लागेको हुँदा कोलाहाल मच्चाइए पनि दुई नयन परिबन्धनमा पर्थे ।

सपनीमा पनि कैले भिर, कैले पाखामा लच्छारिएको देख्थे । आफुमाथि कुनै बज्रपात परे जस्तो गरि चिच्चाउदै हिड्थे । सपनीको चित्कारले आफै झंसंग हुदै बिउँझन्थे अनि मेरा आँखा निवर्त्र अर्धनग्न भएका दिदि बैनि माथि पर्थ्यो । रक्सिको बोतल हातमा लिएर जमिनमा पसारिएको हुन्थे, उनीहरु । सायद उनीहरुलाई त्यही स्वर्ग लाग्थ्यो तर म भने चुरोटको धुँवा र रक्सिका वोत्तलहरुले घेरिएको अघोषित वेश्यालयभित्र हुन्थे ।


[ यो कथा काल्पनीक हो कसैको जिवनमा मेल खाएमा संयोग मात्र हुने छ ।-Writer ]

जानकी, कुवेत
Read more >>


मनोज दाहाल- कथामा चार पात्र छन्- वाइके, उसकी पत्नी, फलानो र उसकी पनि पत्नी। कथामा फलानोकी पत्नीको भूमिका गौण छ। मुख्य भूमिका वाइके, उसकी पत्नी र फलानोको छ। वाइके र उसकी पत्नीबीचको नौ वर्ष लामो वैवाहिक जीवन फलानोकै कारण कसरी तहसनहस भयो? कथा यसरी सुरु हुन्छ :

२०६८ असार १५।
‘तपाईं आफ्नी स्वास्नी तह लगाएर राख्न सक्नुहुन्न? ऊ जहिल्यै मेरो बुढोलाई आपत्तिजनक एसएमएस पठाउँछे, आइ लभ यु, डार्लिङ, मिस यु, केके लेख्छे। तपाईंकी स्वास्नीले गर्दा मेरो त घरै बिग्रिने भयो, ऊ पहिल्यैदेखि मेरो बुढोको गर्लफ्रेन्ड रहिछ, यस्तो थाहा पाएकी भए म बिहे नै गर्ने थिइनँ।'

यो दिन वाइके कार्यालय जान तयार भइरहँदा उसको ल्यान्डलाइनमा अचानक यस्तो फोन आएको थियो। थाहा पाइहाल्यो- लाइनमा उतापट्टि फलानोकी श्रीमती थिई। ऊ खङ्रंग भयो। कहिल्यै नचिनेकी महिलाले पत्नीको नाम लिँदै उसलाई रुखो स्वर गर्दै थिई। साढे आठ वर्षदेखि वाइकेको छातीमा घाउ बिझेको थियो। पत्नी र फलानोबीच झाँगिएको सम्बन्धको घाउ। लानोकी पत्नीले नै फोन गरेपछि वाइके टुंगोमै पुग्यो- उसले जे शंका गरेको थियो, त्यो साँचो रहेछ । लामो खटपटले वाइके र उसकी पत्नीको सम्बन्ध यसै कमजोर भइसकेको थियो। उसलाई लाग्यो- अब डिभोर्सबाहेक अरू विकल्प छैन।
...
२०५९ फागुन २६।
यो दिन वाइकेको बिहे भएको थियो । ऊ काठमाडौंबाट बिहे गर्न गाउँ गएको थियो। सुरुमा कुरा चलेको केटीसँग केके नमिलेर बिहे हुन नसकेपछि हतारहतारमा उसको अहिलेकी पत्नीसँग बिहे भएको थियो। ऊ पनि अहिले त भूपू भइसकी।
खुब खुसी थियो वाइके। पत्नी पनि खुसी देखिन्थी । वाइकेलाई लागेको थियो, जीवन यति रोमाञ्चक हुने थाहा पाएको भए अलि पहिले नै बिहे गरे पनि हुने रहेछ। उसका केही महिना केही दिनजसरी बिते ।

केही महिनापछि पत्नीले भनी, ‘बिहेभन्दा अघि मेरो फलानोसँग सम्बन्ध थियो। हाम्रो सम्बन्ध त साधारण हो तर मान्छेहरूले धेरै कुरा काटे।' वाइकेलाई त्यसबेला आफ्नी पत्नी विचरीजस्तो लागेको थियो। उसले मन फराक पारेको थियो- उमेर पुगेका, बिहे नभएका केटाकेटीबीच सम्बन्ध हुनु कुन नौलो कुरा भयो र!

वाइकेलाई भने बिहेअघि पनि केटीहरूसँग लाज लाग्थ्यो। उसले जीवनमै सिधा आँखाले हेरेको पहिलो महिला उसकी पत्नी नै थिई। लभसभको चक्करमा ऊ कहिल्यै परेन । तैपनि छाती ठूलो पारेर उसले पत्नीलाई भन्यो, ‘पुराना कुरा बिर्सिदेऊ, अब हामीले एउटा बेग्लै संसार बसाउनुपर्छ, वास्तविकता यही हो।' भन्न त भन्यो तर त्यही दिनदेखि उसलाई पत्नीले लुकीलुकी कतै फोन/एसएमएस गरेको आभास हुन थाल्यो। उसले पत्नीका गतिविधिमा अलि ध्यान पनि दिन थालेको थियो।
हो रहेछ । उसकी पत्नी फलानोलाई दैनिक आठदस चोटि नै फोन/एसएमएस गर्दिरहिछ। फलानो र उसकी पत्नी रातबिरात, दिउँसोबिहान केही नभनी फोन/एसएमएसमा भिडिरहँदा रहेछन्।

वाइकेले धेरैचोटि पत्नीलाई सम्झायो, ‘तिमी अब फलानोलाई फोन नगर, एसएमएस नपठाऊ, ऊबाट टाढै बस।' पत्नी पनि मुखेन्जी त हुन्छ भन्थी। फलानोको एसएमएस पाएपछि भने उसको मन पनि चुमचुम गरिहाल्दो रैछ। एसएमएस शृंखला जारी रह्यो ।

...
२०६१ असोज २३।

यो दिन वाइकेको पहिलो छोरा जन्मेको थियो। केही दिन त छोराको हेरचाह, न्वारान र त्यसकै सेरोफेरोमा बित्यो। वाइके र उसकी पत्नी दुवै रमाएका थिए। व्यस्त पनि थिए । केही महिनामै फलानो र उसकी पत्नीको एसएमएस दोहोरी सुरु भइहाल्यो । राति, दिउँसो, बिहान जुनसुकै बेला पत्नीलाई फलानोको एसएमएस आउने थाहा पाएपछि वाइके रन्थनिन थाल्यो। पत्नीलाई सम्झाउँथ्यो। ऊ भन्थी- हामी दाजुबहिनी हौं । लुकीछिपी उनीहरूको एसएमएस पढ्दा वाइकेलाई रत्तिभर विश्वास लाग्दैन थियो। उनीहरूका शब्द लोग्नेस्वास्नी जत्तिकै निकट थिए ।

उसलाई भित्रभित्रै आफूचाहिँ बाहिरी मान्छे, आफ्नी पत्नी र फलानोचाहिँ लोग्नेस्वास्नीजस्तो लाग्न थाल्यो। टाउको बेस्कन दुख्न थाल्यो । मनमा हुन्डरी चलेको थियो। सुनाउने मान्छे कोही थिएन । एक दिन पत्नीलाई भन्यो, ‘एसएमएस पठाऊ, मेरो कुनै आपत्ति छैन, तर त्यहाँ प्रयोग हुने शब्दहरूसँग मलाई आपत्ति छ।' उसले त्यो दिन पत्नीलाई धेरै बेरसम्म खेरिरह्यो, ‘फलानोसँग दाजुको सम्बन्ध हो भन्छौ तिमी, एसएमएसै पिच्छे आइ लभ यु, डार्लिङ, किस यु, मिस यु लेख्ने कस्तो दाजुबहिनीको सम्बन्ध हो?'

पत्नीले केही होइन भनिरही। भन्थी, 'कस्तो शंकालु मान्छे, दाजुबहिनीको सम्बन्धमा पनि विश्वास नगर्ने!' फलानोसँग वाइकेकी पत्नीको सम्बन्ध भने बिस्तारै झ्यागिँदै गयो । ऊ कार्यालय गएको बेलामात्र होइन, घरमै बसेका बेला पनि उसकी पत्नी फलानोसँग फोनमा लामोलामो कुरा गर्न थाली । वाइकेले घरमा फोन जोडेको थियो। त्यसको बिल जहिल्यै बढीबढी आउन थाल्यो। डिटेल्सबाट थाहा पायो, उसकी पत्नी फलानोलाई लामोलामो एसटिडी कल गर्दिरैछे। रातबिरात, जुनसुकै बेला। उनीहरू घन्टौं फोनमा बिताउँथे ।

यसैबीच फलानो एसटिडीबाट लोकल नम्बरमै आइपुग्यो, सरुवा भएर। त्यसपछि वाइकेको ल्यान्डलाइन बिल अचानक ओर्लियो। फलानोसँग उसकी पत्नीको सम्बन्ध भने फोन/एसएमएसबाट एक कदम अगाडि बढ्यो। उनीहरूबीच नियमित भेटघाटै हुन थाल्यो । वाइकेलाई छिमेकीले भन्न थाले, ‘तिम्रो घरमा त दिउँसोदिउँसो एउटा केटा बाइक लिएर आउँछ र दिनभरि बसेर जान्छ।''हामी उनीहरूलाई दिनभरि छतमा जिस्किएको देख्छौं।' बैंकमा काम गर्ने फलानो मार्केटिङको बहानामा वाइकेको घर आउँदोरहेछ र दिनभरि बसेर जाँदो रहेछ । उसको टाउको झनै रनन्न हुन थाल्यो। लामो समयदेखि शंका गर्दै आएको फलानोको पत्नीसँग नियमित उठबस नै हुन थालेको थाहा पाएपछि वाइकेको निद्रा हरायो । यसैबीच फलानोको बिहे भयो ।

वाइकेलाई लाग्यो, अब त मेरो घर सुध्रेला। 'बिहे भइसकेपछि त फलानोले मेरी श्रीमतीलाई आइ लभ यु डार्लिङ, मिस यु भनेर एसएमएस पठाउँदैन कि!'नभन्दै एकदुई महिना एसएमएसको भोल्युम निकै पातलो भयो । वाइकेको आशा लामो टिक्न भने सकेन। फेरि एसएमएस दोहोरी सुरु भइहाल्यो, पुरानै गतिमा ।

...
२०६६ साल जेठ २८।
यो दिन वाइकेको कान्छो छोरा जन्मेको थियो। वाइके श्रीमती स्याहार्थ्यो, बच्चाको हेरचाहमा व्यस्त हुन्थ्यो। अब त आफ्नी पत्नीसँग फलानोको सम्बन्ध टुंगिएला कि भन्ने आशा गर्थ्यो । यसैबीच वाइके परिवार धोबीघाटको डेराबाट कपनको घरमा सर्यो। आफू, पत्नी र छोराहरूको भविष्यका लागि एउटा घर आवश्यक छ भन्ने ठानेर उसले ऋणपान गरेरै भए पनि बासको प्रबन्ध गर्यो ।

वाइकेले बच्चा स्याहार्यो, पत्नी स्याहार्यो, बासको प्रबन्ध गर्यो। घर स्याहार्ने उसको प्रयास भने सफल हुन सकेन। उसकी पत्नी र फलानोबीच फोन र एसएमएसको दोहोरी जारी नै रह्यो । आफू कार्यालय गएका बेला उसकी पत्नीलाई भेट्न फलानो घरमै आइरहने वाइकेले थाहा पाइरह्यो । तैपनि वाइके घर भाँड्न नदिने प्रयासमै लागिरह्यो। दुवै छोरा हुर्कंदै थिए।
वाइके र पत्नीको सम्बन्ध भने कसरी चर्किसकेको थियो भने उनीहरू एउटै घरमा पनि बेग्लै कोठामा बस्न थालेका थिए। औपचारिकता बाहेक अरू बोलचाल हुन्थेन। भेट हुँदा आँखा तरेर हेर्थे। सम्बन्धको सबै रस निखि्रसकेको थियो । यहीबीच २०६८ असार १५ आयो जुन दिन फलानोकी पत्नीले वाइकेलाई फोन गरी र ‘आफ्नी पत्नी सम्हालेर राख्न' सम्झाई।
...
२०६८ साउन १४।
पत्नी र फलानोको सम्बन्धले आजित भइसकेको वाइकेले यो दिन पशुपति मन्दिरमा फलानोलाई भेट्यो र भन्यो, ‘तपाईं र मेरी श्रीमतीको एसएमएस दोहोरीले म वाक्कै भइसकेँ। तपाईंहरू दुईजना आइ लभ यु र डार्लिङको सम्बन्धबाट धेरै अगाडि जानुभएको हो भने मेरो भन्नु केही छैन, स्विकार्नुस् मेरी श्रीमती। मलाईचाहिँ छुट्कारा चाहियो। दुइटी श्रीमती अरूका पनि हुन्छन्, लानुस्। लगेर सँगै राख्नुस्।'

फलानोले उल्टै वाइकेलाई सम्झायो। भन्यो, ‘लौ, के कुरा गर्नुभएको, वाइकेजी? तपाईंकी श्रीमती त मेरी छिमेकी बहिनी हुन्, के अरूको लहैलहैमा लाग्नुभएको?' विचरा वाइकेले कसरी पो विश्वास गरोस्! उसले झन्डै नौ वर्षदेखि पत्नीको व्यवहार झेल्दै आएको थियो। फलानो र आफ्नी पत्नीको फोन/एसएमएस दोहोरीले ऊ अब पागलै हुनमात्र बाँकी थियो।
वाइकेले फलानोलाई भन्यो, ‘तपाईंहरू दुईलाई बिहेअघिदेखि नै सबैले शंका गरिआएका रहेछन्, अहिले आएर मैलेमात्र कसरी पत्याउने? ठिक छ, तपाईंहरू दाजुबहिनी नै हो भने हाम्रो घरमा आउनुस् र मेरी श्रीमतीको टाउकोमा हात राखेर 'तिमी मेरी बहिनी हौ' भनिदिनुस् न त!'

फलानोले भन्यो, ‘हुन्छ, यत्ति गर्न मलाई कुनै आपत्ति छैन।' घर सप्रेला कि भन्ने झिनो आशा वाइकेको मनमा पलायो । तर, त्यसपछि फलानो कहिल्यै देखिएन । फोन/एसएमएस दोहोरी भने चलिरह्यो।
...
२०६८ भदौ ५।
यो दिन वाइकेकी पत्नीको जन्मदिन परेको थियो। पत्नीसँग नबोलेको महिनौं भइसके पनि उसलाई लाग्यो- आजकै शुभदिनले हाम्रो जीवनको तिक्तता मेटिहाल्छ कि! उसले अझै एकबाजी प्रयास गर्ने विचार गर्यो । त्यही आशामा उसले पत्नीलाई भन्यो, ‘ह्यापी बर्थडे टु यु।'

एउटै घरमा सँगै बस्ने पत्नीलाई एसएमएस पनि पठायो, ‘तिमीलाई जन्मदिनको धेरैधेरै शुभकामना। जे हुनु भइसक्यो, आजको दिनले हामी दुवैलाई सँगै मिलेर बस्न प्रेरणा देओस् भन्ने प्रार्थना गर्न चाहन्छु।' पत्नीको जन्मदिनको तीन दिनअघि वाइकेलाई लागेको थियो, अब पत्नीसँग एउटै घरमा बस्न सकिँदैन। छुट्टिनुबाहेक विकल्प छैन। तैपनि उसले पत्नीसँग अन्तिम संवाद गरेको थियो, ‘अब जे गर्ने भए पनि निर्णय गरौं। कि छुट्टिऔं, कि मिलेर सँगै बसौं। म त भन्छु- हुने हुनामी भइसक्यो, पुराना कुरा सबै बिर्सिदिऊँ, यी दुईजना लालाबालाकै लागि भए पनि साझा समझदारीमा सँगै बसौं।' पत्नी केही बोलिन। उसले बोलुन्जेल चुप लागेरै सुनिरही।

वाइकेले भन्यो, ‘सँगै बस्न तिमी मान्दिनौं भने भदौ १७ गते म घर छाड्छु।' उसले पत्नीलाई दुई साताको म्याद दिएको थियो । पत्नीले यत्तिचाहिँ भनी, ‘तपाईंको घर हो, किन छाड्नुहुन्छ? मै छाड्दिउँला नि!' सँगै मिलेर बस्न सकिने/नसकिनेबारे पत्नीले एकै शब्द नओकलेपछि वाइके झनै दिग्दार भएको थियो। तैपनि उसले जन्मदिनमा पत्नीलाई फकाउने अन्तिम प्रयास गर्यो ।

...
२०६८ भदौ १५।
यो दिन वाइके कार्यालय गएको मौकामा पत्नीले घर छाडेकी थिई । बेलुका ऊ घर आउँदा पत्नी थिइन। कहिलेकाहीँ राति ढिला घर आउँथी। कम्प्युटर सिक्दैछु भन्थी। त्यो दिन भने ऊ अबेरसम्म पनि आइन । वाइके झनै रन्थनियो। पत्नी खोज्न पुलिस गुहार्यो। सासुससुरालाई फोन गर्यो। सासुससुराले उल्टै हप्काए, ‘हामीले तिमीलाई छोरी दिएका हौं, तिमीले नै खोज्नुपर्छ।'पछि थाहा पायो, सासुससुरा भने छोरीसँग निरन्तर सम्पर्कमै रहेछन्।

पत्नीले घर छाडेपछि दुईदुई बच्चाको एक्लै पालनपोषण गर्न नसकेर वाइकेले कान्छो छोरालाई बुबाआमासँग गाउँ पठाइदियो। काठमाडौंमा पढ्दै गरेको जेठो छोरालाई पनि भाइको डेरामा राखिदियो। ऊ पनि घरमा ताला लगाएर कहिले भाइहरू, कहिले दिदीहरू, कहिले साथीहरूकहाँ गएर रात गुजार्न थाल्यो । नौवर्षे सम्बन्धको सबैभन्दा तनावपूर्ण दिनहरू थिए ती।
अलि दिनपछि पत्नीले वाइकेलाई एसएमएस गरी, ‘मेरा दुई छोराको बाउ तपाईं नै हो भन्ने प्रमाण के छ?' ऊ अब फलानोसँग आफ्नो सम्बन्धबारे खुल्न थालेकी थिई। वाइकेलाई हेप्न थालेकी थिई ।

वाइकेलाई लाग्यो, अब कानुनी रूपमै छुट्टिनुबाहेक अरू विकल्प छैन। फलानोसँगको सम्बन्धमा गहिरोसँग डुबेकी उसकी पत्नी पनि बिस्तारै डिभोर्सकै बाटो खोज्न थालेकी छ भन्ने वाइकेले सुन्न थालेको थियो । डिभोर्सको कानुन धेरै कडा थियो वा अर्को शब्दमा भनुँ, धेरै नरम थियो। लोग्नेमान्छेलाई धेरै कडा, स्वास्नीमान्छेलाई धेरै नरम । पत्नीले चाहे एकै दिनमा डिभोर्स गर्न मिल्ने नरम कानुन। पतिले अदालतमा डिभोर्सको निवेदनै दिन नपाउने कडा कानुन । वाइके पति थियो अर्थात ऊ जति नै पीडित भए पनि एक्लै डिभोर्स गर्न पाउँदैन थियो।
धन्य! उसकी पत्नीले पनि डिभोर्स नै चाहेकी थिई । एक दिन वाइके र उसकी पत्नी सिनामंगलको एउटा रेस्टुराँमा भेटे। पत्नीले भनी, 'म डिभोर्स दिउँला, कति पैसा दिनुहुन्छ?'वाइके पत्नीलाई डिभोर्सवापत साढे तीन लाख अंश दिन राजी भयो।
...

