नारी

Posted by eKabita | 2:59 AM | | 0 comments »

- योगेन्द्र उपाध्याय “पुष्प”

नारी सृष्टिको मूहान हो, एउटि सृष्टि गरेर विश्राम लिएकि महिला मञ्चमा उभिएर भाँषण छाँट्दै थिईन् । परबाट सुनिरहेको मलाई पनि त्यहाँ गालीको रँग पोतिदै थियो । त्यो कालो रँग पोतिएपश्चात् म आफूलाई सम्हाल्न सकिन त्यहि मञ्चमा गएर म पनि चिच्याउँ भने उनी र म मा फरक नै के रह्यो र ? त्यसैले कापीको मञ्चमा डटपेनको माइक बनाउनु नै मैले उचित ठाने, उनको प्रतिश्पर्धी बनेर ।

उनका भनेका बोलीहरु र मेरा स्पष्टिकरण,

महिला आफैमा पूर्ण छे ।
भन्दैमा हुने भए पूर्ण मात्र किन सम्पूर्ण भन्नुस् न । तर साँचो त यो हो महिला पुरुष मा अडिएकि हुन्छे जसलाई स्पष्ट पार्न महिलाका नामलाई नै आधार बनाऔँ । नारायण ई = नारायणी, राम आ = रमा, रमित आ = रमिता, जनक इ = जानकी, पर्वत ई = पार्वति, लोचन आ = लोचना, दु्रपद इ = द्रौपदि, बालक इका = बालिका, कुञ्जन आ = कुञ्जना, देव इ = देवी, अरुण इमा = अरुणिमा भरत इ = भारती, आदि अब ब्याकरणको नियम अनुसार मुलशब्दमा उपसर्ग वा प्रत्यय लागेपछि नयाँ शब्द बन्छ र मूल शब्द बिना उपसर्ग वा प्रत्ययको कुनै अर्थ रहन्न अब के पुरुषमा कुनै अर्थहिन वस्तु जोडिनु नारीको उत्पत्ति हुनु हो । विशाल केटाको नाम हुन्छ भने सिमा केटीको । राजाकी श्रीमति रानी, कविकी सिर्जना कविता अब भन्नुहोला कवयित्री कि सिर्जना पनि त हुनसक्छ तर याद गर्नुस् कवयित्री शब्दको अर्थ बुझेपश्चात् प्रथम पटक यो शब्द हजुर प्रयोग गर्दै हुनुहुन्छ, नत्र महिला कविको लागि पनि कवि शब्दको नै प्रयोग हुन्छ यसको मतलव महिला कवि पनि आफ्नो लागि बनाइएको शब्द प्रयोग गर्न अनिच्छुक छन् ।

