१) पन्डित बाजेलाई झाडा पखालाले च्यापेछ…
ओखती लिने बेलामा डाक्टरलाई सोधेछ, अनी के के कुरामा ध्यान दिनु पर्ला डाक्टर साब ?
डाक्टर : जोडले शंख नफुक्नु होला ।

२) मुन्द्रे र धुर्मुसको कुराकानी
धुर्मुस : तपाईंलाई गर्मी भयो भने के गर्नु हुन्छ ?
मुन्द्रे : फ्यानको नजिकै गएर बस्छु
धुर्मुस : त्यसो गर्दा पनि गर्मी कम भएन भने ?
मुन्द्रे : फ्यान अन गर्छु

३) एउटी केटीले झ्यालबाट पेटिकोट बाहिर सुकाउदा सधैं तल्लो फ्ल्याटको सेरेको झ्याल ढाक्ने गरी सुकाउथी, सेरेले जती सम्झाए पनि नमाने पछी उस्लाई पनि झ्वाक चलेछ र आफ्नो कट्टु बाँसमा बेरेर केटीको झ्याल सम्म पुग्ने गरी ठाडो परेछ। यो सब देखेर केटीले झ्यालबाट मुन्टो निकालेर तल तिर हेर्दै सेरेलाई भनेछ, यो के गरेको ? आफ्नो कट्टु तल सार ? सेरेले पनि जवाफ दिएछ, पहिले तिमी आफ्नो पेटिकोट माथि सार अनी मात्रै…

४) एउटा असी बर्षको बुढोले डाक्टर कहाँ गएर आफ्नो तरुनी स्वास्नी बारे फुर्ती लगाउदै गफ गर्न थालेछ,
डाक्टर साब मेरो २२ बर्षकी बुढी गर्भवती भएकी छ, तपाईंको केही भन्नु छ ?
यतिकैमा डाक्टर साबले एउटा कथा भन्न थालेछ, एक पटक एउटा शिकारीले हतारको बेला बन्दुक भनेर छाता बोकेर हिंडछ, जंगलमा जादा जादै बाघ देख्छ, शिकारीले हत्त पत्त छाता उठाउदै उघार्छ । ड्याम्म त्यो बाघ त त्यही ठहरै हुन्छ। यो सुनेर बुढोले भनेछ : यो त असम्भब छ, अर्को कुनै ब्याक्तीले बाघलाई हानेको हुनु पर्छ ।
डाक्टर साब : हो मेरो भनाइ पनि यती मात्रै हो। कुरा बुझेर ल्याउनुस न…

५) स्वास्नीले झ्वाँकिएर लोग्नेलाई फोन गरे, हैन कहाँ मुन्टिएको हो यती अबेर सम्म ?

लोग्ने : प्रिय, तिमीलाई सम्झना छ त्यो गहना पसल…
जहाँ तिमीले एउटा हिराको हार निकै मन पराएको थियौ,
म सँग पैसा नभएर किनेर दिन सकेको थिइन…
तर मैले भनेको थिए, एक दिन त्यो हार तिम्रो अवस्य हुनेछ भनेर…
स्वास्नी (खुसी हुँदै) हो डार्लिङ हो मैले सम्झिए…
लोग्ने : हो… म त्यै गहना पसलको अघिल्तिरको भट्टिमा छु ।

६) हर्के तिमी बिहान सधैं मन्दिर किन जान्छौ, भनत ?
हर्के : किनकी त्याहा पूजा, अर्चना, आरती, ज्योति, लक्ष्मी, दुर्गा, शान्ती हुन्छ त्येसैले ।

७) हजुर बा किताब पढेर बसिरहेको थियो, यतिकैमा नाती आएर सोध्यो, हजुर बा…
हजुर बा, के पढिरहनु भाको ?
हजुर बा : ईतिहास पढेको बाबु !
नाती : (किताबको गता हेर्दै) तर यो त सेक्स सम्बन्धी किताब छ जस्तो छ नि ?
हजुर बा : मेरो लागि त यो ईतिहास नै हो बाबु !!

0 comments