२०६८ पुस १८।
यो दिन वाइके र उसकी पत्नीको डिभोर्स भएको थियो । अघिल्लो दिन पत्नीले काठमाडौं जिल्ला अदालतमा डिभोर्सको मुद्दा हालेकी थिई। साढे तीन लाख बुझी र कागजमा दस्तखत गरिदिई । अदालतले वाइके र उसकी पत्नी सँगै बस्न नसक्ने भएकाले सम्बन्ध विच्छेद भएको फैसला सुनाइदियो । डिभोर्सको चार दिनअघि मैले भेट्दा वाइके निराश, दुखी र अवशादले भरिएको देखिन्थ्यो। उमेरभन्दा कम्तिमा पाँच वर्ष बुढो भएको थियो। नौ वर्षको सम्बन्धले विचरालाई गाल्नुसम्म गालेको थियो । झुस्स दारीजुँगा पालेको थियो । जीवनमा उसले एउटै स्वास्नीमान्छेसँग सम्बन्ध जोडेको थियो। त्यही तिक्ततामा जीवनको महत्वपूर्ण समय गुजारेको थियो ।

वाइकेले मलाई भन्यो, ‘बुझ्नुभयो, यी स्वास्नीमान्छेको केही भर हुँदैन रहेछ, थुइक्क!'म हाँसेमात्र ।

डिभोर्सको एक महिनापछि बानेश्वरमा भेट्दा भने वाइकेको अनुहारमा एउटा चमक थियो। एक महिनाअघि भेटेभन्दा त कति फरक, कति। दारीजुँगा काटेर ऊ अर्कै देखिएको थियो। ह्यान्डसम । मलाई देखेर ऊ मुस्काएको थियो । हामी बबरमहलसम्म हिँड्दै आयौं, सँगै चिया खायौं र एकछिन बात मार्यौं। जेठो छोरालाई पनि उसले बुबाआमासँग गाउँ नै पठाइदिएछ। एक्लै कसरी केटाकेटी हेरोस् विचरा !

कपनको घर बेचेर सबै ऋण तिरिदिएछ। अहिले ऊ कहिले भाइ, कहिले दिदी र कहिले साथीहरूको कोठामा रात गुजार्दो रहेछ। मान्छे भने फ्रेस देखिन्थ्यो । मैले जिस्क्याएँ, ‘फेरि बिहे गर्ने होइन त?'जवाफमा वाइके मुस्कायो। अग्लो र पातलो ज्यानको ऊ मुस्काउँदा अझ ह्यान्डसम देखिएको थियो ।


श्रोत: नागरिक
Read more >>

- जे. बी. शेर्पा

नमस्ते सर !
मुसुक्क हाँस्दै नरे सरासर भित्र आउँछ र दुवै हातमा बोकेको थाललाई गाउँमै बनाईएको काठको बांगोटिङ्गो टेबुलमाथि राख्छ र तरकारी लिएर आउंछुहै सर भन्दै हुईकीएर लगतै बाहिर निस्कन्छ ! तात्तातो वाफ उडिरहेको ताजा परिकार उनीहरुको अगाडी हुन्छ ! तरकारी लिएर नरे पुन: प्रकट हुँदै भन्न थाल्छ खानुस सर मेरो दिदीले पठाउनु भएको , चंचल , वालशुलभ नरे फेरी बाहिरिन्छ !

एकाएक दुवैजना ढल्किरहेको ओछ्यान छाडी ढिँडो नजिकै बस्न आई पुग्छन र रमाइलो सुरमा मुखामुख गर्न थाल्छन, पुर्वजानकारीविना आइ पुगेको त्यो ढिँडोले दुवै लाई अलमल्ल र चकित पारिरहेकोछ ! अनभिज्ञ र कौतुहलयुक्त ति दुईजना कस्ता देखिन्छन भने मानौ बाघको डमरुहरुले पहिलो पटक शिकारको अनुभव गरिरहेको होस् र शिकार संग नजानेर खेल्न खोजिरहेकोहोस ! कसको आग्रहमा आज यो ढिँडो यहाँ आई पुग्यो ? किन पठायो ? एक अर्कालाई प्रश्नोत्तर गरि रहन्छन अनि नयाँ ठाउँमा त्यसरी एक्कासि आई पुगेको ढिँडो र नरेको दिदी प्रति केहि शंकाको पातलो धुवाँ नउढेको पनि हैन तर त्यस्तो ठानीहाल्न कुनै उचित कारण चाहिन्थ्यो जुन थिएन ! उनुहरुमा छाएको एक प्रकारको कौतुहलता , उत्सुकता र चंचलपन दुवैको छटपटी र हाउ भाउ बाट प्रस्टै देखिन्छ ! प्रश्नहरु अनुत्तरित रहँदा रहँदै ढिँडोको आकार सानो र झन् सानो हुन थालीसकेको थियो ! राजधानी शहरमा जन्मेहुर्केको नेवारको छोरो श्यामले ढिँडो धेरै खान सकेन , किरण भने थाल्नै खाउँलाझैं गरि चरम स्वादमा ढिँडो निली रहेथ्यो ! निलिएका प्रत्येक ढिँडोका डल्लाहरु शतप्रतिशत गाउँको महक , स्वाद र ताजापनले भरिएको थियो , तर प्रत्येक ढिँडोको गाँस संगै वारम्बार उही अनुत्तरित प्रश्नहरु पटक पटक दोहोरीईरहेको थियो ! किरणले ढिँडोको मिठो स्वाद संगसंगै कताकता मनमा चिसो पसेको अनुभव पनि निलीरहेको थियो ! प्रशंगवस् उसले अस्ति भर्खरै गाउँलेहरु सित ढिँडो खान अति मनपर्छ भन्ने कुरो सुनाएको थियो ! झट्ट दिमागमा त्यहि कुरा नाच्नथाल्यो र त्यसले उसको मथिंगलमा झन्न झन्न करेन्ट हान्यो ! आजको यो तात्तातो स्वादिलो ढिँडो उनीहरुको अगाडी बिना पुर्वसूचना आइपुग्नु पक्कै पनि त्यसैको परिणाम हुनु पर्छ , तर यो कुरा उसले श्यामसंग खुलाउन चाहेन ! उता श्यामलाई भने कौतुहलता बढी रहेको भानहुन्छ , बाहिर आँगनमा नरे लाई बोलाउँछ र ढिँडो मात्र नभएर गाउँघरको खानाहरुजति सवै मनपर्ने , स्वादिलोर पोषिलो हुने बताउँदै उसको दिदीको वरिपरी कुरो पुरयाउन अझ अन्य कुराहरु कोट्याउन थाल्दछ र .....जवाफमा नरे भने बालशुलभ चंचल्तामा छोटो उत्तर हो र होइन , छ र छैन अनि खै थाहाछैन भन्ने शब्दहरु मात्र जवाफ दीईरहन्छ ....! बालसुलभ नरेको अनुहारमा निश्छलता र बोलीमा सत्यता भन्दा बाहेक केहि पाउँदैन श्यामले !
"नाम त सानुमायाँनै रहेछ नि !" सानुमायाँको विगत र वर्तमान वारे अर्को दिन श्यामले निकै जानकारी बटुलिसकेको हुन्छ र भित्र गढ़न लागेका आँखा र रुन्चे लाग्ने अनुहारमा विशेष चमक देखाउँदै एउटा नव प्रेमीको भावमा त्यस साँझ किरणलाई फुर्तिसाथ सुनाइरहेको हुन्छ मानौं उसले कुनै बाजी जितिरहेकोछ ! करिब ३५ वर्षे उमेर , मझौलो कदकाठीको श्याम यस गाउँमा संचालित एक सानो योजनाको निमित्त खटिएर आएको ओभरशियर हुन्छ भने त्यस योजनाको ठेकदार किरण हुन्छ ! करिव उस्तै कदकाठी उमेर र शहरिया र पढालेखा अनि एकै कामका लागि आएकाले हुनसक्छ एक दुई हफ्तामै दुवै घनिष्ठ साथी जस्तै हुन्छन ! दुवै गाउँकै एक घरमा बसेका हुन्छन ! कामका लागि बाहिरबाट ल्याएका कुल्लीहरू भने वरपरका घरमा बाँडिएर बसेकाहुन्छन ! सवैको कामगर्नुपर्ने साईट भने अलि तल चिसो र सिरेटो युक्त खोलामा हुन्छ ! ठाउँ , परिवेश , संस्कृति , मानिस सवै नयाँ छन् , दुवैमा उत्सुक्ताछ , लगावछ ! त्यस निरस ठाउँमा आजकाल निकै चहल पहल बढेको छ रौनकता छाएकोछ ! बर्सातको भेल आउनु अघिनै त्यो खोलाको काम सकी सक्नुपर्ने भएकोले कामको चहल पहल बढेकोछ , नत्र अधुरो काम र वरपरका सर-सामानहरु सवै बगाएर नामो निशानानै मेटाई दिन्छ !

अचेल केहिदिनयता किरण अलिक सम्हालिएको हुन्छ , विशेष गरि सानुमायाँ बाट ! नुहाई धुवाई इत्यादि गर्नु पर्दा धारा वरिपरी सानुमायाँको अनुपस्थिथि को अवस्थामा मात्र गर्न खोज्छ यात खोलामै त्यो काम भ्याएर आउँछ , तर सानुमायाँको मनमा उस्को व्यक्तित्व वारे नकारात्मक सोचाइ नरहोस भन्ने पनी चाही रहेको हुन्छ र ! यस विपरित ओभरशियर श्याम भने निकै छरितो फुर्तिलो र प्राय गित गुनगुनाई रहने गायकनै बनेकोछ र प्राय सानुमायाँको धारोमा आउने जाने समय लाई विशेष निगरानी गर्छ अनि आफ्नो धारो जाने समयलाई जुधाई दिन्छ ! यस विच किरण अनुभव गर्छ कि ठेकदार र ओभरशियर बिच अथवा भनौं एकै घरमा वस्नेहरु विच हुनु पर्ने विभिन्न विषय उपरका सामान्य र व्यावहारिक कुराकानीहरु भने कमहुन् थालेकोछ ! यस प्रति किरणको खासै दुखेसो र गुनासो र चासो छैन यद्धपी मनमा कतै एउटा अज्ञात भय र आशंकाले ठाउँ जमाउन थालिसकेको हुन्छ !

सुडौल,गोरो र सुन्दर रुपरंगकि धनी सानुमायाँ त्यस निरस उराठ प्रकृतीमाझ फुलझैं प्रतित हुन्छ , लाग्छ उ त्यहाँ नभएर अन्तै कतै सुन्दर स्वप्निल दुनियाँमा हुनुपर्ने हो ! ओभरशियर श्याम सानुमायाँको त्यस सुन्दरतामा यति विध्न मोहित छ कि हरेक साँझ उनकै वारेमा मात्र बिभिन्न कुराहरु गरिरहन्छ , सपना बुन्छ , टोलाएर बस्छ ! किरणको निमित्त त्यो कार्य अनैतिक हो , एउटा कुकर्महो र यस ठाउँमा एउटा जघन्य अपराध घट्न गइ रहेछ , किरणले यहि बुझिरहेकोछ , तर श्याम लाई सम्झाउन नसकिरहेको अवस्थामा लाग्छ त्यो पनि ढिलो भैसकेकोछ ! फेरी सानुमायाँ लाई पनित सम्झाई बुझाइ गर्नु पर्ने हुन्छ जसको लागि उ नायक बनेर श्याम लाई खलनायक बनाउनु पर्ने हुन्छ यात समय लाई दोष दिने अवस्था सिर्जना गर्नुपर्ने हुन्छ , जो उ गर्न सक्दैन !

मायालु मन्दमुस्कान , अनुरोधयुक्त र समर्पित झैं लाग्ने सानुमायाँको हेराई आजकाल पहिले जस्तो छैन यद्धपि किरणको उनि प्रतिको अप्रकट स्रद्धा भने सधैं उस्तै रहीरहेकोछ , यस अर्थमा सानुमायाँ लाई श्यामले आफ्नो स्वार्थ अनुरुप पन्जामा पारिसकेको हुनसक्छ , जसलाई उसको पागलपन बाहेक कुनै प्रेमको नाम दिन सकिंदैन ! उसलाई जबर्जस्ति र करकाप गर्नलाई समेत उ गलत समय र गलत परिस्थितिको परिबन्दमा श्याम संगै बाँधीएकोछ ! श्याम विरुद्ध प्रकट हुने कुनैपनी असहमति र असहयोगको परिणाम कस्तो हुनसक्छ त्यो ठेकदारी पेशाको छोटो अनुभवले पनि उसलाई राम्ररी सिकाइसकेकोछ अझ त्यो पनी मायाँप्रेमको मामिला, तैपनि बेलाबखत आफुलाई एउटा राम्रो साथीको रुपमा उभ्याउँदै उसलाई सम्झाउने हिम्मत नगरेको भने हैन ! धेरै प्रयासको वाबजुद पनी अब उसलाई लाग्छकि यो सम्बन्ध झनै बढ्दै झाँगिदै गैरहेछ , रोक्न सकिंदैन ! सम्झंदै चिन्तित हुन्छ , कथंकदाचित यसले काम बिगारेहाल्यो भने त सवै चौपट हुन्छ , नत तोकिएको समयमै काम सकिन्छ नत उता श्यामको घरपरिवारमा शान्ती नै रहनेछ , अनि सानुमायाँले पाउने सम्भावित दुक्ख:को सुरुवात , त्यसले गाउँलेहरुसंगको सम्बन्धमा पर्न सक्ने असर र त्यसको परिणाम ! अरु भन्दा पनि उ अधुरो कामलाई वर्खाको भेलले सबै बगाउँदै भत्काउँदै लगेको , गाउँले सवै मिलेर थप समस्या खडा गरेको अनि आफु त्यहाँ बाट रातारात भाग्नु परेको जस्ता छोटाछोटा चिसा दुर्घटनाका छालहरु मनमस्तिस्कमा ठोक्कीई रहँदा कहिले काहीं कतै क्विक् स्याण्डमा फस्दै गईरहेको झैं अत्यासलाग्दो अनुभव गर्छ !

श्यामले नैतिकताको सिमा नाघी सकेकोछ ! कहाँ सम्म भने , "" अब अर्को हफ्ता देखि सानुमायाँलाई पनि एउटा देखाउनको लागि काम दिनु परयो किरणजी त्यसो भए पछी गाउँलेहरुले पनी शंका गर्दैनन् मलाई पनी सजिलो "" लाजै पचाएर ङयाच्च दाँत देखाउँदै श्यामको विनम्र आदेश आउँछ ! अब श्याम नियमित त्यस चिसो खोलाको काममा अन्य कुल्लीहरुकै समय तालिका अनुसार जाने आउने गर्छ र प्राय सानुमयाँकै अघि पछी उ मडारिईरहेको देखिन्छ , खानाखाने समयमा प्राय दुवै कतै हराई रहेका हुन्छन ! किरणलाई खोंच अनि बोट बुट्यान पछाडी सानुमायाँलाई नाना भाँती सपना देखाउंदै छिल्लिई रहेको श्यामको घिन लाग्दो अनुहारको कल्पना आउनु सामान्य दिनचर्या जस्तै बनी सकेकोछ , उसले चाहेर वा नचाहेर त्यो सम्बन्ध रोक्न सक्ने होइन , कहिले काहीं आफैं लाई लाचार र हिम्मत हरुवा अनुभव गर्छ ! हरेक हफ्ता मेशको सामानहरु मगाउने लिस्टमा अब दुईचार वटा सामान सानुमायाँको लागि पनि थपिन थालेकोछ ,नयाँ मोडेलको काँईयो ,ऐना , अत्तर , घडी , चप्पल , बुढी आमाको लागि चप्पल र विस्कुट !

धागोको डल्लो झैं गुजुल्टिएको परिस्थिति र समस्यामा केहि फेरबदल भै हाल्लाकी भन्ने आशमा किरणले एक साँझ फेरी कुरा कोट्याउने आँट गर्छ ;

-- अचेल निकै झ्याम्मिनु भएकोछ कस्तो हुँदैछ प्रगति श्याम सर ? श्यामलाई सानुमायाँवारे यसरिनै छिल्लिएको भावमा कुरा गरेको मन पर्छ !

-- केटि एकदम सहिछ किरणजी , मोहनिनै लगायो मलाईत , मत यसलाई कहाँ छाड्छुर !