अनि अरु पनि सुन्नुस् हुन त नारीलाई सौन्दर्यको प्रतिक मानिन्छ तर सुन्दर ऋतु बसन्त पुरुषको नाम हुन्छ र रोइरहने वर्षा नारीको, अनि चिच्याउनुहोला सबै मौसम समेट्ने ऋतु त नारी नाम हो ल अब भन्नुस् ऋतुको राजा को ? हुन त सरस्वति विद्याकि देवी हुन् तर उनी वेद विना अपूर्ण छिन्, वेद सम्पूर्ण ज्ञान राशिको पुस्तक हो र वेद भित्र अल्पज्ञान समेट्ने ऋचा नारी नाम हो । मुड्की पारेर चिच्याउनु होला ऋचा विना वेद रहन्न त्यसो भए ऋचा विना ऋचा पनि त रहन्न नि हैन र ? अब पुरुष नाम र महिला नाममा फरक पायल नारी नाम हुन्छ भने शिरध्वज केटाको नाम । बलवान् केटाको नाम हुन्छ भने अबला नारी नाम । फेरी केटीकै नाम भएपनि साहसी नाम पुरुषले पनि लिएको हुन्छ जस्तै दुर्गा, देवी, गँगा । केटीको नाम काजल हुन्छ आशुले बगाइदिन सक्छ । सङ्घर्ष पुरुष नाम हुन्छ र कल्पना, सम्झना नारी नाम । अब भन्नुहोला रातिमा चम्कने चाँदनी महिला नाम हो, सूर्यको प्रकाशले चम्कन्छे उ, अब फेरी भन्न सक्नुहुन्छ सूर्य एक प्रकारको तारा हो यहि भन्नुहुन्छ होला भनेर नै पुरुष हरुले आफ्नो नाम पनि तारा राखेका छन् । सागर केटा नाम हुन्छ भने शरीता केटी नाम । पुरुषले पुरुषार्थ गरे झै नारीले नार्यार्थ गर्न सक्दैनन् । अब यो नभन्नु कि पुरुषार्थ नारीले गरेको कामलाई पनि सराहना गर्न प्रयोग गरिने शब्द हो, शब्द उधारो किन लिनुहुन्छ, नयाँ शब्द बनाउनुस् न । फेरी मलाई त्यस समयमा हाँसो उठ्छ जब काठमाण्डौमा खुलेका श्रीमति समाजका ब्यानरहरु देख्छु । नारी शान्तिको प्रतीक गरे, बकवास, विश्वको प्रथम युद्ध मधु कैटव र विष्णुको युद्ध लक्ष्मीको कारणले भएको थियो त्यहि बेला देखि नै मानव जातिमा युद्धको विजारोपण भएको थियो जुन आजसम्म पनि निरन्तर छँदैछ । शान्ति नाम राख्दैमा शान्ति हुने भए बुद्ध नाम रहेको नेपाल अशान्त हुने थिएन । यस्ता उदाहरण हजारौँ केटिको खिलाफमा भेटिन्छन् तर केटाको खिलाफमा पाउनुहुन्न । अब भन्नुहोला पुरुष प्रधान समाजले दिएको नाम हो यो, त अब नयाँ नाम उत्पत्ति गर्न थाल्नुस् पहिला दासता विरोधि नाम । तपाँइ यो पनि भन्न सक्नुहुन्छ नामले के हुन्छ र ? नाम राख्नुको पछाडि एउटा साइकोलोजिकल कारण छ नाम यसकारण राखिन्छ कि यो व्यक्ति अरु केहि गर्न नसकेतापनि आफ्नो नाम सार्थक गरोस् सूर्य सूर्य झै चम्कोस, पायल सधैँ अरुको खुट्टामा रहोस् । फेरी अब हेरौँ सक्सेस महिलाको पछाडि पनि हेरौँ न पूर्ण रुपमा पुरुष जोडिएको हुन्छ म्याडम क्युरीलाई उनको श्रीमान्ले सहयोग गरेका हुन्, राजेन्द्र लक्ष्मी शाहलाई बहादुर शाहले । नोबेल पुरस्कार प्राप्त गर्ने अर्कि महिला वैज्ञानिक उनको दाईले दिएको दूरबिनको साहाराले अरुण र वरुण ग्रह पत्ता लगाएकि थिइन । तर अल्बर्ट आइन्सटाइनलाई महिलाको सहयोग आंशिक थियो पूर्ण थिएन । विश्वविजयी हिटलरको सेना पुरुष थियो महिला थिएन र विश्वविजयी एलिजावेथको सेना महिला थिएन पुरुष थियो । एकाध झाँसीकी रानीमा भने पुरुष सरह शक्ति थिया । भगवानको अगाडि भगवान्नीको राधाकृष्ण, लक्ष्मीनारायण देख्दा खुशीले उफ्रनुहुन्छ होला नकुद्नुस् किनकि त्यसको पछडि कारण महिलालाई मान्यता दिएर होइन कारण अर्कै छ व्याकरणिक र औच्चारणिक विज्ञानको नियम अनुसार मानिसले सजिलो शब्दहरु उच्चारण गर्न र बनाउन चाहन्छ त्यसैले दुबै जनाको नाम उच्चारण गर्दा जसरी सजिलो लाग्यो त्यसरी नै गरियो, अनि भजनमा पनि साँगितिकता लयबद्धताको कारण पनि हो किनकि जुन लय सिताराम भन्दा निस्कन्छ त्यो रामसिता भन्दा निस्कन्न, लक्ष्मीनारायण नारायणलक्ष्मी भन्दा मीठो शब्द हो । यदि वास्तवमै नारीलाई महत्व दिन यस्ता शब्द बनाइएका भए पार्वतिशिव हुनुपथ्र्यो, श्रीमतिश्रीमान् भनिन पथ्र्यो, मिसेज एण्ड मिस्टर भनिन्थ्यो । यति भने पश्चात् त महिला आफैमा पूर्ण छे भन्नुभन्दा पहिला एकपटक ऐना त हेर्नुन्छहोला है ।

