रितिरिवाज

Posted by eKabita | 10:00 AM | | 0 comments »

-प्रमिला बुढाथोकी

समाजको रितिरिवाज तोडेर आएँ
आमा बाबा साथीभाइ छोडेर आएँ ।

एउटै मान्छेमा सारा संसार देखेर होला
पिरतीको फूलवारीलाइ गोडेर आएँ ।

दशै तिहार चाडपर्व सम्झिदैनन् होला
माइतीको चित्त दुखाइ मुख मोडेर आएँ ।

जातभात महिला पुरुष समानै ठानी
विभेदको कुसंस्कारलाइ तोडेर आएँ ।

0 comments