-- अनि तपाईं दुईटा स्वास्नी संग जीवन विताउनु हुन्छ ? कसरि खुशी राख्न सक्नु हुन्छ दुवैलाई अनि तपाईं कसरि खुशी रहनु हुन्छ ?

--- घरको स्वास्नी लाईत कहाँ थाहा दिने होत ? यसलाई कोठा लिई दिन्छु बाहिरै राख्छु , मैले पाल्न नसक्ने हैन क्यारे ? पछी थाहा पाएपनि विस्तारै कुरा मिलि हाल्छ्नी आइमाई त हो ! मेरो खुशी त अब यहिहो !

-- त्यसरी राम्रो हुँदैन सर , तपाइँहरु तिनैजनाको जीवनमा कुनैपनि खुशी बाँकी रहनेछैन जसले नानीहरुको जीवनमा समेत पछी नराम्रो असर पर्ने निश्चित हुन्छ !

-- हैन मैले यो सित बिहे गरेर अर्को घरजम नगरे पनि यसलाई सहयोग गर्न त मिल्छ्नी ? अर्काले पेट बोकाएर छाडेको अनि समाजमा हेयको पात्र बनिसकेकी केटि लाई मैले यत्रो सहयोग गर्न खोज्नु त मेरो उदारपन हो अनि यिनीहरुको भाग्य हो !

-- मानवीय आधारमा सहयोग गर्न त मिल्छ सर किन नमिल्ने ? तर तपाइँ उ बाट मोहित पनि हुनुहुन्छ , लगेर संगै राख्छु पनि भन्नु हुन्छ अनि सहयोग गर्ने पनि भन्नु हुन्छ ?

-- हेर्नुस ! बरु आफ्नो काम राम्ररी र बेलैमा सकाउने पट्टि लाग्नुस् , सानु मायाँ को चिन्ता नलिनुस बरु मलाई सल्लाह र सहयोग गर्नुस केगर्ने कसो गर्ने भनेर !

-- हैन सर गाउले हरुले यो सम्बन्ध नरुचाएको बुझी सकेको छु मैले , यो अवस्थामा कित तपाइले उसलाई बिहेनै गर्छु भनेर भन्न सक्नु पर्छ र उनीहरुलाई मनाई स्थानीय रित पुर्याई बिहे गरि लैजानु पर्छ , यदि मानवीय सहयोग मात्रै गर्नेहो भने लुकीछिपी बोट बुट्यान पछाडी दिन काटेको कसले निको मान्छ ? तपाइको चाहना त पुराहोला तर मत यहाँ बाट उम्किन पाउँदिन ! किरण आफ्नो जटिल अवस्थालाई विवश र निर्दोष कैदीले झैं वयान गर्छ अस्ति तपाईं काठमाडौँ जानु भएको बेला राती एकहुल गाउँले ठिटा हरु घोचा र भाटा लिएर आएका थिए मातेको झोंकमा , मलाई समेत एकैघानमा मुछेका छन् यिनीहरुले ! सरकारी कर्मचारी लाई कुटपिट गर्यौ भने तिमीहरुको गाउँमा कुनै पनि विकाशको योजना पनि आउँदैन , बेरोजगारी झनै थपिनेछ अनि कुटपिट र धाक धम्कि गर्ने लाई पुलिसले छाड्ने पनि छैन , म सवै मिलाउँछु , सम्झाउँछु किन वित्थामा कुरो नबुझी झगडा गर्ने भनि आश्वासन , डर र मायाँ देखाउँदै बल्लबल्ल फर्काएँ ! त्यस पछी भोलि पल्ट गा.वि.स. अध्यक्ष ले पनि धेरै कुरा सम्झाए मलाई ! पहिलो योजनामा आएको मान्छेले फोस्रा मायाँ र सपनाको महल बनाएर सानुमायाँको निश्छल प्रेममा खेलबाड गर्दै उसलाई बदनाम र दुखी:भएर बाँच्न छाडीदिएछ , अब पनि फेरी त्यस्तै कथा दोहोरिनेछ , यी शहरियाहरु सवै त्यस्तै हुन भनेर यिनीहरुले सोचीसकेका छन् , जस्तै वदनाम भएपनि उ समाजकै छोरीचेलीहो त्यसैले रिस सवैलाई उठ्छ , बेलैमा होस् पुर्याउनुसहै तपाईंहरु भनेका थिए !

.. .. होर ? यिनीहरुले मलाई खोज्न आए रे ? धत्तेरी.. नडराउनुस त्यस्तो नराम्रो केहि पनि हुँदैन .... तपाईको काममा पनि बाधा पर्दैन म सवै मिलाउँछु !

त्यो गन्थन लम्बिएर आधिरात कटी सकेको थियो , बल्ल उता श्याम घुर्न थाल्यो निस्फिक्री ! चकमन्न रात , अब किरणको कानमा तल बगिरहेको खोलाको एकोहोरो स्वाँ स्वाँ र श्यामको घुर्र..... घुर्र... झनै नराम्रो लागि रहेको थियो , उ अझ निदाउन सकिरहेको छैन !

करिव बिस पच्चिसवटा छरिएररहेका घरहरुको एउटा सानो गाउँ हो यो , जसलाई एउटा अग्लो थुम्कोले लुकाएर , छेकेर राखेको झैं देखिन्छ वारि पट्टि बाट हेर्दा ! हुनपनि यदाकदा बाहेक प्राय ढिलो र सुस्त छ यस गाउँको समयको रफ्तार ! वेरोजगारी , गरिबी र वेचैनी संगसंगै अन्य धेरै समस्या हरुले छोपेर राखेको झैं देखिन्छ यस गाउँ लाई ! गाउँ नजिकैको डाँडा बाट देखिन्छ अलिक तल बाट बगिरहेको ठाडो खोला एकनाशे सुसाइमा , त्यसमाथि झनै विरक्तता थपिदिन्छ सल्लाघारीको सुंइँ सुंइँ सुसाइले मानौं असिम विरहमा उ रोइरहेछ ! खोला पारि आकाश छोला झैं चुलिएर गएको खैरो फुस्रो जीवन विहिन लाग्ने विशाल ढुंगे पहरा उत्तरदक्षिण हुँदै फैलिएकोछ ! एउटा सामान्य र औशत खुश मानिसलाई पनि अकारण विचलित तुल्याउछकि भन्ने भन पर्दछ यहाँको यो वातावरणले ! किरण यहीँ पाखामा बसिरहेछ आज, निकैवेर सम्म एक्लै , प्रकृतिसंग एकछिन एकाकार भएर रमाउने र तनाव कम गराउने उसको धेय्य फेरी विथोलिएकोछ् ! तल गाउँको सानुमायाँ को घर आँगनतिर एकोहोरो हेरिरहेको हुन्छ उ माथि बाट , आँगनमा उसकी बुढी आमै मात्र देख्छ , अनि कुदिरहेका कुखुरा र कुखुराका चल्लाहरु , कहाँ के गरिरहेको होला सानुमायाँ यतिखेर ! उ काममा नदेखिएको एक हप्ता बढिनै भैसकेकोछ , सानुमायाँकि बुढी आमा भन्छिन "" ओभरशियर साबले त्यसलाई तालिम दिन भनेर पोखरातिरलगेर राखेकोछ बाबु "" ! त्यस पछी सोधेको पनि छैन कसैलाई यसबारे ! पहिले भए अघि सरेर निहुँ खोज्नआउने केटाहरु पनि आफ्नै तालमा मस्त देखिन्छन , तर श्यामको क्रियाकलाप र भावभंगीमाहरुभने कताकता अस्वाभाविक , रहश्यात्मक र कुटिल प्रतित हुन्छ ! पहिले जस्तो मिलनसार र खुलेर बोल्ने रहेन उ , भित्र गढ़न लागेका आँखा , निरस र रुन्चे लाग्ने अनुहार संग अब बल्ल उसको स्वभाव मेल खाएको अनुमान गर्छ उ ! काम करिब सकिनै सकेकोले उ छिटोछिटो आफ्नो कागजी कामहरु मिलाएर जाने हतारोमा छ , कुनै कुनै सक्न बाँकि काम पनी उसले सकिसकेको भनेर चढाई सकेकोछ !

केहिदिन अघिसम्म निरन्तर हल्लाखल्ला ले व्यस्त रहेको त्यो खोला हिजो आज बाट सुन्सानछ र नजाने कहिले सम्म यस्तै रहनेहो ? अनि यो गाउँ ? जेठको मध्यान्ह , आज दिन सफा छ , चिसो पानी संगैसंगै चिसो सिरेटो बग्ने सानो खोलाको धेरै माथि सिरान तिर ठुलो ढुंगा माथि बसेर किरण एक्लै भ्याएसम्म तलतिर हेरिरहेको हुन्छ एकोहोरो ! तैयार भएको विशेष खाले नयाँ बाँधबाट चम्किने पानी रमाइलो गरि चिप्लेर बगी रहेकोछ ! नजिकै सानो छाँगो दहमा निरन्तर खसी रहेको र फिँझहरु , फोकाहरु निस्कंदै फैलिँदै कुनै कुनै फुट्दै बग्दै तल खस्दै जाने र तलबाट फेरी बगेर जाने अनि फेरी खस्ने क्रम अनवरत चलेको उ हेरीरहेछ ! उसले देख्छ खोलाको पानीको सतह दिनदिनै बढीरहेकोछ , धन्न वर्खा लाग्नु अगावै काम सकियो जसोतसो , एउटा लामो सास फेर्दै उ निश्चिन्त हुनखोज्छ , केहि खुशि साथ् हलुका उ अनुभव गर्छ तर सानुमायाँको अवस्था वारे फेरी अनाहकमा चिन्तित अनुभव गर्छ , पानीमा उ सानुमायाँको उही निश्चल निर्दोष मुस्कान युक्त छायाँ देख्छ ! त्यो श्यामले उसलाई पोखरा तिर लगेर राखेकोछु र छिटै कुनै सानोतिनो तालिम तिर लगाइदिन्छु भेनेकोत थियो तर त्यो शत्प्रतिशत भरपर्दो छैन ! उ कहाँछ के गरि रहेछ ? श्यामले उनलाई कतिन्जेल साथ देला ? अनि श्यामको सुन्दर बनिबनाउ घर ? सुन्दर श्रीमती र उसलाई दिएको वाचाहरुको के होला ? हुर्कन लागेका छोराछोरीहरुको सुन्दर भविष्य र उनीहरुले गुमाइरहेको बाउको न्यानो मायाँ अहिले कुन रुपमा होला ? मान्छे,सृष्टिको सुन्दर रचना तर किन सुन्दर छैन उ ? यी सवै प्रश्नहरुको उत्तर बगिरहेको पानीको फोकाहरु संगै फुट्दै खसेर झन्झन् तलतिर गैरहेकोछ भने सानुमायाँको पानीछायाँलाई पछाडी बाट एउटा पुरुष छायाँले कुटिलमुस्कानमा अंकमाल गर्दै कसीरहेछ ! किरण जुरुक्क उठेर लगातार ढुंगाहरु टिप्दै त्यस पानीछायाँ तिर जोडजोडले फालेर त्यस दृश्यलाई बिथोल्न र मेटाउन खोज्छ तर ......उस्ले त्यस पानीछायाँलाई समेत बिथोल्न सकिरहेको हुँदैन !

स्रोत : समकालीन साहित्य
Read more >>

रश्मी

Posted by eKabita | 10:10 PM | | 0 comments »

- खगेन्द्र पराजुली 'शून्य'
सूर्योदयको कलिलो सिन्दूरे किरणले पूर्वी क्षितिज रङ्गिएको थियो नवदुलहीको सिउँदोझैं। बसन्त ऋतुको नवागमनलाई नयाँ पालुवा, शीतल सर्सराहट र चराहरुको चिर्विराइले भव्य स्वागत गरिरहेका थिए। त्यो नयाँ विहानी नयाँ उमङ्ग बोकेर आएको थियो, साँच्ची प्रेममय थियो त्यो दिन। किरण देउरालीको फलैंचामा बसेर उही सिन्दूरे क्षितिजतिर एकोहोरो टोलाइरहेको थियो, मानौं ऊ कसैको आगमनको प्रतिक्षामा एकाविहानैदेखि चौतारोमा कुरिरहेको छ। ऊ अतीतको महासागरभित्र पौडन थाल्छ, जहाँ उसको जीवनका केही क्षणहरु अविस्मरणीय भएर गुज्रेका थिए। त्यो एकान्त, त्यो मनोरम प्राकृतिक बागमा ऊ घरिघरि गुन्गुनाउछ अन्तरह्दयको गीत, यसरी―
यस्तो पनि हुँदोरै'छ जिन्दगीमा कहिले कहिले, कसैलाई माया गर्नु एउटा भूल गरें मैंले.......

दिन उही हो, स्थान उही हो, आजभन्दा एक बर्षअघि, प्रेम दिवसको दिन रश्मीसगँ घण्टौं अङ्गालोमा बाधिएर जीवन र जगतलाई भूलेको क्षण अनि जिन्दगीमा कहिल्यै नछुटिने कसम खाएको क्षण अहिलेझैं लाग्छ उसलाई। उफ्...! कति पीरो अतीत अनि पीरो हुँदा–हुँदै पनि कति मीठो सम्झना! यो दुखाइ जीवनभर कहिल्यै गुमाउन चाहँदैन ऊ, दुखिरहनुपर्छ मुटुभित्र यो मीठो दुखाइ, पोलिरहनुपर्छ सम्झनाले त्यो कोमल मुटु उसको छातीभित्र। सम्झँदा मात्रै पनि रश्मीको यादले नयनपलक भिजेर आउँछन्, हल्का पवनको सर्सराहटले उनको लामो कपाल उसको गालाभरि सर्सराएको यादले अनायासै ऊ रित्तो गालामा हात पुर्‍याउँछ। समयले आज उसलाई एक्लो बनाएको छ रश्मीको अनुपस्थितिमा। पोहोर साल प्रेम दिवसको दिन उनले उपहारस्वरुप दिएको एउटा डायरी, त्यसमा टाँसिएको उनको हँसिलो प्रतिविम्ब अनि रातो गुलाफ, त्योभन्दा बढी मुटुभरि यादैयाद मात्र उसको साथमा छाडिदिएको छ समयले, तर खै रश्मी? रश्मीलाई समयले कहाँ पुर्‍यायो कहाँ! हत्केलाले भिजेका परेलीहरु पुछेर ऊ लेख्न थाल्छ त्यही डायरीका पानामा―

ह्दयकेन्द्रकी 'रश्मी',
असीम–असीम सम्झना अनि ह्दयभरिको माया स्वीकार है जहाँ भए पनि, यो अभागीको। रश्मी, 'किरण र रश्मीलाई संसारको कुनै पनि शक्तिले अलग गर्न सक्दैन' भन्थ्यौ हैन तिमी? तर गुलाफझैं कोमल ह्दय कसरी पत्थरझैं कठोर भयो तिम्रो? हँ कसरी? हुन त मभन्दा सुन्दर, धनी अनि धरै माया गर्ने मान्छे पायौ होला सायद, त्यसैले त मलाई अनि ती निर्दोष अतितका पलहरुलाई चटक्क भूल्न सक्यौ। तर याद राख रश्मी मैंलेजति माया गर्ने र गरिरहने मान्छे विश्वमा तिमीले कहिं पाउन सक्दिनौ। हो, सम्पति पायौ होला, चिप्ले कारको सफर पायौ होला तर रश्मी, सम्पति त केवल यो झूठो संसारको भ्रम हो। तिम्रो जस्तो निर्दयी मुटुले यस्तो कुरा कसरी पो बुझ्न सकोस् र! जे होस्, तिमी जहाँसुकै रहे पनि खुशी रहू म त यही चाहन्छु। रश्मी, आज मलाई उही पुरानो दिनले चिमोटेको छ नमीठो गरी। आज 'प्रेम दिवस', यतिबेला तिमी कसैको अङ्गालोभित्र हराइरहेकी हौली, म रोइरहेको छु यहाँ एक्लै। झनो आशा मिलनको बोकी यो देउराली कुर्न छाडेकै छैन, मबाट भर्नुपर्ने तिम्रो स्वार्थको भाँडो भरिइसक्यो होला त्यसैले त मलाई सम्झने कोशिश गरिनौ। देउराली यही हो, जहाँ तिमीले मेरो छातीमा खाली सिउँदोसहितको टाउको अड्याएर धेरैबेर रोएको, युगौं नभूल्ने बाचा गरेको, खै सानु, किन यति चाँडै भूल्यौ ती दिनहरु! पोहोर साल यसै दिन हामी यही देउरालीको चौतारीको यही एकान्तमा घण्टौं अङ्गालोमा बाँधिएर चीरकालीन मिलनका कुराहरु गरेथ्यौं, तिमी मदेखि र म तिमीदेखि टाढा हुनुपर्‍यो भने कसरी सहने त्यो क्षण भन्ने कुराले नमीठो गरी पिरोल्थ्यो। तिमी रुन थाल्थ्यौ, म पनि कहाँ आँशु थाम्न सक्थें र! तिम्रो स्पर्श यो कपालभरि अझै अनुभव भइरहेछ। तिम्रा नौनीझैं नरम अधरहरु यी अभागी ओठहरुले खै कसरी भूल्न सक्लान् र! रश्मी, मलाई त मीठो लागेको थियो तिम्रो आगमन मेरो जीवनमा। तर...., तर तिमी त मायाको बगैंचामा फुलेका फूलहरुभित्र टम्म भरिएको गुलियो रस चाख्दै उड्ने भमरा रहिछौ। मभित्र रहेको मायाको घडा चूसेर तिमी खै कता गयौ कता, म यहाँ भ्रमरचुम्बनविहीन फूल बनी भमरा तिमीलाई अझै पर्खिरहेको छु मीठो चुम्बनको आशा बोकेर। मलाई त सधैं ढकमक्क फुलिरहन मन लाग्छ। तर तिमी..., तिमी त फक्रिएको फूल विस्वासघातको रापले ओइलाएको अनि सुकेर खङ्रङ्ङ्ग भएको हेर्न चाहँदिरहिछौ। आखिर के पायौ? हँ के? त्यही क्षणिक मोह? गुलियो रस चुसुञ्जेल चुम्यौ सुकोमल फूल अनि अघाएपछि चटक्कै विर्सेर गयौ, तिमी अघाएर गयौ, तर यो नसोच्नू कहिल्यै तिमीले मलाई नै रित्याएर गयौ। मसगँ तिमीले अहिले पाएको जस्तो हबेली र चिप्ले कार त छैनन्, जुन रित्तिन कतिबेर छैन, तर मसगँ कहिल्यै नरित्तिने मायाको महासागर छ। त्यसैले त मुटुमा विस्वासघातको भाला रोपी जाने तिमीलाई अझै पनि माया गरिरहेको छु अनि गरी नै रहनेछु मृत्युपर्यन्तसम्म पनि।
हरेक पूर्णिमा शीतल जून लिएर आउँथ्यो, हरेक विहानी मीठो धून लिएर आउँथ्यो तर आजभोलि पूर्णिमा रापिलो ताप लिएर आउँछ, विहानी विरह र आन्तरिक चित्कार लिएर आउँछ। खै रश्मी, कल्पना नै गर्न सक्तिन म समय यति निष्ठूरी हुन्छ भनेर, अँह सोच्नै सक्तिन म समयको धूलोले मप्रतिको तिम्रो मीठो मायालाई यति चाँडै छोपिदिन्छ भनेर। बरु ज्यान मार्ने सुनामी सहन्थें, तर आत्मा मार्ने यो पीरो वियोग सहन सक्तिन, भन सानु, अब के गरुँ म? हो, रुढिबादी समाजले टुसाउँदै गरेको मायाको कलिलो विरुवा निमिट्यान्न पार्न खोजेको पनि हुनसक्छ। तर फुच्चु, 'संसार बदल्न पहिले आफैं बदलिनु पर्छ' भन्ने महान् वाणी उत्कर्ष गर्ने तिम्रो कोमल तर विद्रोही मन किन उही कुण्ठित समाजको बन्धनभित्र जकडिन रमायो? आखिर किन? स्वीकार छ मलाई पनि तिम्रो स्वीकारोक्ति। तर रश्मी, विन्ति छ, मलाई जस्तै उसलाई पनि मूल्यहीन खोस्टा बनाएर रछ्यानमा नफाल्नू ल, तिमी त आस्तिक मान्छे, ठूलो पाप लाग्नेछ त्यसो गर्‍यौ भने फेरि। अरु त के भनूँ, उसले तिमीलाई चाहेजति माया दिन सकेन भने म त हरहमेशा सबैभन्दा बढी माया दिन्छु तिमीलाई। चाहन्छ्यौ भने जुनीभरिलाई स्वागत छ मेरो जीवनमा।
उही तिमीलाई जुनी–जुनीसम्म भूल्न नसक्ने अभागी किरण।
भावनामा बगिरहेको किरण झस्किन्छ, शून्यताको प्रतिक्षा उसको, आकाशसरी शून्य–शून्य छ। कसिलो गाँठो गलाभित्र बोकी आँशु पुछेर लामो सास फेर्छ अनि उभिएर पल्लो क्षितिज नियाल्छ केही बेर। हल्का हावाले वरपिपलका पातहरु फर्फराइरहेका थिए,सल्लाघारी विरहलाग्दो सुसेली गाइरहेको थियो