नारी सृष्टिको मूहान हो ।
ल मैले माने नारी सृष्टिको मूहान हो । उसले बच्चा जन्माउने काम गर्छे तर पुरुष बिना कुनै महिलाले सृष्टि गर्न सक्दिने फेरी बच्चा जन्माउदैमा महान हुने भए गँगटोले १००० वटा बच्चा जन्माउन सक्छे के अब हामीले महिलाको तुलना गँगटोसँग गर्न पर्यो त ? र अर्को कुरा सुन्नुस् सृष्टिको सुरुवात महिलाबाट होइन पुरुषबाट भएको हो धर्मग्रन्थका धमिरा लागेका पाना पल्टाउनुस सृष्टिकर्ता ब्रम्हा हुन् सरस्वति होइन । अब फेरी यो पनि भन्न सक्नुहुन्छ हामी धर्मका कुरा मान्दैनौ साइन्सका कुरा गर्नुस् एक्काइसौँ शताब्दिमा, विज्ञानकै भाषामा शुरुमा जीवको उत्पत्ति हुँदा एमिनो एसिड बनेको थियो जसलाई हामी अहिले सजिलो भाषामा प्रोटिन भनिन्छ जसमा सूर्यबाट निस्केका चार्जले कुनै प्रतिक्रीया गरेपश्चात् अमिबा बनेको थियो र अमिबा नै पहिलो जीव थीयो त्यहि जीवको उत्पत्तिलाई नै आधार मानौँ । यहाँ चार्जको कुरा आएको ले हामीले पहिला यो छुट्ट्याउनुपर्यो धन चार्ज को, र ऋण चार्ज को ? महिला या पुरुष । धन चार्ज बढि सक्रिय हुन्छ र ऋण चार्ज सक्रिय हुँदैन र वैज्ञानिकलाई सोध्नुस् पुरुष धन चार्ज हो भने महिला ऋण चार्ज हो अब सृष्टिको शुरुवातमा धेरै सक्रियता धन चार्जको रहेकाले पुरुष नै बढि सक्रिय रहेछ । अनि अर्को कुरा सामान्य वर्तमान समाजमा पनि हेर्न सक्नुहुन्छ पुरुषको पछाडि महिला भन्दा महिलाको पछाडी पुरुष दौडिरहेको हुन्छ, यसबाट पनि सरलै बुझ्न सकिन्छ सृष्टिमा बढि भूमिका कसको थियो । अब तपाई भन्नुहोला हामी बच्चा नै जन्माउन्नौ र हेरौँ त कसरी सृष्टि अगाडि बढ्छ, त्यहि भन्नुहुन्छ भनेर नै पूरुष वैज्ञानिकले क्लोनिङ्ग र टेष्टट्यूब बेबी प्रविधिको विकास गरिसकेका छन् ।