स्रोत : समकालीन साहित्य
Read more >>

कथाकार, आत्मनिष्ठूर बन्दैछु म ।
म वेश्या हुँ, यसो भन्दा मलाई कुनै हिच्चकिचाहट हुँदैन । जब म एकान्तिक हुन्छु, तब विगतका अभिव्यञ्जनाहरुले मेरो घाँटी निमोठ्न थाल्दछन् । प्रश्रव वेदनामा छटपटाइरहेकी स्त्रीझैँ म छट्पटाउन थाल्छु, आफ्नै विगतप्रति । मैले यौनजस्तो नितान्त प्राकृतिक र जैविक तत्वलाई बेचेँ, यौवनलाई पैसासँग साटेँ ।
जीवनको यो प्रहरसम्म आइपुग्दा मात्र मैले थाहा पाएँ, कुनै पनि सम्बन्ध कालजयी हुने रैन’छ । सबै सम्बन्ध फिक्का र स्वार्थले लतपोतिएका हुदाँरहेछन् । जीवन सधैँ अस्तव्यस्त, दिनचर्या सबै केरमेर । सधैँको उही दौडधुप, भागमभागमाझ यौटा यान्त्रिक जीवन व्यतीत गरिरहेकी छु म । जीवनमा भाग्य, नियति र संयोग भनेका के हुन ? मलाई थाहा छैन । तर समय एकदम निकृष्ठ हुदोँरै’छ । जसले मेरो जीवन यतिविघ्न उजाड बनाइदियो । समयको यस्तो विकराल रुप यसअघि कहिल्यै अनुभूत गरेकी थिइनँ ।

१८ वर्षको ज्यादै संवेदनशील उमेर । राम्रो लाउने, मीठो खाने, रमाइलो गर्ने लगायतका इच्छा, आकांक्षाले बाँधिएको उमेर । तर मेरो त्यो उमेर ज्यादै कष्टमय बित्यो । कति सपनाहरु सजाएकी थिएँ । साकार होलान् भनेर विश्वस्त बनेकी थिएँ । तर अफसोच म हिँडेको समयले सबै त्राहीमाही पारिदियो । खोलाको बाँध फुटेझैँ चुहिएर गए ती नवजात सपनाहरु । जीवन भनेको के हो ? म परिभाषा बुझ्दिन । तर जीवन आफ्नै छनौटमा निर्मित हुने रै’छ । के मैले आफ्नो जीवन यस्तै चाहेकी हुँ त ? अहँ किञ्चित् होइन । भनिन्छ, आफ्नो विगतलाई बिर्सिएर भविष्यको पथमा हिँड्नुपर्छ रे ! तर विगत यस्तो जटिल हुने रै’छ, जसलाई भुल्नु कसैको सामथ्र्यमा रहनेरै’नछ । मान्छेले विगतलाई भूल्यो भने इतिहास रहनेछैन, सभ्यता रहनेछैन ।

पाँचथर जिल्लाको पहाडी दुर्गम गाउँ । म त्यहीँ जन्मिएँ, हुर्किएँ । आफ्ना किशोरवयका सम्पूर्ण समय त्यहीँ व्यतीत गरेँ । परिवार गरिबीको चक्रब्यूहँमा थियो । आफ्ना खेतबारीमा उत्पादित खाद्यन्नहरु वर्षभरिका लागि पुग्थेन । सधैँ सरसापट, किनबेच पर्म गरेर बाह्र जनाको परिवार कतिञ्जेल थेग्ला र ? आर्थिक दुरावस्थाले कक्षा ८ सम्मको औपचारिक शिक्षामा नै चित्त बुझाएँ ।
सुखद भविष्यको लागि श्रीमान्–श्रीमतीको अर्थ बुझ्दा–नबुझ्दै वैवाहिक सम्बन्धमा बाँधिनुपर्यो । तर सुखद भविष्यको महत्वाकांक्षा केवल दिवास्वप्न थियो । श्रीमान् पनि आर्थिक रुपले त्यति सबल थिएनन् । तीनपुस्ताका सबै परिवारहरु एकै संगोलमा बस्तथे । सबैको फरक–फरक भान्छा र आर्थिक व्यवहार हुन्थ्यो । परिवार पूर्णतः पूख्यौली खेतिकिसानीमा आश्रित थियो । घरका आसलाग्दा पुरुषहरु सबै विदेश गएका थिए, उनीहरुको अत्तोपत्तो थिएन ।
विवाह भएको वर्षदिनपछि मैले जुम्ल्याहा छोराछोरी जन्माए । खाने अरु दुई मुखहरु थपिए । जति मेहनत गरे पनि अतिरिक्त बचत गर्न सकिएन । खेतले कमाएको खाएरै सकिन्थ्यो । त्यसमाथि साहूबाट ऋण लिइरहनु पथ्र्यो । आफ्नो नियतिप्रति आजित भएका श्रीमान्ले भने, “मिग्नोन, कति दुःख गर्नु यसरी ? सधैँ साहूको ऋणले जिन्दगी थलिने भयो । अब दुई÷तीन वर्ष विदेश पो भासिनुपर्छ क्यार ! तिमी घरव्यवहार सम्हाल है । उताबाट फर्किए’सी छोराछोरी पढाउनुपर्छ । सानोतिनो व्यवसाय गर्नुपर्छ ।” उनी यौटा दूधालु बालकजसरी टाँसिएका थिए त्यो रात । यसअघि कहिल्यै गम्भीर बनेका थिएनन् । उनको त्यो सामिप्यतालाई मैले नकार्न सकिन, आफ्नो स्वीकारोक्ति दिए । तथापि हामीसँग त्यत्रो पैसाको जोगाड थिएन । गाउँमा दूई साहूबाट असी हजार सयकडा पाँच रुपैयाँका दरले ऋण खोजेर उनलाई विदेश उडाएँ ।

केही महिना फेरि उही एकान्तिकपन । उनको अनुपस्थितिमा धाराप्रवाह समय कटान हुन्थेन । विछोडको त्यो प्रश्रवक्षण एकदमै क्लिष्ट भए । म अग्नीदहमा जलिरहैँ । औडाह हुन लाग्यो । अत्याधिक यौन चाहनाले चौतर्फी तड्पिन थालेँ । २४÷२५ वर्षको उमेर हुदोँ हुँ । त्यो उमेरमा विवाह गरेका स्त्रीलाई अचाक्ली यौनचाहना हुने रै’छ । म पलापला यौनआवेगले घायल हुन्थेँ ।
दिनमा छोराछोरीको हेरचाह, घरायसी काममा व्यस्त हुन्थे तर रातमा नितान्त एक्ली हुन्थेँ । विभिन्न यौनजन्य अनुभूतिहरुले सताइरहन्थ्यो । ओछ्यानको चौघेरामा कुनैपनि पुरुषलाई स–शरीर पाउनथेँ । त्यो समय आगोले पोलेझैँ पोल्थ्यो । म छट्पटाउन थाल्थेँ । श्रीमान्को याद अचाक्ली आउँथ्यो । धेरै समय आत्मरतिमा खर्चिए तर त्यो सबै अप्राकृतिक लाग्न थाल्यो । झन् तड्पन दिन्थ्यो । जथाभावी यौनसम्पर्क राख्नु समाजमा महिलाका लागि चरित्रहीन कार्य हो । समाजले वर्जित गरेको कुरामा मैले विद्रोह गर्नु मूर्खता हुन्थ्यो । अन्ततः केहीगरी मभित्रको ज्वार शान्त हुन सकेन ।

घाँसदाउरा, पानीपँधेरो, वनजङ्गल आउँदा–जादा म सदैव यौटा मान्छेलाई देखिरहन्थेँ । ऊ ‘मधेसतीर ट्रक चलाउँछु’ भन्थ्यो । ऊ जहिल्यै चौतारीमा बसेर मलाई यन्त्रवत् हेरिरहन्थ्यो । अग्लो, श्यामवर्णको बलिष्ठ थियो ऊ ।
एकदिन, त्यसैगरी ऊ चौतारीमा सुस्ताएको थियो । म आफ्नो घाँसको भारी बिसाउने बहानामा चौतारीतर्फ गएँ । एकछिन आरामको सास फेरेँ । उसले मलाई ‘पानी खान्छौ ?’ भनेर आफ्नो हातको बोतल दियो । मैले एकै सासमा पिएँ । उसले मलाई चाउचाउको यौटा पोको पनि हातमा थमाइदियो । मैले धन्यवाद दिएँ ।
त्यतिखेर हाम्रो कुनै औपचारिक संवाद भएन । तर त्यसपछिका दिनहरुमा हामी गाढा रंगझैँ नजिकियौँ । ऊ हाम्रो घरदेखि दूई÷चारघर पछाडि आफ्नो साथीकोमा बस्थ्यो । म लुकिछिपी उसलाई भेट्न जान्थेँ । हामी प्रशस्तै ठट्टा गर्दथ्यौँ । कहिलेकाँही हामीबीच गम्भीरप्रकृतिका गफ पनि हुने गर्दथे । फुर्सद हुनासाथ बहाना बनाएर विद्यालयको मैदान, खेतबारी, भीरपाखामा भेटेर घण्टौं कुरा गर्दथ्यौँ ।
एकदिन उसले मलाई ठट्टा गर्दै जिस्कायो, “मिग्नोन, कतिञ्जेल यो बुढा नभएको घरमा एक्लै बसिरहन्छ्यौ ? न्यास्रो लागेको छैन ? मसँग जान्छ्यौ ?”
मेरो उत्तर के हुनुपर्ने ? के उसको यो दृष्टताप्रति म प्रतिकार गरुँ ? अहँ, म त्यसरी प्रस्तुत हुन सकिनँ । उसको सहवास मलाई असीम लाग्न थालिसकेको थियो । मैले हठात् भनेँ, “मलाई कहाँ लान्छ्यौ नि ?”
ऊ छिलिएर भन्यो, “तिमी जहाँ भन्छ्यौ त्यहीँ लान सक्छु । आखिर सीप भा’को ड्राइभर हुँ । जहाँ लगेर नि तिम्लाई पाल्न सक्छु ।”
“त्यसो भएँ गइदिम्ला नि !” मेरो जिब्रो चिप्लियो । तत्क्षण मलाई पश्चताप भयो । श्रीमान्सँगको त्यत्रो वाचा–कसम कसरी यति छिटो बिर्सिएँ ? म यो के गर्न खोज्दैछु ?
“अनि तिम्रा छोराछोरी नि ?” उसले हतप्रभ भएर यक्षप्रश्न गर्यो ।
मैले ठट्टा गर्दै भने, “ति कहाँ मेरा छोराछोरी हुन् र ? उनीहरुका बाउका पो हुन् त । हामी फेरि पाम्ला नि !” अब मलाई कुनै संकोच भएन । ऊसँगको ख्यालठट्टा र भाग्ने तिकडमले मलाई नूतन अनुभूति मिलेको थियो, जसलाई गुमाउनु भनेको विरासतलाई अँगाल्नु सम्झिएँ ।
त्यसपछिका हाम्रा समय भाग्ने र भगाउने ठट्टामा केन्द्रित भए । हामी अक्सर जङ्गलमा जान्थ्यौँ । म रुखमा चढेर स्याउला झार्थें ऊ भुइँमा बटुल्थ्यो ।
एकदिन, आकाश कालोनिलो भएर धुमल्लिएको थियो । गुँडतिर लागेका चराचुरुङ्गीका आवाज एकदम कर्कश सुनिन्थ्यो । जङ्गलको भित्री भाग अँध्यारो भइसकेको थियो । उसले मलाई सुस्तरी आफ्नो बाहुपासमा खिच्यो । खेलौनाजसरी म उसको काखमा बसेँ । त्यसपछि के–के भयो मलाई थाहा छैन । उसले मेरो प्रथम चरणको तिर्खा मेटाइदियो ।
अब म उसलाई छोड्नै नसक्ने भएँ । हामी एकाविहानै त्यो गाउँबाट भाग्यौँ ।

कथाकार, मानिसको जीवनमा दुःख कदापि घट्नै रै’नछ । जहाँ गए नि दुःख, मात्र स्वरुप बद्लिने । के जीवनको प्राप्ती दुःख नै हो त ? कि केहो ?
भागेर पूर्वको विर्तामोड आएपछि हाम्रा दिनरातहरु सुखपूर्वक बित्न लागे । मलाई प्यासको अनुभूति हुन्थेन, मेरै बाजुमा बडेमानको धारा थियो ।
ऊसँग भागेर विर्तामोड आए पनि मलाई घरको सम्झनाले साह्रै पिरोल्न थाल्यो । फुल्दै गरेको कोपिलालाई जो म निमोठेर आएकी थिएँ । आफ्ना छोराछोरीको सम्झनाले अत्याधिक डस्न थाल्यो । मैले तिनलाई नौं महिना गर्भमा राखेर हुर्काएकी थिएँ । जे भए नि, ती मेरा रगत थिए । आफ्नो रगतको मायाजस्तो अरु केही हुन्न रै’छ । अब म घर फर्किएर जान सक्ने कुनै अवस्था थिएन । म पोइला गएपछि श्रीमान्ले छोराछोरीको हेरचाह गर्ने व्यवस्था मिलाएछन् । साथीले भेटमा भनेकी थिई, “त्यो रण्डीलाई भेटूँ न, जिउँदै जलाइदिन्छु । त्यसले सबै बर्बाद पारी ।” उनको त्यो आवेगले मलाई झन् डर पैदा गरायो । जुन स्वभाविक पनि थियो ।
कथाकार, यदि तिम्री स्वास्नी कोही परपुरुषसँग सुतेको देख्यौ भने के गर्छौ ? भलै, तिमी नारीवादी कथाकार भएपनि तिम्रो हृदय कठोर बन्नेछ । त्यतिखेरै तिम्री श्रीमती पराई हुनेछे । तिमी उसलाई गलात्याएर घरबाट निकाल्नेछौ । कथाकार, यसमा तिम्रो दोष हुनेछैन । नारीहरु भनेका पुरुषका सम्पत्ति हुन । एउटाको सम्पत्ति अर्काको हुनै सक्दैन । नारीको धर्म भनेको पुरुषको हेरविचारमा आफूलाई समर्पित पार्नु, उसको यौनआवेगलाई शान्त पार्नु, छोराछोरी गर्भमा हुकाईदिनु र सन्तोषको सास फेर्नु हो । यही छ तिमीले बसालेको सामाजिक मान्यता, जसको परिपालना तिमीले पनि गर्नैपर्छ ।

जसरी मौसम परिवर्तन हुन्छ, त्यसरी ड्राइभर पनि परिवर्तन हुन थाल्यो । अब ऊ पहिलेजस्तो रसिक रहेन । ऊ दिनानुदिन रक्सी खाएर मसित झगडा गर्न थाल्यो । मलाई हप्काउने, तर्साउने, कुट्ने क्रियाकलाप उसका लागि किम्ती भए ।
म भन्थेँ, “म तिम्रा लागि सबै खुसी त्यागेर आएँ । मलाई यस्तो अन्याय गर्न मिल्छ ?”
ऊ भन्थ्यो, “त झिँगे मैले भन्नेबित्तिकै आउनुपर्छ ? भन, अब कोसित भाग्छेस् ?”
म चुपचाप रहन्थे । सबैभन्दा ठूलो गल्ती मैले गरेकी थिए, एकदुई दिन हेलमेल हुनेबित्तिकै यत्तिको खतरा मोल्नु हुन्थेन । अनायासै मैले आफूलाई सम्हालेँ ।
जसरी नि जीवन त चल्नुपर्छ । अब बाँकी जीवनलाई सफलतापूर्वक गन्तव्यमा पुर्याउनुपर्छ । मैले परिस्थितिसँग सम्झौता गरेँ ।
एकदिन, सानोतिनो निहुँमा ऊ रिसाएर, “जेसुकै गर है । म चैँ हिँडे ।” भनेर घरबाट निस्कियो । हप्ता बित्यो, महिना बित्यो तर ऊ फर्किएन । यता, घरबेटीले कोठा भाडा मागेर किचकिच गर्नथाल्यो । मसित भाडा तिर्ने पैसा थिएन । न त काम गर्ने कुनै सीप नै । मैले काम खोज्न थाले । यौटा होटलमा भाँडा माझ्ने काम पाएँ ।
भाडा माझेर महिनाको ८ सय हुन्थ्यो । करिब महिनादिन कामगरेपछि मेरो हातखुट्टा पानीले खायो । दिनभरी पानीमा भिज्नाले बिरामी हुदै गएँ ।
एकदिन होटल मालिकले काउण्टरमा बोलायो ।
“तिमीलाई भाडा माझ्न गाह्रो भएजस्तो छ । के तिमी वेटरको काम गर्छ्यौ ?” उसले भन्यो, “तिमी राम्री पनि छ्यौ । अझ मेहनत गर्यौ भने राम्रो पैसा कमाउछ्यौ ।”
म निशर्त तयार भएँ । मैले सोचेँ, ग्राहकले मागेको माछा, मासु, रक्सी र बियर तुरुन्त पुर्याइदिनुपर्छ होला, तब ग्राहक पनि कसो खुसी नहोला र ? तर मैले सोचेविपरित रहेछ । एकछिनमा यौटा मोटो, मातेको, घीनलाग्दो मान्छे आयो । मसित एक प्याक रम माग्यो । मैले काउण्टरबाट तुरुन्त लगिदिएँ । उसले मलाई रम खान कर गर्यो । मैले मानिनँ, कहिल्यै खाएकी थिइनँ । यतिकैमा उसले मलाई जबरजस्ती गर्न थाल्यो । त्यसपछि मेरो हातमा एक हजार राखिदिएर गयो । पछि साहूले ‘कति पैसा दियो भनेर सोध्यो ।’ मैले यथार्थ कुरा बताए । उसले मलाई पाँच सय दियो र आफू पाँच सय राख्यो ।
म महिनाको आठ सयमा भाडा माझ्न बसेकी । दिनमै पाँच सय कमाएपछि हर्षित भएँ । भाडा माझ्नुजस्तो गाह्रो काम पनि थिएन । मैले त्यही पेशालाई अँगाल्ने निधो गरेँ । तर मनको एक कुनामा डर लाग्थ्यो । जसलाई मैले महसुस नै गर्न सकिन । अन्ततः म यौनकर्मी महिलामा परिणत भएँ । वेश्या बनेँ ।

केही महिनापछि मेरो आसन्न भेट यौटा अनौठो ग्राहकसँग भयो । ऊ राजनीतिक नेताजस्तो देखिन्थ्यो । जहिल्यै आफ्ना साथीहरुसँग रक्सी खाना आउथ्यो । उनीहरुबीच राजनीतिक चर्काचर्की परिरहन्थ्यो । उनीहरु माओ, लेनिन, चे–ग्वेवाराका प्रसङ्ग निकालिरहन्थे । माक्र्सवाद र समाजवादका कुरा गरिरहन्थे ।
एकदिन, नेता एक्लै आएको थियो । उसले मलाई यौटा क्याबिनमा बोलायो । ऊ भन्थ्यो, “तिमीहरुको हितमा अब नियम/कानुन बन्नुपर्छ बुझ्यौ ? तिमीहरु यो पेशामा लाग्नु कुनै रहर हैन, बाध्यता हो । अब रेडलाइट एरिया तोकिनुपर्छ, जसबाट तिमीहरुले निर्धक्क आफ्नो व्यवसाय चलाउन सक्छौ ।” यस्ता कुरामा मलाई कुनै दिलचस्पी थिएन । म केही प्रतिउत्तर दिदैनथिएँ ।
म त्यो रात उसैसँग सुते । विहान उठेर उसले भन्यो, “मसँग हिँड । म तिमीलाई यहाँकोभन्दा डबल दिन्छु ।” म तत्क्षण जान तयार भएँ ।

नेताले मलाई इटहरी ल्यायो । इटहरी सहर विर्तामोडको तुलनामा ज्यादाँ भीडभाड थियो । धेरै विकसित पनि लाग्यो । उसले मलाई यौटा गेष्ट हाउसमा राख्यो । बजार लगेर उसले मलाई थरिथरिका फेसनदार कपडाहरु खरिद गरिदियो । ऊ भन्थ्यो, “मेरी श्रीमती विदेशमा छे । दुई छोराछोरी काठमाण्डूमा क्याम्पस पढ्छन् । तिमी मेरी सहयोगी बन । म पार्टीको कामले विभिन्न ठाउँमा गइराख्नुपर्छ, तिमी पनि मसितै हिँड । म तिम्लाई सोचेको भन्दा धेरै पैसा दिन्छु ।” मैले सहमति जनाए । मलाई लाग्यो, होटलमा दुनियाँसँग सुतेरबस्नुभन्दा त यो यौटेसँग सुत्न बेस हुन्छ ।
उसले मलाई आफ्नी स्वास्नीझैँ बनाएर राखेको थियो । मैले चाहेका, खोजेका तमाम कुराहरु मेरो अगाडि राखिदिन्थ्यो । मलाई मोटरसाइकलमा राखेर विभिन्न सहर तथा पार्कहरु घुमाउँथ्यो । उसको यौटै सर्त थियो, ऊसँग रातभरी सुत्नुपर्ने, जुन कार्य मेरो लागि गाह्रो थिएन ।
एकदिन म उठ्नमा विलम्ब भयो । म उठ्दा ऊ कोठामा थिएन । उसका सरसामानहरु पनि थिएनन् । मैले सारा वृतान्त म्यानेजरलाई सुनाएँ, उसले मलाई दया देखाएर त्यही बस्न आग्रह गर्यो ।
त्यहाँ ठूल्ठूला भुँडी भएका मान्छेहरु आउने गर्दथे । सायद ति सरकारी कर्मचारी थिए क्यार । मैले कहिल्यै सोध्ने आँट गरिन । मैले उनीहरुलाई खुसी परिदिनुपथ्र्यो, उनीहरुको यौनकामना पूरा गरिदिनुपथ्र्यो । गेष्टहाउसमा यस्ता थुप्रै गोप्य कोठाहरु थिए, जहाँ खुल्लमखुल्ला यौनजन्य कारोबार हुन्थ्यो । दिउँसै यौनसम्पर्कको काम हुन्थ्यो । त्यहाँ मजस्ता थुप्रै यौनकर्मी महिलाहरु थिए । दिनमा मेरो भागमा ३/४ जना पुरुषहरु पर्ने गर्दथे । म मूर्तीवत् सुतिदिन्थे । उनीहरु मेरो शरीरमा ताण्डव नृत्य गर्थे । यसरी नै मेरो दिनचर्या व्यतीत हुनथाल्यो । पछि कुरा बुझ्दै जाँदा थाहा पाएँ, त्यो नेता त पेशेवर दलाल पो रहेछ । यसरी जाल फिँजाएर, ऊ यौनकर्मी महिला गेष्टहाउसलाई ल्याइदिदो रहेछ ।

यहाँ मजस्तै थुप्रै दुखित बेसाहारा महिलाहरु छन् । उनीहरुका आ–आफ्नै कथाहरु छन् । कोही आफ्नै बाबु र दाजुबाट बलात्कृत भएर घर छोडेर हिँड्नेहरु छन्, कोही आफ्ना छोराछोरीको पालनपोषण/पढाइखर्च जुटाउने आमाहरु छन्, कोही धनी बाउका बिग्रेका छोरीहरु छन् । यिनिहरु सबैका कथा तिमीले लेख्नुपर्छ, कथाकार ।
हामीलाई सेना र पुलिसले अचाक्ली सताउँछन् । हाम्रो जीउधनको सुरुक्षा गर्नुपर्ने दायित्व बोकेकाहरु हामीलाई नै लुट्न पछि पर्दैनन् । उनीहरु हामीसँग सुतेर पैसा नतिरी गाली गरेर हिँड्छन् । कतिले हाम्रा थुनचोलीमा राखेका पैसाहरु जबरजस्ती खोस्छन् । कसलाई भनूँ कथाकार यो व्यथा ? – कि यसले मसँग सुतेर पैसा दिएन ! के यिनिहरुलाई कानुनीरुपमा तह लगाउने केही आधार छैन ?
कथाकार, म यौनव्यवसायमा लागेको १० वर्षभन्दा बढी हुन लाग्यो । अब त रजनोवृत्तिको अवस्थामा नि प्रवेश गर्न लागे । शरीरका सम्पूर्ण अवयवहरु खोक्रो भइसकेँ । पुरुषहरु खै के पाउँछन् कोनि यो शरीरबाट ? पहिले–पहिले म यो पेशाबाट मातिएकी थिएँ तर यो कालान्तरमा आफैँलाई घृणा लागेर आयो । तर विकल्प केही छैनन् मसित । यौन व्यवसाय कदापि रहर बन्न सक्दैन । परपुरुष र परस्त्रीगमन कहिल्यै रहर बन्न सक्दैन । यो यौटा बाध्यता हो । सरोकारवालाहरुले यौनकर्मी महिलाहरुलाई जागीरको व्यवस्था गरिदिनुपर्यो कि त अन्य उपाय दिनुपर्छ । यदि यसो गर्न सकिएन भने जसरी नि यौनकर्मी महिलाको संख्या बढ्दै जान्छ । किनकी यो परापूर्वकालदेखि चलिआएको गोप्य थिति हो । जसरी नि चल्छ, चल्छ ।

कथाकार, जीवनमा मैले कहिल्यै प्रेमको पूर्ण प्रत्याभूति पाउन सकिन । केही न केही कमि रहिरह्यो । थुप्रै पुरुषहरु मेरो शरीरमा उफ्रिए, आफ्नो विषाक्त वीर्य फ्याके । तर ती केवल यौनतृप्तीका लागि थिए, प्रेमका लागि कदाचित् थिएनन् ।
अहिले छोराछोरीको खुब याद आउँछ । उनीहरुका आमा होइन् म । आमा हुदीँ हो त उनीहरुको पालनपोषण गरेर बस्थेँ । संकटमा साहारा दिन्थेँ । मैले यौनरापमा आमाको सबै दायित्वलाई मेटाइदिए । अब आमा भन्ने छैनन् उनीहरु । उनीहरुका नजरमा गिरेकी आईमाई भएकी छु । सुन्दछु, श्रीमानले अर्की विवाह गरेका छैनन् रे । घर फर्किएर जादाँ उनले स्वीकार गर्ने सवाल नै उठ्दैन । फेरि कुन मुखले घर फर्किनु ? एउटी वेश्याले सबैलाई सन्तुष्ट पार्छे तर ऊ कदापि सन्तुष्ट हुन सक्दिन । ऊ भित्रभित्रै सीसाझैँ टुक्रिन्छे, सबैको आर्दश नजरबाट गिर्छे, नम्नकोटीको वस्तु बन्छे ।
अब त जीवनलीला पनि समाप्त हुनेबेला भयो । बेसै हुनेछ, यो समाजबाट यौटी वेश्या घट्नेछे !

यो कथा माइसंसारमा

Read more >>

- निर्मला खड्का
एक्काइसौँ शताब्दीको पहिचान, सूचना र प्रविधिले ल्याएको अभियान कम्यूटर र इन्टरनेटको जमानाले टाढा कतै हराएका साथीभाइहरू पाउन सजिलो भएको छ । यतिवेला सँसारभरि नै चर्चामा रहेको फेसबुक सञ्जाल बीना म पनि टाढिएर रहन सकिन । र त हिजोआज मलाई फेसबुकको भित्तो चियाउदै हिड्ने लत लागेको छ । आज फेरि फेसबुकको भित्तोहरु चियाउने क्रममा “सौरभ गुरुङ” को भित्तोमा पुगे । जसले मलाई आज भन्दा बिसबाइस वर्ष पहिले छोडेर आएको मेरो अतीतलाई फेरि झकझकायो । सौरभ गुरुङ मेरो साथीको छोरा, उनी आज एक्काइसौ वर्षमा पाइला टेकिसकेका छन् । सौरभकी आमा सिमा अनि म सानैदेखि स्कुलमा संगैपढ्दै यस.यल.सी.सम्म संगैथियौ । हामीसंग-संगै हास्दै, खेल्दै आफ्ना जीवनका सपनाहरु बुन्ने गर्थ्यौँ, कसरी ती सुनौला सपनाहरुलाई यथार्थको रुप दिने भनी एकआपसमा सल्लाह गर्थ्यौ ।

जिन्दगी चलाउनुको पाटोहरूमा मनभरि अनेकथरीका तानावाना बुन्दै अगाडि बढ्दैथियौँ । सबै साथीहरुको आ-आफ्नै भविष्यको सपना थियो । कोही के भन्थे भने कोही के? तर म सिमा र अरु दुई साथीहरु मिलेर स्टाफ नर्स बन्ने सपना बुनेका थियौ । तिनै सपनाहरूमा रूमल्लिँदै एसएलसीसम्मको परीक्षा पनि दियौँ । परीक्षा दिएर परीक्षाफलको प्रतिक्षा गर्नु कति अधैर्य हुन्छ सायदै भनिरहनु पर्दैन ।

सँसारिक झमेलाको सञ्जालमा जन्मिएका हामी, समय र भाग्यले सबैको साथ नै पो कहाँ दिंदोरहेछ र ? सोचे जस्तो भैदिए, जीवनको अर्थ नै बुझिदैन थियो होला ! सबै सपनाहरुले यथार्थता पाए फेरि सपना बुन्नुको विकल्प नै रहने थिएन भने अर्कोतिर सपनाको मोल नै कमी हुनेथियो होल ! परिक्षाफल प्रकासित भयो । हामीले सफलता पनि हाँसिल गर्यौ । हामी केही साथीहरुको स्टाफ नर्स बन्ने सपना अधुरो नै रह्यो तै पनि सिमाको सपना पुरा हुने भयो । उनी आफ्नो अगाडिको पढाइको लागि काठमाडौ गईन् ।

यता मेरो सपना भत्किरहेको थियो । सपना भत्किँदाको पछाडिका सम्झौताहरूसँग पैठेजोरी खेल्नै पर्ने थियो तैपनि मैले आफ्नो पढाई आफ्नै शहरको कलेजमा नै शुरु गरे । सबै साथीहरुसंगै हुन नसके पनि हामी केहीसंगै पढ्दै थियौ ।

सीमासँग मेरो बारम्बार पत्राचार भैरहन्थ्यो । उनी आफ्नो भबिष्यलाई उज्यालोतिर लैजादै थिइन । हामी दुईले साना भन्दा साना कुराहरु पनि एक आर्कालाई भन्ने गर्थ्यौ । समय बितेको थाहै भएन एक वर्षको पढाइ सकेर सिमा छुट्टीमा घर आउँदा हाम्रो भेट भयो । रातभरि संगैबसेर वर्षभरि भोगेका तितामीठा अनुभवहरु बाँड्यौ । कहिलेको साथीकोमा जम्मा हुन्थ्यौ भने कहिले कसकोमा । अनि सबैजना भेला भयो रमाइला रमाइला कुरा गर्यो रात वितेको पत्तो नै हुदैनथ्यो । यस्तैमा सीमाको बिदा सकियो । उनी फेरि काठमांडू फर्किइन । हाम्रो उही दिनचर्या शूरु भयो ।

जिन्दगी पानी घट्टा जस्तै घुमिरहेको थियो । समयचक्रमा बितेका दिनहरू इतिहाँसका पाना बनेर विस्थापित हुँदैथिए । नर्सिङ्को पढाईमा, पढाइको चाप बढी अनि बिदा कम हुने हुनाले सिमा पनि घरतिर आउन नभ्याएकी होलिन् सोच्थेँ । सिमाले आफ्नो पढाइ सकेर टिचिंग हस्पिटलमा नै जागिर गर्न शुरु गरिन । म पनि आफ्नै पढाइ अनि आफैँमा ब्यस्त हुँदै गएँ । तर पनि साथीत्वको महिमासँगै रूमाल लुकाइ खेलहरू सम्झदै पनि साथीभाइको याद गहिरो बनिरहँदो रहेछ । त्यसैले हाम्रो पत्राचार यथावत नै थियो । फोनको सुबिधा आएकोले कहिलेकाहीँ फोनमासमेत कुरा हुन थालेको थियो ।

एकदिन अचानक सीमाले फोनमा भनिन “म भोलि आउदैछु अनि सबै भन्दा पहिले तिमीलाई नै भेट्न चाहन्छु ..जसरी पनि समय मिलाउनु है ..धेरै कुराहरु गर्नु छ” मैले पनि खुशी हुदै भने “हुन्छ नि त, तिमी आऊ त पहिला यार”…त्यसको आर्को दिन उनी घर पुग्न साथै मलाई फोन गरिन र आफ्नै घरमा बोलाइन । म पनि घरमा आमासँग भनेर उनलाई भेट्न गए ।