अवसर पाए महिलाले पनि पुरुषले सरह केहि गरेर देखाउन सक्छे ।

देखाउनु अर्काको लागि हुन्छ, पुरुषले देखाउँदैन तर महिलाले देखाउँछे यसको मतलब के आश्चर्य गर्छे । र अर्को पुरुष सरह र पनि भन्ने शब्दको प्रयोगले नै महिलाको काबिलियत माथि महिलाले नै शंका प्रकट गरिरहेका छन् । अनि फेरी अवसर पाए त लाइका पनि चन्द्रमामा पुगी । अवसर पाएकैले ब्वाँसोलाई पनि कुन देशको राजा बनाइएको थियो रे । अब यो नभन्नुहोला लाइका चन्द्रमामा पहिलोपटक पाइला टेक्ने धर्तिकी प्राणि पोथी हो । अवसर पाउनु र हासील गर्नुमा निकै भिन्नता हुन्छ । अवसर पाउनु भिख हो के भिक्षामा पाएको सर्टिफिकेट ले आफ्नो काबिलियत साबित गनुहुन्छ तपाँई ? यदि अवसर पाए ।। भन्ने विचारले नै महिलालाई अवसरहिन बनाएको छ । त्यो अवसरको आश पनिको सँग पुरुषसँग नै त हो नि महिलामा त्यति काबिलियत र समाजसँग लड्ने क्षमता छ भने महिलाले उद्योग खोलुन् र महिलालाई नै वर्कर राखुन् पुरुष भन्दा बढि यदि पुरुषको उद्योगमा महिलालाई यस्तो भैरहेको छ भने । टाटाले एउटा चाँदीको लोटाबाट व्यापार शुरु गरेका थिए, बिडलाको कथा पनि त्यस्तै छ, बिल गेट्स पहिला अरुको कम्पनिमा वर्कर थिए तिनलाई कसले अवसर दियो नारी सक्षम छौ भने अरुले दिएको अवसरमा होइन आफूले निर्माण गरेको अवसरमा बाँच्न सिक । यहि अवसरको ज्यादा पुकाराले नै अवसरहिन बन्न पुग्यौ र पेटमा अन्न नभएपछि वेश्या बन्न समेत बाध्य पार्छ महिलालाई समयले । पुरुष भन्दा बढि महिला नै वेश्याको रुपमा कार्यरत छन् । एकदिन जब पुरुषको सँख्या बढि हुनेछ महिला वेश्या भन्दा तब म ठान्नेछु महिला पनि केहि गर्न सक्छन् । महिलाले कुनै पुरुषले अक्सर गर्ने प्रोफेसनल काम गरे पत्रिकाको फ्रन्ट पेजमा नाम निस्कन्छ । यसको मतलब के उनले महिलाले गर्नै नसक्ने काम गरेर देखाइन् ? नत्र प्रशंशा किन ? स्वभाविक कुराको प्रशँसा हुँदैन त्यसैले पुरुष प्रशंशित नभएपनि खुशि छ । एउटै लाइनमा पुरुष र महिलासँगै उभिदा लेडिज फस्टको सट्टा जब जेन्स फस्ट भनेर महिलाले भन्नेछिन् तब म स्वीकार्छु महिला पनि केहि गरेर देखाउन सक्छे ।

सुझाव मेरो तर्फबाट
पहिला यो भर्खर चलिरहेको भाषण बन्द गर्नुस् । भाषणले प्रगति हुनेभए नेपाल अमेरिका हुने थियो र अमेरिका नेपाल । ल भन्नुस् तपाँइकि छोरी बी.ए. पास छे भने उसको लागि वर चयन गर्दा कस्तो प्रकारको गर्नुहुन्छ ? हजुरको सरल विचार एम.ए. गरेको र नोकरी खाने हुन्छ । बस् यो बिचार परिवर्तन गर्नुस्, यो प्रथा परिवर्तन गर्नुस् । र परिवर्तन गरेपश्चात् हामीले गर्यौँ भनेर नभन्नुस् । यदि पुरुष भन्दा महिला अगाडि बढ्न चाहन्छौ भने पुरुषलाई सिरीयलका कुरा गर्न बाध्य पार्नुस् । नारीले लगाउनै पर्ने बुर्का पुरुषलाई पनि लगाउने वातावरण मिलाउनुस् । नारी पुरुष एकै रथका दुइ चक्का हुन् भन्दैमा दुबै चक्का समान ठाँउबाट हिड्यो भने के हुन्छ ? त्यसकारण पुरुष सरह हैन पुरुष भन्दा अलग गरेर देखाउनुस् । सक्नुहुन्छ तसलिमा नसरीन बन्नुहोस् नसके चुप लाग्नुहोस् यसरी पुरुषको खिलाफमा बोल्दा साँझ तपाँइका श्रीमान्ले तपाइको अगाडिबाट भातको थाल हटाइदिए भने के हुन्छ ?

अन्त्यमा मैले ओकलेको विषप्रति नारी वर्गसँग हात जोडेर घुँडा टेकी माफ माग्छु । विश्वास गर्नुस यो हजुरहरुलाई हेप्न हैन सचेत गर्न लेखेको लेख हो ।

0 comments