मलाई कतिबेला सीमालाई भेटु भैसकेकोले हतारिदै उनको घरतिर लागेँ । मलाई देख्नसाथ उनी खुशी हुँदै मलाई अंगालोमा बाँधिन। एउटा गहिरो शुन्यता भरिएको अनुहार थियो सिमाको । सिमामा मैले धेरै परिवर्तन देखे त्यो दिन l धेरै पछि सिमासँग भेट भएकोमा म पनि खुशी थिए, मैले उनकी आमालाई नमस्कार गर्दै सन्चो बिसन्चो सोधे अनि फेरी हामी सीमाको कोठातिर गयौ । कोठामा भित्र पस्दासाथ मलाई एउटा आश्चर्यले स्वागत गर्यो । सिमाको पलंगमा एउटा सानो लगभग एक बर्ष जतिको बालक मस्त निद्रामा सुति राखेको थियो..”को हो” भनि मैले मुख फोरेर सोध्नै सकिन । तर मेरो नज़रमा भएको प्रश्न सिमाले तुरून्तै बुझिन र भनिन – “बस्न यार म सबै भन्छु नि, मेरो सुख दुख सबैमा साथ रहने साथी तै त् होस । आज तीन बर्ष पछि भेट्दै छु, रातभरि बसेर कुरा गरौला अहिले केही खाउँ है ” । मैले पनि “हुन्छ” भने ।

धेरै समय पश्चात साथमा बसेर खाना खानुको आनन्दाभूति एकातिर थियो । मनभरि उही कोठा भित्रको आश्चर्यचकितले कौतुहलता पैदा गरिरह्यो । मान्छेको मन न हो कहिले के सोच्छ कहिले के? कति पटक त यसले नाजायज काम गरेछ भनेर भित्र-भित्रै साथी हुनुको आत्मग्लानीले खुलदुली मच्याईरह्यो फेरि पनि सानैदेखिको साथीत्वको पवित्र सम्बन्धले सोचिरहे कि मलाई नभनिकनै विहे गरेछ । अहँ कतैबाट पनि उसको कुरा नसुनेसम्म समाधान नहुने भो ।

खानपिनको काम सकियो । खानपान सकेर जब हामी फेरि कोठामा आयौ मेरो लागि आश्चर्यताले भरिएको उही अपरिचित बालक अझै सुति रहेका थियो । मेरो आँखामा घुमिरहेको कौतुहलतालाई सीमाले बुझिन् र बिस्तारै भनिन “बस म भन्छु सबै कुरा “यो सौरभ हो मेरो छोरा” ।

म त छाँगाबाट खसे झैँ भए, बिहेको कुरा त सुनेको थिइन,, यहाँ त सीमाले छोराको पो कुरा गर्दैछे! मैले सोधे “हैन बिहे कहिले गरिस” सीमाले चिसो स्वरमा भनिन “मेरो बिहे भएको छैन ” “उफ्फ़ के भन्दै छस तैले ..सबै कुरा भन मलाई ” म चाहि अत्तालिईरहेकि थिएँ भने ऊ चाहिँ स्वाभाविकतः शान्त देखिन्थिन । “तैले कृष्ण सापकोटालाई चिन्छ्स नि है स्कुलमा हामी भन्दा दुइ वर्ष सिनियर थियो नि? अचानक सीमाले सोधिन.. मैले “चिन्छु” भने ।

सिमा बोल्दै गइन ” मलाई माफ गर्नु साथी । हामी यति नजिक भएर सबै दु:ख सुख बाँडे पनि यति ठूलो कुरा मैले तिमीसंग लुकाएकी थिएँ । स्कुलमा पढदैदेखि नै हामी बीच प्रेम सम्बन्ध थियो, हामी दुबैले आ-आफ्नो पढाई सके पछि विवाह गर्ने निर्णय गरेका थियौ र म काठमाडौँ पढ्न गएकी थिएँ । हामी बीचको सम्बन्ध झन् बढेको अनुभव गर्थे मैले..पछिल्लो पटक म बिदामा आउदा मैले कृष्णलाई भटेकी थिएँ । धेरै कुरा गरेका थियौ भविष्यसंगै बुनेका थियौ । जहिले हाम्रो पढाइ सकिन्छ र हामीले घरमा सल्लाह गरेरै बिहे गर्ने भनी कुरा गरेका थियौ । प्रेम अन्धो हुन्छ भन्ने सुनेकी थिए तर त्यसबेला म नै अन्धो भए र हामी बीच जे नहुनु पर्ने थियो त्यो भयो । मैले आफूलाई समर्पण गरेँ..मैले सोचिन त्यसबेला, मेरो भविष्यले कस्तो मोड लिनेछ भन्ने सोच्दै फेरि म काठमाडौँ फर्के । दुई महिना पछि मलाई थाहा भयो म गर्भवती भईसकेकी रहेछु । थाहा पाउँने वित्तिकै मैले सबैभन्दा पहिले कृष्णलाई फोन गरेँ र भने तर कृष्णले हाम्रो जाति भिन्न भएको कारण अहिले बिहे गर्न नसक्ने कुरा गरे । उसो र अझै अगाडि मलाई कुनै औषधि द्धारा गर्वपतनको सल्लाह दिए । उनका यस्ता स्वार्थी कुराहरू सुने तर केही भनिन ।

दिउँसै आकाश मडारियो, घाम डुबेर अन्धकार छाए जस्तै भयो । मस्तिष्कभरि हावाहुरी चल्न थाल्यो । मडारिएको कालो बादलबाट वर्षात शूरू होला जस्तै भयो तर पनि म रुन पनि सकिन र फोन काटीदिए । मेरो अगाडि सबैकुरा शून्य–शून्य भएर आयो मैले के गरुँ भनेर सोच्नै सकिन । आफ्नै जिन्दगी देखेर एकपटक त रिङ्गटा लागे जस्तै भो । शरीर फतक्क गलेको अनुभव गरे । शरीर थाम्नै गाह्रो भए जस्तो भएकाले थचक्क भुइँमा बसेँ । अब प्रेमको आवेशमा आएर गरिएको व्यक्तिगत गल्ती कसैलाई भन्ने हिम्मत पनि हुदैनथ्यो । अन्ततः आफ्नै गल्तीका कारण मेरो पढाई पनि लथालिंग हुने भो भन्ने अनुभव भयो ।

सँसारमा मर्नु वा मार्नु पनि त त्यति सजिलो कहाँ छ र ? सँघर्ष गरेर बाँच्नुको अर्को विकल्प छैन भन्ने सोचेर यो अवस्थामा कसरी सुधार ल्याउने भन्ने सोचतिर लागेँ । मैले भ्रुणहत्या को त कल्पना नै गर्न सक्दिनथेँ र म आफैँ मरुँ भन्ने कुरा मनमा नजन्मेको हैन । मैले त्यति बेला तिमीलाई धेरै सम्झेकी पनि थिएँ । तैपनि तिमीलाई केही भनू पनि त कसरी ? सोँच्दा-सोँच्दै थुप्रै दिनहरू बिते । सबै अस्तब्यस्तको जीवन थियो । ममा केही दिन यता आएको परिवर्तन त्यहीसंगै पढ्ने एकजना इन्डियन रमिला भन्ने साथीले ध्यान दिइ रहेको रहेछिन् । उनले एकदिन नजिक आएर सोधिन “सिमा, केहीदिन यताबाट तिमी धेरै निकै दुखी देखिईरहेकी छ्यौ । हुनत हामी सबै परिवारबाट टाढा छौ, त्यो दु:ख त छँदैछ तै पनि तिमीले मलाई एउटा राम्रो साथी मानेर सबै कुरा भन । म सकेसम्म सहयोग गर्ने छु ।” म रमिलाको काखमा धेरैबेर रोएँ अनि सबै कुरा भने । रमिलाले सबै कुरा सुनिसके पछि भनिन् ” सिमा, जे हुनु थियो भयो, तिमी कम्जोर भयौ भने तिमीलाई बाँच्न झन् गाह्रो हुन्छ । अब तिमीले आफूलाई बलियो बनाऊ र यो समाजसंग लड्न सिक अनि यो बच्चालाई जन्माऊ । म हर पाइलामा तिम्रो साथ रहनेछु”

रमिलाका कुराले मलाई धेरै आत्मबिस्वास दियो र मैले मनमनै निर्णय लिएँ “यो निर्दोष बच्चालाई जसरी पनि यो संसारमा ल्याएर छोड्छु” । म यहाँ आउने अवस्था पनि रहेन । घरमा सबैलाई मैले साँचो कुरा भने अनि निर्णय पनि सुनाए । सबैलाई दु:ख पक्कै लाग्यो होला र रिस पनि उठायो होला । तर फोनमा मलाई कसैले केही भन्न सक्नु भएन । यहाँ आउने कुनै औचित्य पनि थिएन । किन कि मेरो उपस्थितीले घरमा सबैलाई पीडा बाहेक केही दिन दिदैनथ्यो । त्यसैले मैले त्यही नै बसेर पढाईसंगै आफ्नो स्वास्थ्यलाई ध्यान दिन थाले । दाइ रिसाएर दुइ वर्ष नै बोल्नु भएन । तै पनि आमाले बेला-बेला फोन गरि राख्नु हुन्थ्यो । आजसम्म पनि मैले घरमा सौरभको बाबु को हुन् ? भनेर भनेको छैन । तिमीलाई मात्र भन्दै छु ।” तर छ, सात महिना अघि दाइले घर आइज भनेर फोन गर्नु भयो । दाइको फोनमा मेरो घरप्रतिको मायाले मनभरि खुशीको सिमा नै रहेन । त्यसैले बिदा मिल्नासाथ यहाँ तिमीलाई फोन गरे” रमिलाले मलाई आफ्नो भन्दा बढी गरेर हरेक समय साथ दिईरहिन । सौरभको जन्म पनि उनकै हातबाट भयो । यो जन्ममा उनले मलाई ऋणी बनाएकी छिन । उनी इंडिया फर्किसकिन र त्यहीँको एउटा हस्पिटलमा जागिर खादैछिन रे । बेला-बेलामा फोनमा कुरा हुन्छ र सधै मलाई जीवनमा संघर्ष गर्ने कुरामा हौशला दिइरहन्छिन ।”

सिमा बोल्दै थिइन् । म सुन्दै थिएँ । आँशुले मेरो अनुहार लपक्क भिजिसकेको थियो तर पनि उनी उतिकै शान्त देखिन्थिन् । सौरभ एक पटक उठेर फेरि सुतिसकेका थिए । रातभरि हामी यस्तै दुःख सुख बिसाउदै बस्यौ । यस्तो समयमा नीद भन्ने जन्तुले पनि साथ दिदोरहेछ । त्यसैले होला दुबैको आँखामा नीद पटक्कै थिएन । त्यो रात हामी दुई कुरै-कुरामा छर्लंग उज्यालो बनाएका थियौ । समयले यसरी पनि कोल्टे फेर्छ भन्ने कसलाई के थाहा ? उनी केही दिनको बिदामा आएकी थिइन फेरि उही पुरानो गोरेटो समाउदै भविष्य लेख्न त पाइला सार्नै थियो । त्यसैले जीवनलाई निरन्तरता दिन उनी काठमाडौँ फर्किन । त्यतिबेला छोरा सौरभलाई उनले छोड्नु पर्यो घरमै किन कि सौरभ मात्र एक बर्षको थिए । अनि सीमालाई पनि गार्हो थियो उनको स्यहार सुसार गर्न त्यसैले सिमा कि आमाले सौरभलाई घरमै राख्छु भन्नु भो ..आमाको मन त हो छोरीको दु:ख देख्नु भो ।

बितेको समय जस्तो सुकै पत्यार लाग्दो भए पनि आखिरी आफ्नै कोखमा रगत पानी सिञ्चेर जन्माएको छोरो, आमाले छाडेर जाने हिम्मत त कहाँ नै हुन्छ र ? फेरि पनि बाध्यताका कठघराहरू अगाडिको भविष्यमा ठिङ्ग बार बनेर उभिए पछि दैवको पनि के नै लाग्दोरहेछ र ? त्यसैले सीमाले आमाको कुरालाई प्रतिकार गर्न सकिन होला । तर मलाई भनिन ” कहिलेकही आएर सौरभलाई भेट्दै गर्नु ल “मैले हुन्छ भनेर स्वीकृतिमा टाउको हल्लाएकी थिए । त्यतिवेला सिमा काठमाडौँ फर्किन । भविष्यका दिनहरु आफ्नै नियमित क्रममा बित्दै गए । म प्राय जसो हरेक साझँमा सौरभलाई हेर्न जाने गर्थे । मलाई बच्चाहरु अति नै मन पर्ने त्यही माथि सौरभ त मेरै साथीको छोरा, म झन् नजिकिदै गए । उनी पनि मेरो धेरै नजिक भैसकेका थिए । साझँपख सौरभलाइ भेटन जाने हुदा सधै जसो उनलाई सुताएर घर फर्कने गर्थे कहिलेकही जान पाइन् भने आमाले फोन गरिहाल्नुहुन्थ्यो र भन्नुहुन्थ्यो “तिमीले यसको बानी बिगारी सक्यौ । अब तिमी विना सुत्न मान्दैमान्दैन यो ।” त्यतिवेला म हाँस्थे । कहिलेकहीँ सीमासँग फोनमा कुरा भैरहन्थ्यो ।

सँसारको रीत नै यस्तै छ । हरेक रातपछि दिन अनि दिन पछि रात अनि रातदिन पछि अर्को दिन । यसरी हरेक दिनहरू वितिरहँदा सौरभ पनि क्रमशः ठूलो हुदैथिए । हातले इशारा गर्ने.. केही बोल्न खोज्ने गर्न थालिसकेका थिए सौरभ । यो देखेर मलाई निकै खुशी लाग्थ्यो ।

कहिलेकहीँ कृष्णलाई पनि देख्थे मैले । यस्तो धोकेबाजसँग म बोल्न पनि छाडिसकेकी थिए l उनले मेरी साथीलाई दिएको धोकालाई मैले कसरी भुल्न सक्थेँ र ? सिमाले त उसको बारेमा फेरि कहिल्यै कुरा निकालिनन् र कहिल्यै कृष्णको बारेमा कुरा गरिनन् l सौरभको हुन् भन्ने कुरा त्यहाँ छरछिमेक कसैलाई थाहा हुनै पाएन । किन कि सिमाकी आमाले सबैलाई “हस्पिटलमा कसैले जन्मेको बच्चा छोडेर गएपछि सिमालाई माया लगेर लिएर आएकी भन्नु भएको थियो ।” यसरी अझ थप एक वर्ष बित्यो l सौरभ अलिअलि बोल्न थालेका थिए । जीवनको बाटोमा मैले पनि धेरै संघर्ष गर्नै थियो । मैले पहिले जसरी सौरभलाई भेटन जान समय पाउदिनथेँ । सिमासंग कुरा भैरहन्थियो । सिमा ब्रिटिश लाहुरेकी छोरी थिइन । उनी हंगकंगमा नै जन्मेकी थिइन् । त्यसैले पछि हंगकंगमा आइडी पाइन् र उनी सौरभलाई आमासंगै छोडेर अर्को नयाँ सपनालाई साकार बनाउने उद्धेश्य लिएर हंगकंग गइन । म पनि आफ्नो जीवनको उकाली ओराली समाल्दै थिएँ । सौरभ स्कुल जान थालेका थिए । सिमा हंगकंग गएर त्यहीँको एउटा हस्पिटलमा काम गर्न थालेको कुरा मलाई जानकारी गराएकी थिइन् ।

समय आफ्नै नियमित क्रममा गयो सिमाले हंगकंग छोडेर त्यहीबाट लण्डनको लागि भिसा पाएको कुरा मलाई भनिन् । मैले उनलाई उनको हर पाइलामा सफलताको कामना गरे । लन्डन गएको लगभग दुई वर्ष पछि उनी नेपाल फर्केकी थिइन् र हाम्रो भेट भएको थियो । उनले मलाई भनेकी थिइन् “मैले सौरभको सबै कागजपत्र मिलाएर आएको छु र यहाँबाट पनि सबै सोचे जस्तै भयो भने सौरभलाई लिएर जानेछु ।” मैले भनेकी थिए “सिमा तिमी महान छौ । साँच्चै मलाई गर्व लागिरहेछ, तिम्रो साथी हुन पाउँदा । मैले सोचेकी पनि थिइन् सिमा तिमीले समयको चुनौतीलाई यसरी अंगालेर विजयी हुन्छौ भन्ने । हेर ममा तिम्रो जस्तो हिम्मत छैन । तिम्रो हर कामना पुरा हुनेछन् सिमा । किन कि तिमीले सच्चाई र कर्तव्यको पालना गरेकी छौ ।” साच्चै सफलता कसैले रोकेर रोकिदैन रहेछ । नभन्दै सिमाको जिन्दगीमा एकदिन उनको संघर्षले रंग ल्यायो । उनी छोरा सौरभको भिसा मिलाउन सफल भईन ।

आठ बर्ष अगाडि मैले ति आमा छोरालाई लन्डनको लागि बिदा गरेकी थिए । समय परिस्थितिको खेलमा आल्झेर मैले पनि परदेशको बाटो चुन्न पर्यो । त्यसैले म आज इजरायल आइ पुगेको पनि छ वर्ष पुगिसकेको छ l २००९ मा म नेपाल बिदामा गएकी थिए । त्यसबेला साथीहरुसंग म एउटा रेस्टुराँमा खाजा खादै गर्दा कृष्णेलाई नजिकैको आर्को टेबलमा दुइजना बच्चाहरुसंगै बसेर खाजा खादै गरेको देखेकी थिएँ । संगै बसेका एकजना साथीलाई खुसुक्क सोधे “ऊ त्यो कृष्ण नै हो नि ?” साथीले हो भनेर भने पछि मैले ती बच्चाहरुको बारेमा सोधेँ र साथीले भनिन “कृष्णका छोरा र छोरी हुन ।” त्यसपछि भने म मौन रहेको थिएँ । हामीले खाजा सकेपछि उठ्यौ । मेरी साथी कृष्णसंग कुरा गर्न थालिन, म पनि उनको नजिक थिएँ । कृष्णले एकनज़र म माथि ल्याए । फेरि तुरून्तै मेरी साथीसंग कुरा गर्न थाले । मैले सोचे ‘या त धेरै वर्ष पछिको देखभेटमा उनले मलाई चिन्न सकेन या चिन्ने हिम्मत गर्न सकेनन । मैले पनि बोलाउन चाहिँन किन कि उनी मेरो नज़रमा गिरिसकेका एक लाक्षी नै थिए । साथीको एकछिनको गफगाफ पछि हामी त्यहाँबाट निस्केर घरतिर लागेका थियौ ।

समयले धेरै प्रगति गरिसकेको छ । यसरी सँसारमा संचार माध्यममा गरेको नयाँ अविस्कारहरुले सिमा र मलाई अझै नजिक्याएको छ । हामी फोनमा पहिले भन्दा धेरै कुरा गर्छौ र उस्तै दुःखसुख बाँड्ने पनि गर्छौ । सौरभले अहिले लन्डन मै बिबिए गर्दै छन् । उनको इच्छा आर्मीतिर पनि रहेकोछ भन्छिन् सीमाले । जीवनमा उनले गरेको संघर्षले आज उनलाई सफल बनाएको छ । यिनै संघर्षबाट पाएको सफलतामा उनी खुशी पनि छिन् । एकपटकको त्यो प्रेमको बितृष्णाले होला सिमा अझै पनि अविवाहित नै छिन् । सिमाले अझै पनि आफनै कर्तव्यलाई निरन्तरता दिदैछिन् । मैले मेरो हर प्रथानामा उनको सफलताको कामना गर्ने गर्छु र माग्छु । हे सबै आमाहरू हो, जन्माउनु नै छ भने सिमा जस्ती छोरी जन्माउनु, जसको महानता, हिम्मत, शक्ति र उद्धरताको अगाडि सबै-सबै जिर्ण देखियोस । अनि हे भगवान जन्म दिनु नै छ भने छोरीलाई सीमाको जस्तो हिम्मत, साहस र धर्यता दिएर जन्म दिनू यो धर्तीमा छोरी कै रूपमा जन्म दिनू….. !!

(अतितले भविष्यमा कुनै छायाँ नपारोस भनि मैले यहाँ सिमा र सौरभको नामलाई परिवर्तन गरेकी छु ।)
Read more >>

– जानकी ”जानु”
मौसमसँग बदलिएको ऋतु, बसन्तसँग फक्रिएको फूल, कल-कलाउँदो जवानी जिन्दगीको खेल बन्छ । यसरी नै रुपा पनि आफ्नो कल-कलाउँदो जवानी मरुभुमिमा फूले जस्तो भईन, रुपाको जिम्मेवारीमा चार बहिनिहरु परेका थिए । बिचरी आमा भोको पेट पटुकी कसी छोरीहरुको मुखमा आहारा पुर्‍याउँथिन तर रुपाकी आमालाई दिन-दिन मुटुको रोगले शिथिल पारिसकेको थियो त घर व्यवहार रुपाको काँधमा पर्‍यो । झरी-बादल न भनी आमा बैनिहरुलाई बिहान बेलुकाको छाक जुटाउँथिन रुपा, रोगि आमा साना बैनिहरु र आयस्रोत कतैबाट नहुँदा पढाईलाई अगाडि बढाउन सकिनन् रुपाले, बाबाको पनि जन-आन्दोलनमा परि मृत्यु भयो भनि रुपाको घरमा बिहान बेलुका चुलो बाल्न पनि धौ-धौ थियो । बलेको आगो पो सबले ताप्छन निभेको कस्ले ताप्ने ? सोह्र सत्र बर्षकी रुपा घरदेखी लिएर बाहिरको काम धन्दा सबै सिध्याउन पर्थ्यो । समयमा स्कुल जना पनि पाउँथिन सोह्र सत्र बर्षको उमेरमा कसलाई रहर हुँदैन र मीठो खान राम्रो लाउन तर रुपाको इच्छा आकांक्षा भने सपना जस्तै भयो, रुपाको मनमा एउटै मात्र सोच पैसा कसरी धेरै कमाउने आमा र बैनीहरुलाई सुखमा राख्ने चाहना भयो ।

रुपाकी साथी रेनु पोखरा डान्सबारमा काम गर्थी, उसले रुपालाई पनि डान्सबारमा काम लगाईदिई, रुपा डान्सबारमा काम गर्न थालिन, रुपामा रुपको कुनै कमि थिएन, जिउडाल मिलेकी करिश्मा भन्दा कमी थिएन तालमा चाल मिलाउन बसेकाको पनि के कम त्यस्ती राम्री पाए पछि त नम्बर वान बनाउनी नै भए बिचरी रुपालाई के थाहा उसको शरीरको बिक्री भईराखेछ भनेर । एग्रिमेन्टमा पनि पन्ध्र हजारको नगद पाउँदा रुपाले बैनीहरुको पढाई र आमाको उपचार हुने भयो भनि खुशिले आँखाभरी आँशु पारि रुपा गरिबीले गर्दा आफ्नो जिन्दगीको कुनै ख्याल राखीन । रुपाको एउटा मात्र लक्ष्य थियो बैनीहरुले चाहेसम्म पढाउने र आमाको मुटुको उपचार गर्ने दिन बित्दै रुपाको जवानी फूल्दै गएको थियो रुपालाई नचाउनको लागी कहिले धरान कहिले काठमान्डौ त कहिले बिर्तामोड पुराउन थाले । रातको बाह्र बजे एक्लै कोठामा जानुपर्ने यसै क्रममा रुपालाई ठमेलमा पुलिसले बेश्या बृतिको आरोपमा पक्राउ गर्‍यो सरकारको नुन खाएर कानुन चलाउन बसेकाको के कुरा जता सङ्ख फूक्यो उतै कुकुर भूक्यो भने झै जेल भित्र पनि उनको शरीरमा हातपात गर्न थाले ।

बिचरी रुपा कलिलै उमेरमा भोग्नु परेको यातना धेरै पिडादायी भयो । आफूलाई काम दिने साहुले पनि कुनै वास्ता गरेन, रुपालाई त्यो नर्क जस्तो जेलबाट कसले निकाल्ने ? जेलबाट निस्कन पनि बिस हजार धरौटी राख्नुपर्ने हुँदा उनले चार पाँच महिना जेलमै गुजार्न बाध्य भयो । हाम्रो देशमा सरकारले कानुन बनाएको के त्यस्तै गरिबिमा पिल्सिएकाहरुको लागी हो ? यसै कारण गरिब जनताहरु आक्रोशको ज्वाला निकाली आतंकबाद बन्न पुगेका हाम्रो देशमा गरिबहरुको लागि कानुन छैन जहाँ जसले पैसा फ्याँक्यो त्यहाँ तमसा देख्यो । हो आज रुपालाई प्रत्येक ठाउँमा नचाई पैसा बर्षायो त्यही साहु मदनले रुपाको पिठ पछाडी छुरा धस्यो । केही महीना पछी रुपा जेलबाट निस्की घरमा पुग्दा आमा मृत्युको मुखमा पुगिसकेकी थिईन । आफ्नी आमालाई अन्तिम पटक पनि मुखमा पानी दिन पाईन बैनीहरुलाई गाउँका छिमेकीले घाँस दाउरा गर्नको लागी गोठालो राखेछन्, रुपालाई गाउँमा देखेपछि गाउँ समाजले थुक्न थाले यस्ती बेस्या यो गाउँमा बसि भने त हाम्रो गाउँको छोरीचेली पनि बिग्रन्छन आज रुपालाई आफ्नो गाउँ समाजले शरण दिनुको सट्टा गाऊँबाटै निकाला गरिदियो ।
बिचरी रुपा जाओस कहाँ बैनीहरुलाई लिएर फेरी काठमान्डौ लागी गहभरी आँशु लिएर । बैनीहरुको मुखमा हैर्दै आफूलाई धिकार्न थालि बौद्धमा उनले चिनेकी एक दिदी थिईन, आफुसंगै डान्सबारमा नाच्ने गर्दिरहिछिन उन्को कोठामा दुइचार दिनको बसाई भयो । साथमा चार बैनी भएकोले धेरै दिनसम्म कहाँ आश्रय मिल्थ्यो र ? होटलमा भाँडा माझी बैनिहरुको पेट भर्ने गर्थिन, होटलको साहुले रुपालाई बिदेश जानको लागि सल्लाह दियो, रुपाले बैनिहरुको लागी केही न केही काम गर्न पर्थ्यो, उन्ले इन्कार गर्न पनि सकिनन तर बैनिहरुको कुनै बसोबास नहुँदा अन्यौलमा परि होटल मालिकले अनाथ आश्राममा लगी छोडिदियो । रुपा बैनिहरुलाई झम्टी रुन थालि । उता भने होटल साहु मादन दलाल भनाउँदोले रुपालाई कति खेर बिदेश पठाउने र एक, डेढ लाख हात पार्ने दाउमा थियो । रुपाले बैनीहरुसंगै बसि घरेलु कारखानमा काम गर्ने कुरा बताईन तर दलाली गर्न पल्केकाहरु अनेक थरि बाहना बनाई रुपालाई बिदेश भित्रायो जब रुपा कुवेत एयपोर्टमा पुगिन, उनलाई कुवेती सेंठ लिन आयो र रुपलाई हसबिया पुर्‍यायो । घर भित्रको काम इङ्गिलिश थाहा थिएन र अरबिक भाषा नबुझ्दा काम गर्न साह्रै गाह्रो भएको थियो, उता भने दलालीले रुपालाई बेचि एक लाख हात पार्‍यो । यता भने रुपा पिँजडामा थुनिएको मैना चरी जस्तै भइन ।

आफ्नो भन्ने बैनिहरु थिए, बैनिहरुसंग पनि सम्पर्क बिहीन भईन आफ्नो भन्ने कोही भएन । अरबिकको घर भित्र गर्न परेको काम भने रुपालाई अति नै गाह्रो भयो, ईलेक्ट्रिकबाट चल्ने भ्याकुम मेशिन चलाउन देखी घर भित्रको काम सबै सिध्याउन पर्थ्यो, घरको सारा काम एक्लै गर्नु पर्दा रुपा बिमार परिन । साहुले बिमार हुँदा पनि सारा काम न सिध्याए कोर्राले उनको जिउभरी निलडाम बस्नेगरी पिट्थे त कहीले तातो पानी शरीरमा खनाई दिन्थे । बिचरी रुपाको चित्कार कस्ले सुनीदिने ? उ माथि भएको अत्यचार देखी भागेर पनि कहाँ जाओस, हसबीया जस्तो ठाँउबाट निस्केर हिड्न पनि खतरा थियो । आज रुपाको त्यो सौन्दर्य रुप रुपाको भएन तातो पानी र खजुरको डाँठले छियाछिया भएको छ, यस्तै अन्याय अत्यचार सहँदा सहँदै सात आठ महिना गुजारिन ।

रुपालाई अब बाँकी रहेको एकमुठी सास बैनीहरु सामु पुराउने आशमा अरबिको घरबाट भागिन तर बाहीर पनि त्यही त हो बाटो ढुकेर बसेका ब्वाँसा शिकार खेल्नको लागी दाउ पारेका हुन्छन एउटी कामवालीसंग उसको भेट भयो । काम लगाई दिने आशमा कोठी भित्र पुराइ त्यहाँ पनि आफ्नो जिन्दगीको खेती लगाउन पर्‍यो रुपालाई, हजारौ दिदीबैनी आ-आफ्नो बाध्यताले जिन्दगिको गुजरा चलाउन परेको छ रुपालाई सधैभरी दु:ख र कठीनाईले पछ्यायो । बिचरी रुपा सपनाको संसारमा डुब्न छोडि आफ्नो जिन्दगीको दु:खाईलाई अन्तिम घडिसम्मको बाटो सम्झेकी छे । हो आज रुपालाई बिदेशमा भोग्नु परेको यातना अब कुनै दिदीबैनीलाई भोग्न नपरोस भनी आवाज उठाएकी छे, दलालीको फन्दामा परी बिदेश भित्रीएका चेलीहरुको लागी कुनै पनि कानुन नभएको हुँदा बिदेश भित्रनेको क्रम बढ्दै गएको छ, अनि गाईबस्तु सरह बेचीनु परेको छ । त्यसैगरी रुपालाई पनि होटल साहु मादनले पैसाको लालाच देखाई माछोमाछो भ्यागुतो बनाएको छ । दलालबाट ठगिएकी रुपा यो मरुभुमिमा अनेकौ यातना भोग्नु पर्‍यो, आज रुपाले जिउनको लागी जिन्दगीलाई एक मसिहा खेल बनाउन बाध्य भइन, समाजको तिरस्कार रेगिस्तानको यातना मुटु भित्रको रोग बनेको छ, रुपा र उनको बसन्तको बहारमा फूलेको रुप आँशुको तलाउमा डुबेको छ ।
यो एउटा कथा मात्र हो कसैको वास्तविकतामा मेल खाएमा संयोग मात्र हुनेछ ।

जानकी ”जानु”

खैरेनीटार ८ तनहुँ
हाल : कुवेत
Thank You For Mail

JANKI BK ”JANU”
KHAIRENITAR 8 TANAHUN
NOW : KUWAIT
jb_janu@yahoo.com
Read more >>


उसलाई मैले चिनेको एउटा अफिसमा हो । खै के काम विशेष म मेरो साथी राजेशलाई भेटन् गएको थिए उसको अफिसमा । उनलाई त्यहाँ देखे राम्री लाग्यो । हाँसे औपचारिकता निभाए मैले । राजेशको कोठामा गए । गफ गरे तर जति गफ गरे आफैले विसे । उनको निश्चल मुहार अगाडी ठोक्किन आइरहयो । त्यो दिन त्यसै वित्यो । उसको अफिसबाट घर तिर लागे मन नलागीकन उनको स्मृतिहरु लिएर ।
रातभर नै अनिदो भएर सोचे मलाई यो के भयो किन उ प्रति यस्तो सोच । केहि होइन भनेर आफैलाई सम्झाए तर मन मानेन किन किन उ प्रति त्यसै आत्मीयता बढ्यो अपरिचितमा । मनहरु त्यसै खुशी भए । के गरुँ कसो गरुँ को अवस्थामा थिए म । एक कप चिया बनाए झ्याल निर बसेर बाहिर हेर्दै चिया पिइरहेको थिए । एक्कासी कोहि मेरो घर तिर आए जस्तो लाग्यो विस्तारै विस्तारै । चिन्न सकिन मैले अलि नजिक आएपछि थाहा पाए त्यो राजेशको अफिसमा देखेको केटी नै रहिछ । कहु जान लागेकी रहिछ भनेर हेरे मैले । उनी म वस्ने घर तिर नै लम्कीरहेकी थिइन । म अलमल्ल परे कतै मेरो घरमा आउन लागेकी हो कि भनेर तर होइन रहेछ । उसको साथी मेरो घरको बगलमा बस्ने रहिछ । सायद उसलाई भेटन आएकी होला । म ढुक्क भए । त्यस दिन उ कति बेला त्यो कोठाबाट निस्कन्छे भनेर झ्यालमानै कुरेर बसे म । उनी लामौ मौनता पछि उनी साथीसँग फर्केर आइन मेरो घर तिर हेर्दै गइन । मलाई देखि सायद उसले थाहा पाएको हुनपर्छ म त्यो घरमा वस्छु भनेर ।
म त्यसै के के सोच्न थाले । बलुकीपख म तरकारी किन्न बजार गए । जादै गर्दा उनलाई पनि देखे सायद साथीसँग आएकी होला । बोल्न मन लाग्यो तर बोलिन । उसले हाँसेर बोल्न संकेत गरिन । तर खासै बोलचाल भएन तर उनको साथी मसँग दाई के छ खबर भनेर बोल्न थालिन । ठिकै छ भनेर उत्तर दिए । एक किसिमको चिसो भयो मन । उनलाई देखेर मन हाँस्यो । उसले साथीलाई जाने हैन भनेर संकेत गरिन । म भने उ नगए हुन्थ्यो भने सोच्दथे । तर उनी हामी गयौ है भनेर गइन । मैले अवाक् हेरी रहे उनको पदचाप । उसले केहि वहानामा नजर म तिर गरी । उसले मलाई देखि हाँसी । म मनमनै गद्गद भए ।
अब के बहानामा राजेशको अफिसमा जाने भनेर सोच्न थाले । राजेशलाई म पनि तेरो अफिसमा जागीर खान्ा पर् यो भन्न गए । उसले अचम्म्ा मानेर म प्रति हेर्यो मैले मौन रुपमा हो भने । सधै कति जागीर नखाने है राजेश तेरो अफिसमा म पनि जागीर खान्छु है उसले केहि भन्न सकेन मौन भयो । उसले सोध्यो किन के कारण हो जागीर खाने भन न मैले भने यतिकै वस्दा दिक्क लाग्यो त्यसैले । राजेशले केहि सोचेको थिएन तर मेरो योजना उनी थिइन । लक्ष्य बनिन उनी प्राप्ती का लागी । राजेशले मेरो कुरा काट्न सकेन र मलाई आफनो अफिसमा एकाउन्ट हेर्न राख्यो । त्यसै वहानामा अफिसमा एउटा पार्टी पनि भयो । म भने उनको आगमनको पर्खाइमा थिए । उनी धेरै अबेर आइ निलो कुर्ता सलवारको पहिरहनमा धेरै राम्री देखिएकी थिइन उनी ।
उनको साथीलाई मैले छेडेर कस्ती राम्री तिम्री साथी भनेर जिस्काए । नजिकै थिइन उनी लजाइन । गाजलु ती आँखाहरु मानौ मलाई हेर्न नै व्यस्त थिए म पनि तिनका नयनहरुमा भिज्न व्यस्त थिए ।
आज तिम्रो परिचय एकजना सँग गराउनु छ भनेर राजेशले लग्यो । मैले सोधे को हो भन न उसले हेर्न भेटे पछि आफै थाहा पाउछँस । मेरो मनले सोच्दै थियो कतै उही त होइन । के भनेर चिनाउने भयो अब यसले भनेर डरायो । उनीहरु तिनको नजिक गए भन्यो आभा उ मेरो साथी म अक्मक्क परे मलाई किन चिनाएको हो खै । आभा अब देखि उ पनि हाम्रो अफिसको एकाउन्टेन्ट केहि परे उसँग सहायता लिए है । म के गर्ने के नगर्ने मा परे । मैले पनि औपेचारिकता निभाउन बोले केहि शब्दहरु । राजेशले केहि थाहा पाए जस्तो मेरो मनको विचार र उसले हामीलाई बोल्ने वातावरण बनाएर गयो ।
म के बोल्ने भनेर सोच्न थाले तर उनी अघि भएपछि मैले मेरो मनको धेरै भावनाहरु उनी सामु पोखे । उनले पनि कति विचारहरुमा सहमती जनाइन । ज्यादै शिष्ट थिइन । म मनमनै धेरै हर्षीत थिए । एक्कासी राजेश आयो म तिर भन्यो बियर नलिएको मैले अह ! भने । म लिन्न सायद आभाले थाहा पाई । म उसँग उसको परिवारको बारेमा सोध्न्ा थाले वातावरण सहज बनाउनका लागि । नजिक रहनका लागिअपनत्वका लागि । हामी धेरै बेर बातचीत गरिरहयौ । यसै बीच राजेश आयो मलाई व्यंग्य हान्न थाल्यो र भन्यो थाहा छ आभा जी हाम्रो साथीलाई पनि मन मिल्ने साथी खोजी दिनुहोस् न आफु जस्तै राम्री । उनी अक्क न बक्क परि के भन्ने के नभन्ने । मैले हे राजेश के भनेको तिमीले । होइन आभा जी त्यस्तो केहि होइन भन्न थाल्यो । आखीर पोल खोल्यो राजेशले भनेर उ मनमनै भन्न थाल्यो । आभाले पनि सायद सहमती जनाएकी होला त्यसैले उ मख्ख परिरही । राजेशको कुरा सुनेर । त्यस रात पार्टी पछि म घर फर्के र उनी पनि ।
पसर्ीपल्ट अफिसमा गए । उनी आएकी थिइनन् । मन लागेन अफिसमा बस्न । छटपटि भयो उनलाई हेर्न मन लाग्यो । ढिलो आइन उनी अफिस । मैले जिस्काएर यस्तो ढिलो अफिस आउन पाइएन नि भनेर भने । उनी झस्कीन पछाडि म थिए उनले थाहा पाइनन् । विस्तारै पछाडि हटिन म निर ठोकिइन् झंसग भइन । आखाँ हेर्न पनि सकिनन् उनले । मैले सोधे यस्तो माया लाग्छ मेरा । उनी लाजले भागिन । केहि बोलिन म अफिसबाट उठेर हिडे रमाए । राजेश मलाई अफिसमा खोज्दै रहेछ त्यस दिन । भोलिपल्ट सर हिजो कहु भागेको भनेर जिस्कीयो मैले होइन अलि साचो भएन भने । उसले केहि बोलेन । दिनभर काम गरे साझँ अफिसबाट हिड्न लागेको थिए आभाले सर म पनि जान्ो नि भनि । मैले ल आउ न त भने । हामी बाटोमा गफ गर्दै गयौ । थाहा नै भएन कति चाडो प्रेम गरिएछ भनेर ।

घर आयो । विछोडको समय आयो । मनमा नरमाइलो लाग्यो । उनले सर म गए ल भनी मैले केहि बोल्न सकिन । निश्ाब्द हेरे उनलाई । तरकारी किन्न जाने निधो गरे र जान मात्र लागेको थिए । उनी मेरो कोठामा आइन । ल कहु जान लागेको तपुइ म तपाँईलाई भेटन् आएको भन्दै आईन । मैले ए आउ न त भने । हामी बस्यौ गफ गर्न लाग्यौ । समय वितेको थाहै भएन रात परेछ म उसको घर सम्म छोड्न गए भोलि भेट्ने वाचाका साथ ।
भाेलिपल्ट उनी अफिस आइनन । मनमा नरमाइलो लाग्यो । काम गरेपछि उनको घर तिर गए सरासर । उनी एक्लै बसीरहेकी थिइन् । म उनको ढोकामा जाँदा उनी छक्क परिन । सर यहाँ तिमी अफिस आइनौ किन रहेछ भनेर हेर्न आएको के भयो होइन केहि होइन मन लागेन अनि त्यसैले भन्दै उनी उठिन । सर बस्नुहोस् न ठिकै छ भनेर म उठॆ । केहि भए मलाई भन न त भनेर मैले भने खास केहि छैन भन्दै उनी म नजिक आई र भनी मलाई विवाह गर्नुहोस् न । म स्तब्ध भए म खबर गर्छु नी भनेर म उठे र त्यँहाबाट हिडे । जाने बेलामा उनले हात समाएर मलाई एक्लो नबनाउनु है भनि रुन थाली । मौनता छायो त्यसबेला तर मैले चाहेको जस्तो भयो त्यसबेला । म मख्ख भए । भोलिपल्ट अफिस गएर काम गर्दा मेरो प्रशन्नता देखेर राजेशले किन यस्तो हर्ष नि भन्यो । मैले भने मैले विवाह गर्न लागेनी । आभाले सुन्ने गरि भने । हो र को हो त्यो भाग्यमानी हँ मैले उत्तर मा भनो छे एउटी परी मेरो सपनाको जीवनको । राजेशले ल पार्टी कसले दिने भन्न थाल्यो । मैले पार्टी नदिइ भएन । अफिसमा पार्टी दिए र सबैको अघि मैले आभालाई विवाह गर्ने प्रस्ताव राखे उनी छक्क परिन र सहमत भइन । हामी सबै प्रशन्न थियौ ।
त्यस पार्टी पछि केहि दिन राजेश अफिस आएन । किन रहेछ भनेर म उसको कोठामा गए । उ थिएन । कहाँ गएछ भनेर खोजे । रात भरी नै कोठामा आएन । डर लाग्यो कहाँ गयो भनेर । रात भर उसको कोठामा नै बसे । भोलिपल्ट अफिसमा आयो राजेश । हिजो कहाँ गएको तँ भनेर सोधे ए एक्लो भए भनेर हिडेको । कस्तो नमज्ज्ाा लाग्यो म थिए नि किन एक्लो भइस् तँ अब विवाह गर्ने मान्छेसँग के हिड्ने भनेर नि । उसले केहि कुरा लुकाइरहेको छ भन्ने लाग्यो मलाई । मैले सोधे उसले भनेन । मलाई शंका लाग्यो के आभा उसको प्रेमिका त होइन उसले राजेशलाई भन्यो त पनि विवाह गर न है राजेशले कोसँग भन्यो मैले भने आभासँग । उ झसङ भयो । कहाँ म विवाह गर्ने तैले मनपराएको केटी । मैले तेरो निम्ति यति गर्न सक्दिन न त तैलॆ मेरो लागि यति गरिस् मलाई पनि केहि गर्न दे न अब है मनभरी पीडा बोकेर मैले राजेशलाई आभाको जिम्मा लाए । आभा छक्क परिन र भनिन यो के गरेको तिमीले प्रश्न अनुरित्त नै रहयो मौनता छायो ।

काठमाण्डौ ।
Read more >>

- आचार्य प्रभा
मान्छेका आ -आफ्नै मन पर्ने कुराहरु हुन्छन ती मध्ये कसैलाई कुकुर, बिरालो, फूल, बुढा, बुढी, केटा, केटी मन पर्छ। मलाई पनि यी मध्येमा फूल र केटा ,केटी असाध्य मन पर्छ। बुढा,बुढी ,केटा ,केटी मन पराउनु भनेको कर्तब्यभित्रको कुरा पनि आउछ र भनिन्छ पनि केटा, केटी, फूल, बुढा, बुढी, फूल र गीत, सङीत मन नपराउने मान्छे शायद असाधारण मान्छे नै मानिन्छन अर्थात यस्ता मान्छेहरु कठोर स्वभावका हुन्छन। मलाई गीत ,सङीत मन पर्छ त र केटा ,केटा ,बुढा,बुढी ,फूल मन पराउनु भनेको इक्षाद्वारा होइन त्यो प्रक्रीतिले नै भित्रैबाट दिएको आत्मिक शक्ती हो। त्यो जबर्जस्ती इेछ्या बनाएर थोपरिएको होइन त्यो त भित्री अन्तस्करणबाट नै मन कोमल बनेर ती कुराहरुमा आक्रीष्ट भएको हो जस्लाई इेछ्या भनेर जबर्जस्ती नक्कली माया दिन सकिन्न ।

यस्तै मन पर्ने ,भित्री हृदयबाट नै उक्त कुरा देखेपछी मन प्रफुल्ल हुने मध्येमा मेरो निम्ती बच्चाहरु हुन जुन चाहे जन्मकै दिनदेखी होस् वा हुर्किएर बल्ल तोते बोली बोल्दै गरेको होस्। यस्ता बच्चा हरु मलाई असाध्य मन पर्छ ,माया लाग्छ म उनिहरुसँग घण्टौ घण्ट सम्म पनि आफुलाई हराउन सक्छु। उनिहरुको तोते बोलिमा नै म संसारको रमाइलोपन पाउछु हुन त मेरा पनि तीन छोरीहरु छन जुन जवान भैसके ता पनि मलाई बच्चाहरु प्रतिको मोहले अझसम्म छाडेको छैन। यसरी बच्चाहरु मन पराउने क्रममा म धेरै बच्चाहरुप्रती आक्रीष्ट मात्र होइन मोहित भएकी छु र मेरो अन्तर्मनबाट नै तिनिहरुको भेटले मलाई खुशी छरिदिएको आभाष पाएकिछु हुनत यहाँ मैले ''बच्चा ''भनेर मान्छेको जातलाई जनावरसँग तुलना गरे जस्तो भान भएको छ तर सामान्य बोलिमा आजकल 'छोरा छोरी 'भन्ने भन्दा बच्चाहरु भन्ने चलन नै चल्ती भएकोले यस्मा म क्षमा प्रार्थी छु । हुनत केटा केटी भन्दा पनि हुनेथ्यो तर केटा केटी भन्नाले पनि त जवान पुलिङ केटा र जवान स्त्रीलिङी केटी अर्थात तरुण -तरुणी जोडी को अर्थ पहिल्याउला भन्न सकिन्न त्यसैले मलाई ''बच्चा'' भन्न नै उचित लाग्यो तर मेरो ''बच्चा ''भन्नै पर्छ भन्ने ठोकुवा चाँही होइन बाध्यता हो ।

म बच्चाहरु अर्थात केटा केटी नानीहरु प्रतिको मेरो आकर्षण र मनपराइको बारेमा बोलिरहेकी थिएँ यथार्थमा म सँग त्यस्ता धेरै घट्नाहरु छन मैले नानीहरु मन पराएर मिलनमा रमाएको र बिछोडमा म कमजोड बनेका घट्नाहरु। ती सबै लेख्न असमर्थ छु तर सम्झनामा भने म ती बिछोडीएका बालकहरुको झझल्कोले अझ पनि बिह्वल बनिरहेकी छु। अब बिर्सीदिॐ ती पिछडिएका छायाहरुहरुलाई। होम अमेरिका आएर पनि रेस्टुराँमा काम गर्दा एौटा ग्राहकको'' छोरो '' जस्को नाम ''रायन '' थियो त्यो बालक प्रती म उत्तिकै आक्रीष्ट थिएँ। ऊ बल्ल तीन चार बर्षमात्र पुगेको थियो । त्यो बालकले उस्का आमा -बाबालाई जबर्जस्ती त्यही रेस्टौरेन्ट लैजा भनेर दिक्क दिन्थ्यो रे त्यसैले हप्ताको दुई पटक उस्लाई त्यो रेस्टुराँमा ल्याइन्थ्यो जब उनिहरु रेस्टुराँभित्र छिर्दथे त्यो बच्चा अनायस आधिहुरी जस्तै भएर मलाई समाउन आइेपुग्थ्यो उस्लाई आमा बाबुको मतलब हुँदैनथ्यो यती सम्म कि खाना खाइ सकेर फर्किसकेपछी पनि रेस्ट्रूम जाने बहानाले फेरी आमा ,बाबालाई छ्क्याएर रेस्टुराँमै कुदेर आइेपुग्थ्यो। उस्का पछी पछी आमा -बाबा कुदेर लिन अाउदथे ।

यसरी म सँग पनि धेरै जसो बच्चाहरु आक्रीष्ट हुन्छन किन हो ? शायद मेरो मन पराउने इक्षा मात्र भएर होइन कि भित्री आत्माबाट नै मैले पनि उनिहरुलाई रुचाएर होला शायद। यसरी बच्चासङको मिलन बिछोडका क्रममा मेरो भर्खरमात्र डेन्भरमा भानु जयन्तिको साहित्यिक कार्यक्रममा एउटा भाईसँग भेट भएको थियो जो भर्खरमात्र भुटानी रेफुजी अन्तर्गत नेपालको बेल्डाङी शिविर दमक झापा बाट भित्रिएका रहेछन बोलिचालीको क्रममा चिनाजानि भयो म पनि दमककै बासी भएको कारणले ऊ सँग कुराकानी लामो नै भयो। भर्खर अमेरिका भित्रिएको कारणले नौलो अनुभव र एक्लोपन महसुश गरिरहेको बेला मैले बोलिदिदा शायद त्यो भाईलाई म प्रती अलिकती आफ्नोपनको आभाष भएछ क्यारे घरमा गएर श्रीमती र पाँच बर्षकी छोरीलाई मेरो बारेमा भनेर मेरो फोन नम्बर दिएछन एकदिन अचानक फोन को घण्टी बज्यो। नौलो आवाज आयो मैले चिनिन भने तर ती आमा छोरीले प्रष्ट्याए कि हामीले तपाईंलाई नचिने पनि नाम सुन्यौ। तपाईं प्रभा दिदी हैन ?भनेर आमा चाँहीले के भनिरहेकी थिइन छोरीले फोन खोसेर बोल्न थालिन ''हेल्लो प्रभा आण्टी ''भनेर सम्बोधन गरिन त्यो बालिकाको आवाजबाट नै म यती मुग्ध भएँ कि पाँच बर्षकी बालिकाको कस्तो प्रष्ट बोली ?मैले नाम सोधें ''सुस्मिता ''भन्ने जवाफ आयो त्यो फुची यसरी बोल्न थालि कि मानौ उस्को मेरो बर्षौ बर्ष देखीको भेट भएको हो यसरी हाम्रो भेट नभए पनि फोनमा कुराकानी भैरहन्छ म त्यो बालिकाको बोलिबाट अती नै प्रभावित छु निस्छल, निष्कपट वाक्यहरु बोल्छे यसरी फोनमा कुरा गर्ने क्रममा मैले त्यो बचिको इक्षा बुझ्न धेरै कुराहरु सोधें। उस्को निश्छल जवाफहरु मैले सुनिरहेकी थिए किनकी शरणार्थी शिविरको कथा, ब्यथा अभाव मैले शिविरमै गएर देख्ने मौका पाएकिथिए। बच्चाहरु नाङा ,भुतुङा कुदिरहेको पनि मैले अवलोकन गरेकिथिए यसै प्रशङमा यहाँ आएर त्यो बालिकाको मानसपट्लमा कस्तो प्रकारको प्रभाव परेको रहेछ त भन्ने आशय बुझ्न मैले उस्लाई प्रश्न गरें । ''नानी तिमी नेपाल कहिले जाने? यहा राम्रो लाग्यो कि नेपाल राम्रो लाग्यो ?यहा मन पर्‍यो कि नेपाल भन्दा ''उस्ले एकै वाक्यमा हठातको साथ जवाफ दिई ''नाइ म त नेपाल जान्न त्यहा त बन्दुक हान्छ ,जहिल्यै मान्छे मार्छ ,मलाई त नेपाल मन पर्दैन भनी। म उस्को वाक्यले मौन बने । मलाई यस्तो लाग्यो कि त्यहाको अभाव ,दुख र शारणार्थि हुनुको पीडाले होला उस्लाई नेपाल मन नपरेको भनेर त र उस्को आशय त्यो होइन रहेछ उस्को अबोध सोचाइमा पनि नेपालको त्यो नरसंहार ,बिभत्स हत्या हिँशा ,गोली बारूदको आवाजले बित्रिष्णा जागेको रहेछ र अली अली कापेको आवाजमा उस्ले भनी ''अनी नेपालमा त बन्दुक हान्छ नि त त्यसैले मलाई नेपाल मन पर्दैन भनी त्यो बालिकाको मनोबैज्ञानीक भाव बुझेर म अनुत्तरीत बने हुन पनि त हो हाम्रो देशमा नसोचेको आधी ,हुरी आयो जस्ले गर्दा सबैको मनमा डर र त्रास, भयले डेरा जमायो। जहाँ तही बन्दुक र बारूदको गन्ध मात्र उड्न थाल्यो । आकाशमा चम्कने बिजुली चट्याङ बनेर धर्तिमा पल पल मा नै खस्न थाल्यो त्यसैले पनि सबैको मनमस्तिष्क,दिमागमा त्यही आवाजहरु गुन्जिन थाले भने त्यस्ता अबोध बाअलकहरुका दिमागमा किन असर नपरोस ? यसरी त्यो बालिकाको उत्तरले म अवाक बने ।

अहो म त आफुलाई मन पर्ने अर्थात प्रीय लाग्ने बस्तुहरु को बारेमा कुरा गरिरहेकी थिएं। यसै शिलशिलामा देशप्रतिको सोचमा डुब्न पुगेछु कारण उक्त बालिकाको प्रत्युत्तरले। अब मलाई झन त्यो बालिका प्रतिको अद्रीश्य मोहले तानेको छ किनकी त्यसै त मीठो बोली ,झन उस्का कुराहरु कत्ती मर्मस्पर्शी अनी सम्बेदनशील ?आज यो लेख डेन्भर आएर नै लेख्दैछु र त्यो बालिकालाई भेट्ने अभिष्ट पनि पालिरहेकी छु। हेरौ सन्जोग कस्तो जुर्ने हो ? शायद मैले उस्लाई साक्षात भेटेर नै मनोभाव बुझ्न सक्षम हुन्छु होला र मेरो आकाक्षा पूरा होला ।

अमेरिका स्रोत : समकालीन साहित्य
Read more >>